निरु अर्याल
आइतवार, माघ ७, २०७४

स्थानीय सरकारले खानेपानी, धारा, पोखरी र घाट, बिजुली, टेलिफोन, वातावरण फोहोरमैला व्यवस्थापन, सरसफाई र ढल व्यवस्थापनमा अतिरिक्त शुल्क लगाई कर उठाउन पाउने भएको छ । सरकारले हालै तयार पारेको स्थानीय तहबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनको मस्यौदा २०७४ अनुसार विभिन्न ११ शीर्षकमा स्थानीय सरकारलाई कर निर्धारण गरी असुल गर्न छुट दिइएको हो ।

3216
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

काठमाडौं उपत्यकामा भन्दा हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको मुलुकको आर्थिक विवरणअनुसार हिमाली क्षेत्रमा ५.५ प्रतिशत (उपभोक्ता मुद्रास्फीति) को दरले मूल्यवृद्धि भएको छ ।

802
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

पर्वतमा सिँचाइ सुविधायुक्त दुई हजार हेक्टर जमिन बाँझो बनेको छ । गाउँका अधिकांश मानिस रोजगारीका लागि शहर केन्द्रित हुन थालेपछि सिँचाइ सुविधायुक्त जमिन नै बाँझो बस्न थालेको हो वर्सेनी बाँझो जमिन बढ्न थालेपछि जिल्लामा जमिन बाँझो नराख्ने अभियान थालिएको छ ।

600
रेशमराज रोकाया
शुक्रवार, माघ ५, २०७४

१६ घरधुरीको सानो र चिटिक्क परेको लाँदुगाउँको लामा बस्ती झट्ट हेर्दा नेपालको अन्य गाउँ बस्तीभन्दा केही फरक छैन । राजनीतिक दलका नेताले गरेको समृद्ध नेपालको भाषण वा कृषिले नेपालीको जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने किताबी ज्ञानबाट पनि यो बस्ती अछुतो छैन । न त अर्थविद्ले अखबार र रेडियो-टिभीमा दिने अन्तर्वार्ताबाट बेखबर नै छन् लाँदुगाउँको लामा बस्तीका करोडपति किसान ।

2418
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

मागअनुसारको उत्पादन नहुँदा कैलालीमा दैनिक करिब ३ लाख रूपैयाँ बरावरको तरकारी आयात हुने गरेको छ । स्थानीय उत्पादनले नपुग्ने भएपछि भारतबाट दैनिक करिब ३ लाख रूपैयाँको तरकारी आयात हुने गरेको कैलाली भन्सार कार्यालय धनगढीले जनाएको छ ।

951
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

पाल्पामा व्यावसायिक रूपमा दालचिनी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । दालचिनीको पकेट क्षेत्र तिनाउँ गाउँपालिकाका सत्यवती, बल्ढेंङ्ढी, कचल, कोल्डाँडा, गोठादी, दोभानलगायतका क्षेत्रका कृषकले तेजपत्ता र दालचिनीको मूल्य नपाएको गुनासो गरेका हुन् ।

713
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

राजविराज नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले सभामा आव ०७४/७५ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिका प्रमुख यादवले नगरपालिकाका लागि ५८ करोड ७२ लाख ७४ हजार ८७२ रुँपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

439
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

गत वर्षको तुलनामा यस वर्ष खोटाङमा सुन्तला उत्पादनमा २० प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७३-७४ मा ८ हजार २५० टन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ७ हजार ३८० टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

462
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

भोजपुर नगरपालिका–७ का ज्ञान कार्की ‘रमेश’ दुग्ध डेरी सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । २०६९ सालमा गाउँघरमा उत्पादित दूध संकलन गरी श्री गणेशथान दुग्ध डेरी सञ्चालन गरी व्यवसाय शुरु गरेका कार्कीले अहिले मासिक ४० देखि ४५ हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् । आधुनिक प्रविधि अपनाएर लाग्न सुझाव दिने गरेका छन् ।

436
किरण आचार्य
बिहिवार, माघ ४, २०७४

चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा इतिहासकै अत्यधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ । कृषि मन्त्रालयका अनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान फलेकोमा यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेको हो । धान उत्पादनको प्रमुख क्षेत्र मानिने पूर्वी तराईमा आएको डुबानका कारण धानखेत प्रभावित भए पनि धानको उत्पादकत्वमा वृद्धि भएका कारण समग्र उत्पादनमा न्यून मात्रमा कमी आएको कृषि विकास मन्त्रालयले जनाएको छ । “यो वर्ष बाढी, पहिरो र डुबानका कारण धान उत्पादनमा भारी मात्रामा कमी आउने अनुमान गरिएको थियो तर उत्पादकत्व बढेका कारण उत्पादन धेरै घट्न पाएन,” कृषिसचिव डा. सुरोज पोखरेलले भने, “बीउ, मलको समयमै उपलब्धता र समयमा पानी परेकाले पनि धानको उत्पादनकत्वमा वृद्धि भएको हो ।”

711
लक्ष्मी सापकोटा
बिहिवार, माघ ४, २०७४

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले मंगलबार पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएकाले डिजेल र मटीतेलमा दुई रुपैयाँ तथा पेट्रोलमा प्रतिलिटरमा एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ र डिजेल तथा मटीतेल ८१ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरेको जानकारी दिएको छ । मूल्य समायोजनपछि पनि निगमलाई अझै १५ दिनमा १९ करोड रुपैयाँ घाटा छ । मूल्य समायोजनपछि डिजेलमा ३ रुपैयाँ ५३ पैसा घाटा छ भने पेट्रोलमा २ रुपैयाँ ६७ पैसा नाफा छ । एलपी ग्यासमा २ सय ८ रुपैयाँ घाटा भए पनि मटीतेल र हवाई इन्धनमा नाफा छ ।

837
कारोबार संवाददाता
बुधवार, माघ ३, २०७४

पूर्वको मुख्य नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा ८३ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । काँकडभिट्टाबाट ८३ करोड ७१ लाख ९८ हजार रूपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

522
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

तेह्रथुमका अधिकांश युवा विदेशबाट फर्किएसँगै अलैंची खेतीमा लागेका छन् । विदेशमा गरिने श्रम गाउँमै खर्चने मनसायका साथ स्वदेश फर्किएका युवा अहिले अलैंची खेतीमा लागेका हुन् ।

1208
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

हिन्दूहरूले मनाउँदै आएको पर्व माघीमा तरुलको कारोबार बढेको छ । खासगरी कन्दमूलका रूपमा रहेको सखरखन्ड र तलाउ पोखरीमा फल्ने सिंगडा कात्तिकको तुलसी रोपण गर्ने एकादशीका दिन बढी कारोबार हुने गरे पनि तरुलको कारोबार भने माघीमा बढी हुने गर्छ ।

756
निरु अर्याल
मंगलबार, माघ २, २०७४

सरकारले चालू आर्थिक वर्षको छ महिनामा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आइतबार अर्थात पुसको अन्तिम दिनसम्म सरकारको लक्ष्यबमोजिम नै ३ खर्ब ३४ अर्ब राजस्व संकलन भएको छ । यससँगै सरकारले चालू आवको छ महिनाका लागि लिएको राजस्व संकलनको लक्ष्य पूरा भएको राजस्वसचिव शिशिर कुमार ढुंगानाले जानकारी दिए । उनका अनुसार अरु महिनाको तुलनामा लक्ष्यको ४० प्रतिशत राजस्व पुस महिनामा असुली हुने गरेको छ ।

972