गजेन्द्र बुढाथोकी
शुक्रवार, बैशाख २८, २०७५

संघीयता कार्यान्वयनका लागि विश्व बैंकले नेपाललाई २१ अर्ब ४७ करोड रुरूैयाँ (२० करोड अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराउने भएको छ । बैंकले नेपालको पहिलो कार्यक्रमगत बजेटरी र सार्वजनिक वित्त व्यवस्थापनका लागि सो ऋण सहयोग स्वीकृत गरेको हो ।

1290
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

मुलुक दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुगेका बेला भारतको प्रतिष्ठित कम्पनी अमूल डेरी नेपाल प्रवेश गर्ने तयारीले स्वदेशी व्यवसायी त्रसित बनेका छन् । उनीहरूले दुग्धजन्य उद्योगमा स्वदेशी लगानी नै पर्याप्त रहेको भन्दै अमूललाई नेपालमा लगानीका लागि स्वीकृति नदिन सरकारसँग आग्रह गरेका छन् ।

5874
लक्ष्मी सापकोटा
बिहिवार, बैशाख २७, २०७५

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १९ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो । इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँका दरले रकम संकलन गदै आएको छ । अप्रिलसम्म १९ अर्ब २१ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ ।

1698
निरु अर्याल
बिहिवार, बैशाख २७, २०७५

सरकारले आगामी आर्थिक वर्षमा साना आयोजनामा बजेट नछुट्याउने भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको वैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश गर्दै आयोजनाहरूमा प्रतिफल र प्रभावकारिताका आधारमा मात्र बजेट विनियोजन गर्ने बताएका हुन् ।

1177
लक्ष्मी सापकोटा
बिहिवार, बैशाख २७, २०७५

मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ ।

740
निरु अर्याल
बुधवार, बैशाख २६, २०७५

पछिल्ला वर्षहरूमा अर्थतन्त्रको आकार बढ्दै गए पनि राजस्व असुली सोही अनुपातमा बढ्न नसकेको अध्ययनले देखाएको छ । सरकारले करका दायरा विस्तार गर्न राजस्व असुलीलाई प्रभापकारी रूपमा व्यवस्थित गर्ने बताए पनि स्पष्ट कानुन र प्रभावकारी कार्यान्वयन नहुँदा राजस्व असुली कमजोर बन्दै गएको छ ।

1077
लक्ष्मी सापकोटा
बुधवार, बैशाख २६, २०७५

तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पताललेमात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो छ ।

1857
नीरज पिठाकोटे
मंगलबार, बैशाख २५, २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको विकासका लागि कृषि र उद्योगमा लगानी गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।

688
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीका अवसरमा पूँजीबजार प्रदर्शनी गर्ने भएको छ । बोर्डले यही बुधबार र बिहीबार काठमाडौंमा प्रदर्शनी गर्ने जनाएको हो । बोर्ड २०७४ जेठ २५ देखि २५ औं वर्ष अर्थात रजत जयन्ती वर्षमा प्रवेश गरेको अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्ने भएको हो ।

1045
प्रगति ढकाल
मंगलबार, बैशाख २५, २०७५

पछिल्लो तीन वर्षमा वन क्षेत्रमा करिब ८ अर्ब रुपैयाँ वैदेशिक सहायता उपलब्ध भएको छ । वन क्षेत्रको विकास तथा वन क्षेत्रको अध्ययन अनुसन्धानका लागि यो वैदेशिक सहायता उपलब्ध भएको हो ।

1150
रासस
सोमवार, बैशाख २४, २०७५

संघीय संरचनाअनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यले अलग्गै बजेटको व्यवस्था गर्नु नहुने विज्ञहरुले जोड दिएका छन् ।

671
दीननाथ बराल
सोमवार, बैशाख २४, २०७५

प्रदेश नम्बर ४ को सरकारले ल्याएको बजेट तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नयाँ शक्तिको अवरोधका कारण वैशाख २१ गते पारित हुन नसकेको बजेट तथा कार्यक्रम आइतबार बसेको प्रदेशसभा बैठकको बहुमतले पारित भएको हो ।

852
किरण आचार्य
सोमवार, बैशाख २४, २०७५

कृषि क्षेत्रको विकासका लागि संघीय सरकारका ५८ बुँदे मार्गचित्र सार्वजनिक गरिएको छ । कृषि विकास, पशुपंक्षी, भूमि सुधार र सहकारी गरी चार मन्त्रालय गाभेर कृषि, पशुपंछी, भूमीव्यवस्था र सहकारी मन्त्रालय गठन भएपछि पहिलोपटक सरकारका प्राथमिकता सार्वजनिक गरिएको हो ।

839
दीननाथ बराल
आइतवार, बैशाख २३, २०७५

नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अघिल्लो वर्षको तुलनामा आव ०७४÷७५ चैत मसान्तसम्म १९ प्रतिशत बढी बजेट खर्च गरेको छ । प्राधिकरणका सहसचिव यामलाल भुसालका अनुसार यस आवको चैतसम्ममा मात्र अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत अर्थात् ११ अर्ब ७८ करोड ५२ लाख ७७ हजार १७१ रुपैयाँ बढी खर्च भएको हो ।

933
भगवान खनाल
आइतवार, बैशाख २३, २०७५

स्थानीय सरकारको बजेट विभिन्न ७ चरणका प्रक्रिया पूरा भएपछि मात्र बन्नेछ । साविकका स्थानीय निकाय हुँदा करिब १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय सरकारको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार योजना तथा बजेटको पूर्वतयारीेदेखि कार्यक्रम स्वीकृतिसम्म गरी ७ वटा चरणमा स्थानीय सरकारको बजेट बन्ने भएको हो ।

2220