कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५
352

लमजुङको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले चालू आवको योजनामध्ये आधा योजना सम्पन्न भएको जनाएको छ । आव ०७५÷७६ मा छनोट भएका पाँच सय ३२ योजनामध्ये दुई सय एक योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख गुमानसिँह अर्यालका अनुसार हालसम्म चार सय ३१ योजना सम्झौता भएको र माघ समान्तसम्म उपभोक्ता समितिमार्पmत सञ्चालन भएका दुई सय एक योजना सम्पन्न भई फरफारकसमेत भइसकेको छ । निर्माणाधीन योजनामध्ये पनि कतिपय योजना अन्तिम चरणमा रहेको भन्दै आगामी वैशाख मसान्तसम्म सम्पूर्ण योजना सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य छ । “निर्माणाधीन योजनामा पनि काम भइरहेको छ,” नगर प्रमुख अर्यालले भने, वैशाख मसान्तसम्म शतप्रतिशत काम सक्छौं ।”
हाल काम भइरहेका दुई सय ३० योजनामध्ये ८० प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्षको अन्त्यतिरमात्रै विकास निर्माणका काम हुने परिपाटीलाई चिर्दै समयमै प्रभावकारी काम सक्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । चालू आवमा विनियोजित बजेटमध्ये ४२ प्रतिशत रकम खर्च भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीका अनुसार कुल संशोधित बजेट ६० करोड ७३ लाख ६३ हजार रुपैयाँमध्ये २५ करोड ७२ लाख ६३ हजार रुपैयाँ खर्च भइसकेको छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार चालू आवमा मात्रै १६ वटा योजना सडक कालोपत्रे गर्ने रहेको पाइएको छ । नगरपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत लागत साझेदारीमा तीन करोड ५० लाख रुपैयाँ सडक कालोपत्रेका लागि मात्रै विनियोजन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सोबाहेक भवन निर्माण, विपन्न परिवारको खरको छाना विस्थापित गराउने, एक घर एक धारा कार्यक्रम, फोहोर मैला व्यवस्थापन, विभिन्न खेलकुद प्रतियोगिता, सडकबत्ती जडानको तयारीलगायतका विभिन्न योजना छनोट गरेको जनाएको छ ।
चालू आवका लागि छनोट भएका विभिन्न १० योजनामा भने काम हुन नसकेपछि रकमान्तर गरिएको नगरपालिकाले जनाएको छ । विविध समस्याका कारण सम्झौतासमेत हुन नसकेका योजनालाई चौथो नगरसभाबाट रकमान्तर गरिएको नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारीले बताइन् ।

 चौथो नगरसभाबाट १६ वटा कानुन पारित
मुलुकमा संघीयता कार्यन्वयनसँगै सुरु भएको स्थानीय तहको समयावधि करिब दुई वर्ष पुग्नै लागेको छ । संघीयता कार्यान्वयनको पहिलो वर्ष अलमलमा बिताएका जनप्रतिनिधिले दोस्रो वर्षमा भने आफ्नो भूमिका केन्द्रित भएर लागेको पाइएको छ । यसैबीच लमजुङको बेसीसहर नगरपालिकाले ५२ वटा ऐन तथा कानुन पारित गरेको छ । चालू आवमा मात्रै नगरपालिकाले थप १६ वटा कानुन पारित गरी ५२ वटा पु¥याएको हो ।
केही दिनअघि सम्पन्न चौथो नगरसभाबाट स्थानीय ऐन, नियम तथा कार्यविधि स्वीकृत भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार निर्माण भएका ५२ कानुनमध्ये ३६ वटा कानुन राजपत्रमा प्रकाशित भइककेको बताइएको छ । सोबाहेक नगरसभाबाट नगरपालिकाको पर्यटन विकासमा नगरपालिकाको भूमिकासम्बन्धी मार्गचित्र, कृषिसम्बन्धी रणनीतिक योजना, शैक्षिक रणनीतिक योजना, उद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि, बेसीसहर नगरपालिका राजस्व सुधार कार्ययोजना स्वीकृत भएको नगरपालिकाले जनाएको छ ।

सन्देश पौडेल