भुवन पौडेल
मंगलबार, माघ २, २०७४

सरकारले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको राजस्व संकलन गरेपछि आधाभन्दा धेरै बैंकको पुँजी, कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) सीमाभन्दा माथि जाने देखिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको पैसा सरकारको करका लागि बाहिर आएकाले सीसीडी सिमा नाघ्ने सम्भावना बढेको हो । पुस महिनामा सरकारले ९३ अर्ब संकलन गरेकाले धेरै बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि जाने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । पछिल्लो समयमा बैंकहरूको सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि कर्जा प्रवाहमा कडाइ गर्दै आएका थिए ।

1253
लक्ष्मी सापकोटा
सोमवार, माघ १, २०७४

अधिकांश वस्तुमा परनिर्भरता बढीरहेका बेला मुलुक तरुलमा भने आत्मनिर्भर बन्दै गएको छ । तरुलको व्यावसायिक खेति विस्तार हुँदै गएपछि मुलुक आत्मनिर्भर बन्दै गएको हो ।स्वेदेशी उत्पादनले माग पुरा गरेपछि न्यून परिणाममा मात्र आयात हुने गरेको कालीमाटी बजार विकास समितिको तथ्यांकले देखाएको छ । माघे संक्रान्तिका बेला मात्र नभएर अन्य समयमा पनि तरुलको खपत हुँदा पछिल्लो समय यसको खेती विस्तार हुँदै गएको छ । नेपालीको मुख्य चाडको रूपमा मानिने माघे संक्रान्तिमा अनिवार्यरूपमा तरुलको उपभोग हुने गर्दा खपत धेरै हुने गरेको हो ।

649
निरु अर्याल
सोमवार, माघ १, २०७४

चालू आर्थिक वर्षमा सरकारी खर्च बढाउने योजना कार्यान्वयनमा सरकार असफल देखिएको छ । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन र पहिलो पटक ल्याइएको संघीय बजेटको कार्यान्वयन हुन नसक्दा सरकार चालू आवमा पनि अपेक्षित खर्च गर्न सरकार असफल देखिएको हो ।

846
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

हुम्लामा पुख्र्याैली पेसा राडीपाखी व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघि ऊनबाट बुनेर लिउ, फेरुवा, बख्खु, राडिपाखी, लामा, दोच्छालगायतका उत्पादनले कपडाको सबै माग धान्ने गरेको थियो ।

949
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

मुलुकको आर्थिक क्षेत्रका गतिविधिको सही तथ्यांक उपलब्ध गराउने लक्ष्यसहित २०७५ वैशाखदेखि आर्थिक गणना गर्न सरकारले स्वीकृति दिएको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । “आर्थिक क्षेत्रमा वृहत तथ्यांक संकलन गर्ने लक्ष्यसहित हुन लागेको यो पहिलो गणना हो,” मन्त्री कार्कीले भने, “तथ्यांक ऐनमा यस्तो राष्ट्रिय गणना गर्दा राज्यले जनतालाई सूचना दिनुपर्ने व्यवस्थावमोजिम मन्त्रिपरिषद्ले यस्तो स्वीकृति दिएको हो ।” यद्यपि तथ्यांक विभागले आगामी वर्षदेखि आर्थिक गणना गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

884
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

विभिन्न जिल्लाबाट वर्सेनि ठूलो परिमाणमा बीउ आयात गर्दै आएको बर्दिया पछिल्लो समय भने बीउ उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा दुई ठूला बीउ प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बर्दिया बीउ उत्पादनमा आत्मनिर्भर बनेको हो ।

1025
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

तेह्रथुमको फेदाप गाउँपालिका ओयाक्जुङका डिल्लीराम ढकालले अन्नबालीसँगै अलैंची रोप्न सुरु गरेका थिए । शुरुमा अलैंची बिक्रीबाटै परिवार धान्न सकिन्छ भन्ने कल्पनासमेत उनले गरेका थिएनन् ।समय वित्दै जाँदा उनले सुरु गरेको अलैंची खेतीबाटै लाखौं आम्दानी हुन थालेको छ । परिवारका लागी खोतीयोग्य जमिनमा धान फलाएर खुवाउँदै आएका उनले समयसँगै धानलाई मासेर अलैंची खेतीलाई विस्तार गर्दै गए ।

961
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

निर्माण सामग्रीमा भएको अप्रत्यासित मूल्यवृद्धिले व्यवसायी मारमा परेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । महासंघको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री कार्कीलाई भेटेर इन्धन, फलामजन्य पदार्थ तथा सिमेन्ट, गिटी, बालुवा जस्ता प्रमुख सामग्रीमा भएको मूल्यवृद्धिले व्यवसायी मारमा परेकाले समस्या समाधान गर्न आग्रह गरेको हो ।

908
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

आपूर्तिमन्त्री जयन्त चन्दले मुलुकमा इन्धन भन्डारण क्षमता वृद्धि गर्नु नेपाल आयल निगमको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निगमको ४८ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै आपूर्ति मन्त्री चन्दले इन्धनको खपत बढ्दै गएकाले आपूर्ति सहज पार्न भन्डारणस्थल निर्माणको कामलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

842
किरण आचार्य
बिहिवार, पुष २७, २०७४

नयाँ संरचना अनुसारको प्रदेश नम्बर ६ व्यावसायिक दुग्ध उत्पादनमा कमजोर देखिएको छ । बढ्दो सहरीकरणसँगै मुलुकभर दूधको उत्पादन र खपत बढ्दो क्रममा रहे पनि प्रदेश नम्बर ६ मा भने दुग्ध व्यवसाय गर्ने डेरीको संख्यासमेत न्यून पाइएको छ । नेपाल डेरी एसोसिएसनले गरेको एक अध्ययनले प्रदेश नम्बर ६ मा दूधको बजारीकरणमा मुख्य भूमिका रहने ठूला, मझौला र साना डेरीको संख्या शून्य रहेको देखाएको छ । घरेलु डेरीको संख्या भने १५० छ ।

1317
भीम गौतम
बिहिवार, पुष २७, २०७४

अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएका ऊर्जा र यातायातका परियोजना कार्यान्वयनका लागि स्पेशल पर्पेज भेइकल (एसपीभी) गठन गरिने भएको छ । अमेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)ले दिएको ५० मिलियन डलर अर्थात ५२ अर्ब रुपैयाँ बराबरको अनुदान तथा नेपाल सरकारको १३ अर्ब गरी ६५ अर्बमा अघि बढाउन लागेको प्रसारणलाइन र सडकहरू मर्मत सम्भारका लागि एसपीभी गठन गरिने भएको हो ।

914
मातृका दाहाल
बिहिवार, पुष २७, २०७४

लागूपदार्थका दुव्र्यसनीले बर्सेनि २२ अर्ब रुपैयाँभन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा÷चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात वार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् ।

1356
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

भूकम्पपीडितलाई दिइँदै आएको पुनर्कर्जा आगलागी र बढीपीडितले पनि पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगलागी र बढीपीडितका लागि पनि कार्यविधि संशोधन गरेर पुनर्कर्जा दिने भएको हो । राष्ट्र बैंकको निर्णयसँगै भोजपुर र तेह्रथुमका आगलागीपीडित र सप्तरीका बाढीपीडितले घर बनाउन तथा व्यवसाय पुनः सञ्चालन गर्न २ प्रतिशतको ब्याजमा ऋण पाउने भएका हुन् ।

543
केदार दाहाल
बुधवार, पुष २६, २०७४

भन्सार कार्यालय र नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वर्षौंदेखि बक्यौता तिर्न अटेर गरेको पाइएको छ । सरकार मातहतका यी दुई निकायले विमानस्थललाई हालसम्म ८७ करोड ३३ लाख ३१ हजार ४ सय ९ रुपैयाँ बक्यौता तिरेका छैनन् । भन्सार कार्यालयलेमात्र विमानस्थललाई ५५ करोड १२ लाख २१ हजार ८ सय १६ रुपैयाँ तिर्न बाँकी रहेको छ । जबकी भन्सार कार्यालयले विमानस्थलबाटै वार्षिक अर्बौं राजस्व उठाउँदै आएको छ । विमानस्थल कार्यालयले बक्यौता तिर्न ताकेता गर्दा मन्त्रिपरिषद्बाट मिनाह गराउँछौ भन्दै टार्दै आएकोले समस्या भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

999
निरु अर्याल
मंगलबार, पुष २५, २०७४

सरकारले पटक–पटक ताकेता गरे पनि करदाताले समयमै कर नतिर्दा ७९ अर्ब रुपैयाँबराबरको कर बक्यौता देखिएको छ । चालू अर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ९४ करोड ७७ लाख रुपैयाँ तथा अन्तःशुल्क र आयकरतर्फ ७८ अर्ब १५ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाताको कार्यालयले जनाएको छ । सरकारी ढुकुटीमा रकम अभाव भएर चालू खर्चसमेत धान्न सरकारलाई हम्मे परिरहेका बेला बक्यौता राजस्व उठाउन सकिएको छैन ।

658