विप्लव काफ्ले
बुधवार, बैशाख ११, २०७६

भरतपुर–७ बस्ने मञ्जु आलेमगर नारायणगढस्थित मनास्लु होटलमा काम गर्छिन् । बालकुमारी कलेजबाट कक्षा १२ को पढाइ पूरा गरेकी उनले होटलमा कामगर्दा आवश्यक ज्ञानको कमी भएको महसुस गरिन् । करिब ७ महिनादेखि उनी नारायणगढमा होटल म्यानेजमेन्टको डिप्लोमा कोर्स पढ्दै छिन् ।

219
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ ।

185
सागर परियार
आइतवार, बैशाख ८, २०७६

स्थानीय सरकारलाई आफूअनुकूलको पाठ्यक्रम निर्माण गर्ने अधिकार प्राप्त छ । यसको शुरुवात जुम्लाको तातोपानी गाउँपालिकाले गरेको छ । जुम्लाको सिंजामा उत्पति भएको नेपालको खस भाषालाई संरक्षण गर्न स्थानीय पाठ्यक्रमका रुपमा विकास गर्दै विद्यालयमा पढाइ हुने योजना अनुसार काम भइरहेको छ । तातोपानी गाउँपालिकाले जुम्लामै पहिलोपटक खस भाषामा आधारित स्थानीय पाठ्यक्रमको तयारी थालेको हो । आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दै गाउँपालिकाले खस भाषाको संरक्षणस्वरुप विद्यालय स्तरमा पढाइ हुने गरी पाठ्यपुस्तक तयारी गरेको छ ।

189
कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र ईन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा काठमाडांैमा ब्रिजिङ द ग्याप भन्ने नाराका साथ प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गरेका थिए ।

221
कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६

परम्परागत संस्कार र संस्कृति संरक्षणका लागि २०२४ सालमा लमजुङको चन्द्रेश्वरमा सनातन धर्म सेवाश्रम, गुरुकुल आश्रमको स्थापना भयो । सोही आश्रमले संस्कृत शिक्षालाई प्राथमिकतामा राख्दै २०२६ सालमा पाणिनी संस्कृत विद्यालय सञ्चालन ग¥यो । विद्यालयमा निरन्तर संस्कृत शिक्षा पठनपाठन हुँदै आए पनि पछिल्लो समय विद्यार्थी संख्या निकै कम भएको छ ।

256
गोपाल संग्रौला
बिहिवार, बैशाख ५, २०७६

विभिन्न शैक्षिक निकायले गुणस्तर सुधारका लागि लिएको अनुदानमध्ये खर्च नभएको ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी सरकारलाई फिर्ता नगरेको पाइएको छ ।

320
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

काभ्रेको एक गाउँपालिकाले वडाभरका विद्यालयमा नयाँ भवन बनाएको छ । खानीखोला गाउँपालिका– ७ मिल्चेका सबै विद्यलायमा नयाँ भवन बनेको हो ।

349
अनुपमा खनाल
मंगलबार, बैशाख ३, २०७६

गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले गोरखाको १६ विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला स्थापनाका लागि अनुदान दिने भएको छ । सामाजिक विकास मन्त्रालय मातहतको निर्देशनालयले जिल्लाका १६ विद्यालयलाई एक करोड चार लाख ७५ हजार रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।

313
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ ।

257
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

‘शिक्षक पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृद्धि नभएसम्म गुणस्तरीय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पारे ।

482
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

नेपालको पूर्व प्राथमिक शिक्षाको भर्ना दर २०५७ सालबाट २०७४ सालसम्म आइपुग्दा १२ प्रतिशतबाट ८६ प्रतिशतमा पुगेको छ । पूर्व प्राथमिक शिक्षाको पहुँचमा नेपालको यो फड्कोका लागि युनिसेफले प्रकाशित गरेको नयाँ विश्वव्यापी प्रतिवेदनमा सराहना गरेको छ । युनिसेफको पहिलो पूर्व प्राथमिक शिक्षा माथिको विश्वव्यापी प्रतिवेदन ‘सिकाइका निम्ति तयार विश्वः प्रारम्भिक शिक्षालाई प्राथमिकता’ का अनुसार नेपालको दुई दशकको प्रगति विश्वमा नै उदाहरणीय छ । यसका लागि नेपाललाई युनिसेफले पूर्व प्राथमिक तहको शिक्षा क्षेत्रमा उच्च प्रदर्शकको संज्ञा दिएको छ ।

328
गोपाल संग्रौला
मंगलबार, चैत्र २६, २०७५

नेपाली विद्यार्थीहरुलाई भारतका गुणस्तरिय शैक्षिक कार्यक्रमको जानकारी दिन जेआर एजुकेसन गु्रप अन्र्तगतको सिरी रामाकृष्ण कलेज अफ आर्ट एन्ड साइन्स तमिलनाडुले ३ दिने परामर्श कार्यक्रम आयोजना गरेको छ ।

276
कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५

मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । चेक रिपब्लिकन संस्था नमस्ते नेपालको सहयोगमा बनेको भूकम्पप्रतिरोधी भवनको उद्घाटन नेपालका चेक रिपब्लिकका राजदूत मिलान होभार्काले एक समारोहबीच शनिबार गरेका थिए ।

345
कारोबार संवाददाता
आइतवार, चैत्र २४, २०७५

नेपालका लागि जापानी राजदूत सामामिची साइगोले नेपाल–जापानबीच सम्बन्ध सांस्कृतिक धार्मिक र आर्थिक रूपमा अत्यन्त मजबुत रहेको बताएका छन् । जापानी भाषाको संस्कृति तथा अन्य विभिन्न कोर्सको अध्ययन अध्यापन गराउनका लागि काठमाडौंको सुकेधारास्थित बाग्मती बोर्डिङ स्कुलमा स्थापना निहोन एजुकेसन कल्चर्सको उद्घाटन सत्रमा राजदूत साइगोले नेपाल–जापानबीच पुरानो सम्बन्ध रहेको बताएका हुन् ।

363
कारोबार संवाददाता
आइतवार, चैत्र २४, २०७५

शैक्षिक समानताका लागि अभियान अघि बढाइरहेको संस्था टिच फर नेपालले बिहिबार आफ्नो छैटौं वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा टिच फर नेपाल अन्तर्गत २ वर्षको फेलोसिप सम्पन्न गरेकालाई बिदाइ तथा नयाँ प्रज्ञार्थीलाई शुभकामना प्रदान गरिएको थियो ।

279