मनोरञ्जन शर्मा
बुधवार, कार्तिक २१, २०७५

अन्य व्यवसायको तुलनामा पुष्प व्यवसायमा जोखिम कम हुने र मनग्य आम्दानी गर्न सकिने तथा जुनसुकै मौसममा पनि प्रतिफल लिन सकिने भएकाले पुष्प व्यवसाय रोजाइमा परेको र त्यसैमा लगानी गरी निरन्तरता दिएको श्रेष्ठले बताए । व्यवसायी श्रेष्ठका अनुसार यो व्यवसाय लगानीका हिसाबले पनि सहज र सरल रहेको छ । बजारको चिन्ता नहुने र जोखिम कम हुने भकाले सबैको रोजाइमा यो पेशा पर्ने गरेको छ ।

459
घनश्याम पौडेल
बुधवार, कार्तिक २१, २०७५

बजारमा यसवर्ष अदुवाको राम्रो मूल्य पाएपछि अर्घाखाँचीका अदुवाखेती गर्ने किसान उत्साहित बनेका छन् । नगदे बालीको रूपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार र राम्रो मूल्य पाएपछि खुसी भएका हुन् । पाणिनी गाउँपालिका–५ मैदान अमजाका विष्णु घिमिरेले गत वर्ष प्रतिकिलो ८ रुपैयाँमा बिक्री भएको अदुवाले अहिले भने राम्रो मूल्य पाएको बताए ।

418
कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न सुरु गरेको छ । नगर कार्यपालिकाको ४७ औं बैठकको निर्णयअनुसार किसानलाई अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको हो । नगरपालिकाले किसानलाई ४० प्रतिशत अनुदान गहुँको बीउ उपलब्ध गराएको छ ।

365
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

इलाममा हुन लागेको लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ । इलाम नगरपालिकाले नगरभित्रका उद्योगी, व्यापारी, व्यवसायीलगायतलाई आमन्त्रण गरेर गर्न लागेको लगानी सम्मेलनको तयारी तीव्र पारिएको हो ।

311
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

श्रमिक, किसान र उत्पादनका क्षेत्रमा समयसापेक्ष सरकारी नीति नहुँदा निर्यातको राम्रो सम्भावना रहेको चिया खेती क्रमशः घट्दै गएको एक अध्ययनले देखाएको छ । विशेषगरी झापा, इलाम, तेह्रथुम, धनकुटालगायत पूर्वी नेपालमा वर्षौंअघि लगाइएको चिया मासेर खेतीयोगय जमिनलाई घडेरी बनाउने होड चलेको छ ।

408
निरु अर्याल
मंगलबार, कार्तिक २०, २०७५

देशमा तीन तहको सरकार गठन भएको एक वर्ष नाघिसक्दा समेत कानुनी अन्योलले प्रदेश सरकारहरूले काम गर्न सकेका छैनन् । जसका कारण प्रदेश सरकारको भार संघीय सरकारलाई थपिएको छ भने स्थानीय सरकारले पनि सोचेजस्तो विकासका गर्न नसक्दा त्यसको सीधा असर सरकारको बिकास बजेट खर्चमा देखिएको छ ।

476
रासस
सोमवार, कार्तिक १९, २०७५

भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ ।

434
मनोरञ्जन शर्मा
सोमवार, कार्तिक १९, २०७५

चालू आर्थिक वर्षको साढे तीन महिनामा (साउन १ देखि कात्तिक १६ गतेसम्म) भैरहवा नाका हुँदै ६० हजार ६ सय ५४ किलो काजु (प्रशोधित तथा तयारी) नेपाल भित्रिएको छ । दसैं, तिहारजस्ता चाडपर्वमा अत्यधिक प्रयोग हुने काजु तिहारमा भाइमसलाको मुख्य वस्तुको रूपमा लिने गरिन्छ ।

515
लक्ष्मी सापकोटा
सोमवार, कार्तिक १९, २०७५

सरकारले विगत १७ वर्षदेखि नेपालीहरूको महान चाड दसंै, तिहार र छठमा दिँदै आएको चिनीमा सहुलियत कटौती गरेको छ । २०५८ सालदेखि सुपथ पसलमार्फत चाडवाडमा उपभोक्तालाई राहत दिँदै आए पनि यस वर्षदेखि यस्तो सुविधा कटौती गरिएको हो ।

470
रासस
आइतवार, कार्तिक १८, २०७५

चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । 

443
विप्लव काफ्ले
आइतवार, कार्तिक १८, २०७५

भरतपुर महानगरले सबै प्रकारका कर तथा राजस्व नजिकका वडाबाटै तिर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सम्पत्ति, मनोरञ्जन, बहाल, विज्ञापन कर, दण्ड जरिवाना बाहेकका कर वडा तहबाटै तिर्न मिल्ने व्यवस्था छ । महानगरले वडा तहबाटै कर तथा राजस्व तिर्न मिल्ने गरी कर संकलन केन्द्र विस्तार गर्ने अभियानमा लागेको छ ।

402
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५

डिभिजन सहकारी कार्यालयको खारेजीसँगै सहकारीको नियमन तथा अनुगमको अख्तियारी पाएको प्रदेश सरकार मातहतको निकायले सहकारीको अनुगमन सुरु गरेको छ । झापामा पहिलोपटक बुधबार ५ वटा सहकारीको अनुगमन गरिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश–१ का सहकारी मन्त्रालयका प्रशासन तथा सहकारी शाखा प्रमुख रामप्रसाद चापागाईँ नेतृत्वको टोलीले सहकारीको अनुगमन सुरु गरेको हो । टोलीमा सहकारी शाखाका शाखा अधिकृत सहभागी थिए ।

709
नीरज पिठाकोटे
शुक्रवार, कार्तिक १६, २०७५

स्थानीय प्रशासनको फितलो अनुगमनका कारण सीमावर्ती बजारमा भारतीय गुणस्तरहीन खाने तेल खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । अवैधरुपमा नेपाली बजारमा भित्रिएका भारतीय उत्पादनका गुणस्तरहीन र कम तौलको तेल खुलेआम बिक्री वितरण भइरहँदासमेत सम्बन्धित निकाय मौन देखिएको छ ।

509
निरु अर्याल
शुक्रवार, कार्तिक १६, २०७५

विश्व बैंकले निजी क्षेत्रसँगको सघन सहकार्य तथा सम्भव भएसम्मका स्रोतको दोहनबाटमात्रै नेपाल सन् २०३० सम्ममा मध्यम आय हासिल गर्ने मुलुक बन्ने योजनामा सफल हुने जनाएको छ । सरकारले सन् २०२१ सम्ममा १० प्रतिशत बिन्दुले लगानी बढाउने लक्ष्य राखेकोले यसका लागि हालको रेमिट्यान्समा आधारित उपभोगमुखी अर्थतन्त्रबाट संरचनागत परिवर्तन गरी लगानी तथा उत्पादकत्वमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न अत्यावश्यक रहेको विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल अपडेट’ प्रतिवदेनको निष्कर्ष छ ।

708
यादव हुमागाई
शुक्रवार, कार्तिक १६, २०७५

साझा सहकारी संस्थाबाट ऋण लिने साना किसानहरूको अभिलेख नहुँदा उनीहरूको ऋण मिनाहा गर्ने सरकारको घोषणा कार्यान्वयनमा अप्ठ्यारो भएको छ ।

401