कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च भए पनि आन्तरिक समस्याले गर्दा निर्यात हुन सकेको छैन । चिया उद्योगी, साना किसान, मजदुर र व्यवसायीका आ–आफ्नै समस्याका कारण नेपालमा मागअनुसार चिया उत्पादन हुन नसकेको सरोकारवालाले बताएका छन ।

378
निरु अर्याल
बिहिवार, श्रावण १७, २०७५

सरकारले बन्द रहेका आधा दर्जन सरकारी उद्योग चालू आर्थिक वर्षभित्रै चलाउने भएको छ । वर्षौंदेखि बन्द अवस्थामा रहेका आधा दर्जन संस्थान चलाउने विषयमा सरकारले कार्ययोजना तयार पारेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यस्तो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

238
शिव बोहरा
बिहिवार, श्रावण १७, २०७५

सरकारले चालू आर्थिक वर्षदेखि लागू हुनेगरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगा सवारीसाधनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ ।

1508
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

जिल्ला मालपोत कार्यालय दार्चुलाले गत आर्थिक वर्ष २०७४-७५ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७४-७५ मा ८२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ५६ लाख ७२ हजार ६ सय २४ रुपैयाँ मात्र संकलन गरेको हो । यो रकम लक्ष्यको ६९ प्रतिशत मात्र हो ।

276
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

मुलुककै मुख्य खाद्यान्न बाली धानको रोपाइँले यो वर्ष १० प्रतिशतले अग्रता लिएको छ । मौसमको अनुकूलताले साउन मध्यसम्म मुलुकभर ८६.२९ प्रतिशत रोपाइँ सकिएको कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

319
रासस
बुधवार, श्रावण १६, २०७५

आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । 

158
निरु अर्याल
बुधवार, श्रावण १६, २०७५

सरकारले ५० खर्बभन्दा माथिको लेखापरीक्षण शुरु गरेको छ । महालेखा परीक्षकको कार्यालयले ६ हजार ५ सयभन्दा बढी कार्यालयको लेखापरीक्षण मंगलबारबाट सुरु गरेको हो । जसअन्तर्गत ५० खर्बभन्दा बढीको लेखापरीक्षण गरिने महालेखापरीक्षक टंकमणि शर्माले जानकारी दिए ।

615
मातृका दाहाल
बुधवार, श्रावण १६, २०७५

स्थानीय तहमा पठाइएको अर्बौं बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेका छन् । यो हिनामिना हजार, लाख वा करोडमामात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ वर्षमा ८ अर्बभन्दा बढी अनियमित र गैरकानुनी रूपमा खर्च गरेका छन् ।

386
रासस
मंगलबार, श्रावण १५, २०७५

राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।

250
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ ।

286
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

कालिकोटका स्थानीय तहहरूले आर्थिक वर्ष २०७४-७५ मा लक्ष्यअनुसारको राजस्व उठाउन सकेनन् । जिल्लामा रहेका ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकाले स्थानीय तहमा कुनै पनि ठूला उद्योग कलकारखाना नभएकाले स्थानीयस्तरमा नै करको भार थुपार्दा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेका हुन् ।

151
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता–२०७४ लाई कार्यान्वयन गर्न र छुटेका विषय संशोधनमार्फत परिमार्जन गर्न माग गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी घरबहाल कर घटाउनसमेत माग गरेको छ ।

589
लक्ष्मी सापकोटा
मंगलबार, श्रावण १५, २०७५

नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक वस्तुकोे रूपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको झन्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ ।

449
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।

321
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

सोलुखुम्बुमा आर्थिक वर्ष ०७४/७५ मा ३७ करोडभन्दा रकम फ्रिज भएको छ । विगतको परम्परालाई कायम राख्दै जेठ, असारमा आएर योजना सम्झौता गर्दै सञ्चालन गरिएकाले पुँजीगत र चालू दुवै शीर्षकको बजेट खर्च हुन नसकेको हो ।

279