कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
279

काठमाडौं-लाइब्रेरी फाउण्डेसन नेपालको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कपिलदेव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षमा मणिराम फुयाँल, महासचिवमा धनकुमार श्रेष्ठ, सचिवमा श्रीराम घिमिरे, कोषाध्यक्षमा सरोजा श्रेष्ठ र सदस्यहरूमा रचना श्रेष्ठ, सागरराज सुवेदी र मिरा मैयाँ सिंह रानालाई चयन गरेको छ ।
त्यसैगरी फाउण्डेसनको सल्लाहकारमा डा. बिन्दा पाण्डे, भोलानाथ शर्मा, डा. जुगल भुर्तेल, ईन्दिरा दली र ईन्द्रप्रसाद अधिकारी सर्वसम्मतिबाट चयन भएका छन् । साधारणसभाले विद्यालय, कलेजका साथै समुदाय र प्रदेशमा पुस्तकालय स्थापना गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए । फाउण्डेसनले ई–पुस्तकालय अभियानलाई अघि बढाउने तथा भूकम्प प्रभावित क्षेत्रमा सामुदायिक स्रोत पुस्तकालय स्थापना गर्ने निर्णयसमेत गरेको उनले बताए । फाउण्डेसनले प्रदेश १ र ३ मा सम्पर्क कार्यालय स्थापना गर्न लागेको जानकारी दिँदै अध्यक्ष थापाले एक वर्षभित्र एक÷एक पुस्तकालय छनोट गरी सामुदायिक पुस्तकालय, विद्यालय ई–पुस्तकालय र विद्यालय भौतिक पुस्तकालय स्थापना गर्न लागेको जानकारी दिए ।