कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

विभिन्न संघ–संस्थामा आबद्ध आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका खड्गविक्रम सुवेदी अहिले धान धन्क्याउन घर फर्किएका छन् । सदरमुकाममै जागिर भएकाले धान थन्क्याउन वर्सेनि मंसिर महिना उनी गाउँ फर्कने गर्दछन् । “अग्रिम तयारी गरेता पनि मुस्किलले छुट्टी मिल्यो, एक हप्ताभित्र धन्क्याएर फर्कन्छु होला,” उनले भने ।

485
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

झापाको कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् । अत्याधुनिक प्रविधिको प्रयोग गरेर कृषक सामुहिक आलु खेती विस्तारमा जुटेका हुन् ।

592
कारोबार संवाददाता
बिहिवार, मंसिर ६, २०७५

जलवायु अनुकूलन उत्पादनलाई बढावा दिँदै प्राविधिक सहयोग गर्न चीन सरकारको विकास अनुसन्धान केन्द्र राज्य परिषद्को प्रतिनिधिमण्डल किराञ्चोक आएको छ ।

603
लक्ष्मी सापकोटा
बिहिवार, मंसिर ६, २०७५

संयुक्त राज्य अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्ने भएको छ । भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लगानी वृद्धि गर्ने, बजार व्यवस्थापन, गुणस्तर उत्पादनका लागि तालिम उपलब्ध गराउने लगायतका प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको हो ।

556
निरु अर्याल
बिहिवार, मंसिर ६, २०७५

प्रतिनिधिसभाको अर्थ समितिले बहुवर्षीय ठेक्का लागेका आयोजनाको हालको अवस्था र आयोजनाको प्रगति विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । समिति बैठकले बुधबार स्रोत सुनिश्चित नगरी बजेट निकासा नगर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

387
प्रगति ढकाल
बिहिवार, मंसिर ६, २०७५

राष्ट्रिय योजना आयोगले वातावरणीय प्रदूषणका कारण मुलुकले बेहोर्नुपरेको आर्थिक भारको मूल्यांकन गर्ने भएको छ । पछिल्लो समय बढ्दै गइरहेको वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्य र जनजीवनमा नकरात्मक असर पु-याएकाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदूषणको कारण मुलुकलाई कति आर्थिक नोक्सानी भईरहेको छ भन्ने बिषयमा अध्ययन गरेर सोहीअनुरुप योजना तर्जुमा गर्नका लागि प्रदूषणको आर्थिक भार मूल्यांकन गर्न लागिएको हो ।

478
कृन्जला पुलामी
बुधवार, मंसिर ५, २०७५

सिन्धुलीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य गणेशकुमारी पहाडी संयोजक रहेको निर्देशक समितिले निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त भएको ४ करोड रकम विनियोजन गरेको हो ।

396
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामका दुईवटा संघीय निर्वाचन क्षेत्रका लागि छुट्टिएको आठ करोड रकम १० वटै स्थानीय तहमा बाँडफाँड गरेका छन् । उनीहरूले जिल्लाका सबै १० वटा स्थानीय तहमा खर्च गरिने गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ अनुसार बजेट बाँडफाँड गरेका हुन् ।

524
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

आन्तरिक राजस्व कार्यालय हेटौंडा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालू वर्षको कात्तिक मसान्तसम्ममा कार्यालयले लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी राजस्व संकलन गरेको जनाइएको छ । कात्तिक मसान्तसम्ममा १ अर्ब २० करोड ८४ लाख ६९ हजार रुपियाँ राजस्व संकलन लक्ष्य लिएको कार्यालयले १ अर्ब ३० करोड ८९ लाख ८३ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।

345
विप्लव काफ्ले
बुधवार, मंसिर ५, २०७५

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यो वर्षदेखि चितवनमा सञ्चालनमा आउन लागेको केरा तथा मौरी जोनका कार्यक्रम हचुवाको भरमा बनाइएको आरोप किसानहरूले लगाएका छन् ।

328
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

संसद्को सार्वजनिक लेखा समितिले बजारमा चिनीमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सरकारी कर्मचारीकै आर्थिक चलखेलमा चिनीमा मूल्यवृद्धि गरिएको भन्दै समितिले तत्काल छानबिन गरी कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको हो ।

321
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तरद्वन्द्वमा फसेका नीतिहरूलाई पुनरावलोकन गरेर संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणको लागि आवश्यक नीति बनाउन निर्देशन दिएका हुन् ।

358
निरु अर्याल
बुधवार, मंसिर ५, २०७५

नेपालजस्ता अतिकम विकसित मुलुकहरूमा व्यवसाय गर्न नै कठिन हुने गरेको एक अध्ययनले देखाएको छ । यी मुलुकमा उद्यमशीलताका लागि वित्तीय पहुँच मुख्य समस्याको रूपमा रहेको र सरकारी नीतिगत समस्याले उद्यम गर्न कठिन भएको पाइएको हो ।

440
रासस
मंगलबार, मंसिर ४, २०७५

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

425
कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५

सरकारले बर्सेनि अनुदानका नाममा अर्बौं लगानी गरिरहे पनि आफूहरूले नपाएको दुखेसो केरा उत्पादक कृषकहरूले गरेका छन् । कृषकहरूले अनुदानको साटो सरकारले नीति नियम बनाउने र समस्या परेका बेला साथ दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । व्यावसायिक केरा खेती गर्दै आएका विभिन्न १० जिल्लाका अगुवा कृषक-उत्पादकहरू केरा खेतीमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन अहिले राजधानी आइपुगेका छन् ।

384