कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँग मिलेर आर्थिक विकासको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रसँग मिलेर पूर्वाधारको विकासमा वार्षिक ६ खर्ब रुपैयाँ लगानी गर्ने उनले बताए । औद्योगिक क्षेत्रको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक विकास सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले निजी क्षेत्रका समस्याबारे आफू जानकार रहेको र त्यसलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाए ।

4387
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

बर्दियामा आलु तथा केराको पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा आएको छ । आलु, केरा तथा फलफूलको गुणस्तरिय पिविएस मूलबीउ उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मणामा पूर्व मूलबीउ उत्पादन प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

598
निरु अर्याल
सोमवार, फाल्गुन १४, २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमलाई पछ्याउँदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् । यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् । यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमारहेको ठूला करदाताको कार्यालयले जनाएको छ ।

2851
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

रामपुर–६ विजयपुरका एक कृषक भैंसीपालनबाट मासिक डेढ लाख कमाउँछन् । स्थानीय कृषक कृष्ण अर्यालले २२ वटा भैंसीमार्फत दैनिक ९० लिटर दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । अर्याल श्रीकृष्ण उन्नत भैंसी विकास तथा बीउबिजन उत्पादन स्रोतकेन्द्र स्थापना गरी केन्द्रका प्रमुखसमेत हुन् । १० वर्षदेखि व्यावसायिक रूपमा पशुपालनमा लागेका अर्याललाई बजारको समेत कुनै चिन्ता छैन । उनले अहिले २२ वटा भैंसी र ३ गाई पालेका छन् । गोठमा रहेका भैंसीबाट आउने दैनिक ९० लिटर दूध प्रतिलिटर ६५ रुपियाँमा रामपुर बजारमा बिक्री गर्दै आएको अर्यालले जानकारी दिए । दैनिक ९० लिटर दूध स्थानीय रामपुर बजारमै बिक्री भएको, र यसले गर्दा आम्दानी पनि राम्रै भएको उनको भनाइ छ । उनले आफ्नो फार्ममा दूध बिक्रीबाट भएको आम्दानीले थप भैंसी थप्ने योजना रहेको बताए ।

1010
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

स्थानीय तहको निर्वाचनपछि नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आम्दानी वृद्धि गरेको छ । चालू आर्थिक वर्षको ७ महिनामा उपमहानगरपालिकाले गत आर्थिक वर्षभन्दा ७४ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

539
लक्ष्मी सापकोटा
शुक्रवार, फाल्गुन ११, २०७४

पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको छ । इन्धन बोकेर आएका ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ । इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुइटा ट्यांकरलाई कारबाही गरेको छ ।

693
निरु अर्याल
शुक्रवार, फाल्गुन ११, २०७४

सार्वजनिक संस्थानमा भएको सरकारी लगानीको साँवा र ब्याज समयमै चुक्ता नगरे सेवा र सुविधा रोकिने भएको छ । सार्वजनिक संस्थानहरूले समयमै विवरण नबुझाउने तर आफूखुसी सुविधा थप्दै जाने प्रवृत्ति देखिएपछि सरकारले यसलाई कडाइ गर्न लागेको हो । कतिपय संस्थानले राज्यमाथि अत्यधिक दायित्वसमेत थप्दै गएपछि सरकारले यस्तो चेतावनी दिएको छ ।

947
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

सरकारले समयमै बजेट ल्याएर स्थानीय तहमा पठाए पनि बजेट खर्च गर्न निकै जटिलता देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले आफूलाई सर्वशक्तिमान सम्झिँदा बजेट खर्च गर्न जटिलता देखिएको हो । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले स्थानीय तहका कतिपय जनप्रतिनिधिले कानुनी व्यवस्था र प्राविधिक विषयलाई बेवास्ता गर्दा जटिलता देखा परेको बताएको छ । सचिवालयका अनुसार कतिपय स्थानीय तहले शिक्षक र स्वास्थ्यका कर्मचारीको तलव बाटो खन्न खर्च गरेका छन् ।

726
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन ९, २०७४

नेपालले पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा करिब दोब्बर रकम बराबरको इन्धनमात्र आयात गरेको छ । नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थमात्र झन्डै दोब्बर अर्थात ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरेको नेपाल आयल निगमले जनाएको छ ।

814
भगवान खनाल
मंगलबार, फाल्गुन ८, २०७४

आगामी आर्थिक वर्षको बजेटमा प्रदेश र स्थानीय सरकारलाई नेपालको संविधानले प्रदत्त गरेका चारै किसिमका वित्तीय हस्तान्तरण हुने सम्भावना देखिएको छ । आगामी वर्षको बजेट निर्माणका प्रारम्भिक कार्यहरू चल्दै गर्दा प्रदेश र स्थानीय सरकारलाई संविधानबमोजिम वित्तीय हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

1617
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको खण्डमा आजै राजीनामा दिने उनले पत्रकार सम्मेलनमा बताए ।

770
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

माडी नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधि सञ्चालन गरिने भएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । माडी नगरपालिकामा रहेको रेवा नदीले कटान गरेका क्षेत्रमा बृहत घाँस उत्पादन योजना सञ्चालन हुने क्रममा छ ।

4060
निरु अर्याल
आइतवार, फाल्गुन ६, २०७४

चालू आर्थिक वर्षको ७ महिनामा सरकारले प्रतिदिन करिब ३२ करोड रुपैयाँमात्र विकास खर्च गर्न सकेकोे छ । जसबाट सरकार चालू आर्थिक वर्षमा पनि विकास खर्च बढाउने योजना कार्यान्वयन गर्न असफल देखिएको छ । दुई दशकपछि स्थानीयस्तरमा जनप्रतिनिधि चुनिँदा पनि सरकार खर्च बढाउने योजना कार्यान्वयन गर्न असफल भएको हो ।

1054
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फूलबारीका एक कृषक तरकारी र फलफूल खेतीबाटै स्वरोजगार बनेका छन् । रोजगारीको खोजीमा दैनिक हजारौं नेपाली युवा बिदेसिने क्रम बढिरहेका बेला विदेशबाट फर्किएर तरकारी र फलफूल खेती सुरु गरेका इन्द्रबहादुर भण्डारीले परिश्रम गर्न सकेमा गाउँमै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका हुन् ।

904
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन २, २०७४

पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमले अब बिटुमिन (अलकत्रा)को पनि कारोबार गर्ने भएको छ । व्यापार विस्तार गर्ने क्रममा निगमले बिटुमिनको समेत कारोबार गर्ने तयारी गरेको हो ।निजी क्षेत्रबाट आयातित बिटुमिन कमसल भई तत्काल सडक उक्किने समस्या बढ्न थालेको गुनासो आइरहेका बेला निगमले गुणस्तरयुक्त बिटुमिन आयात गरी बिक्री गर्ने योजना अगाडि बढाएको हो । हाल निजी क्षेत्रले मात्र बिटुमिनको कारोबार गर्दै आएका छन् ।

2809