कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
418

प्रधानमन्त्री के पी शर्मा ओ लीले  आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्र सही दिशामा गइरहेको बताए । उनले समृद्धिको  यस अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । आफू सरकारमा आएपछिको १० महिनाको उपलब्धि सुनाउँदै उनले अर्थतन्त्रका परिसूचकहरू राम्रो रहेको व्याख्या पनि गरे । तर, अर्थतन्त्र राम्रो छ भन्न उनले जुन र जसरी तथ्यांक प्रस्तुत गरे त्यसबाट संसद्मा प्रधानमन्त्रीले झुटो बोलेको भन्ने आमजनमानसको ठम्याइ छ । यस्तो ठम्याइ हुनुमा करिब ९ महिना अगाडि वर्तमान सरकारका अर्थमन्त्रीले संसद्मै प्रस्तुत गरेको श्वेतपत्र पनि एउटा कारण हो । ९ महिनाअघि अर्थमन्त्रीले खत्तम छ भनेको अर्थतन्त्र एक्कासि सबै सूचक राम्रो हुने कुनै नीतिगत, संरचनागत तथा संस्थागत कुनै काम सरकारले यस बीचमा नगरिकनै सुधार भयो भन्दा सबैको अविश्वास बढेको हो ।

चालू आवको  पाँच महिनाको  आर्थिक सूचक सकारात्मक र हे को  दाबी प्रधानमन्त्रीले गरे पनि महाले खा नियन्त्रक कार्यालयका अनुसार  गत शुक्रबार सम्म सर कारले उठाएको राजस्वभन्दा खर्च कम भएर  सर कारको ढुकुटीमा पैसा थुप्रेको छ । यसरी सर कार  नाफामा जानु अर्थतन्त्रका  लागि राम्रो संकेत होइन । चालू आवका लागि बजे टमा ३ खर्ब १३ अर्ब रूपै याँ विकास बजे टका लागि विनियो जन गरिएको भए तापनि महाले खा नियन्त्रक कार्यालयका अनुसार  चालू आवको  ६ महिना सकिन लाग्दा विकास खर्च १५.४३ प्रतिशतमात्र भएको  छ ।
यस्तै, वै दे शिक लगानी गतवर्षको  तुलनामा घटे को  छ । चालू आवको चार  महिनामा ४ अर्ब ९५ करोडको  वै दे शिक लगानी आएको  छ । जबकि अघिल्लो  वर्ष सो ही अवधिमा १० अर्ब १७ करोड रूपै याँको  वै दे शिक लगानी आएको  थियो  ।

सर कार को  १० महिने  कार्यकाल पूर्णरूपमा सफल भएको  दाबी गदैर्  प्रधानमन्त्री ओ लीले  दाबी गरे पनि निर्यातमा सुधार  आएको  छैन र  शो धनान्तर  घाटा अझै छ । आयात अत्यधिक बढेर शो धानान्तर  घाटा रहेका कारण यसको  चाप विदे शी विनिमय सञ्चितिमा परेको छ । कुल व्यापार मा ने पालको  निर्यात २०६२/६३ मा १३ प्रतिशतमा र हे को मा २०७४/७५ मा झरेर  ६ प्रतिशतमा पुगे को  छ । यथार्थमा गतवर्षको  तुलनामा मूल्यवृद्धिदर  पनि बढे को  छ । नपाल राष्ट्र बैंक\का अनुसार  २०७५ कात्तिकमा वार्षिक बिन्दूगत उपभो क्ता मुद्रास् फीति ४.२ प्रतिशत र हे को  छ । अघिल्लो  वर्षको  सो ही अवधिमा यस् तो  मुद्रास् फीति ३.९ प्रतिशत थियो  ।
यो  वर्षको  बजे टको  आकार  १३ खर्ब १५ अर्ब रूपै याँको  हो  । यस् तै  वै दे शिक अनुदानमा ५८ अर्ब ८१ करोड रूपै याँ, वै दे शिक ऋणबाट २ खर्ब ५३ अर्ब र  आन्तरि क ऋणबाट १ खर्ब ७२ करोड उठाउने  लक्ष्य लिइएको  छ । तर  सर कार को  खर्च गनेर्  क्षमताको  अभावमा सर कार ी खातामा अहिले  करि ब २ खर्ब रूपै याँ बचत छ । जसले  गर्दा बैंक\ तथा वित्तीय संस् थामा कर्जायो ग्य र कमको  अभाव छ ।
सरकार अर्थतन्त्रमा संरचनागत, नीतिगत तथा संस्थागत सुधारमा जति ढिलो गर्दछ, अर्थतन्त्र त्यति नै सुधारको बाटोमा जान ढिला हुन्छ । सात दशकपछि नेपाली जनताले पाएको राजनीतिक स्थिरता तथा बलियो सरकारले विशेषतः उद्योग, वाणिज्य तथा अर्थ मन्त्रालयले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन एवं देशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कडा वित्तीय अनुाशासन कायम राखेर काम नगर्ने हो भने कागजी तथ्यांकमा जति नै सुधार गरे पनि नेपाली जनताको जीवनस्तर सुधार हँुदैन र राजनीतिको अभिष्ट भनेको कागजी विकासभन्दा जनताको जीवनस्तरमा देखिने सुधार हो भन्ने पनि सरकारलाई हेक्का रहोस् ।