कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
539

विद्यार्थी भर्ना अभियानअन्तर्गत आइतबार देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यक्ता’ भन्ने नाराका साथ हरेक युवालाई गरिखाने प्राविधिक शिक्षाबारे जागरण ल्याउने उद्देश्यले सबै जिल्लामा अभियान सञ्चालन गरिएको हो ।
यस अवसरमा आइतबार राजधानीलगायतका जिल्लाहरुमा प्राविधिक शिक्षाको महत्व र यसका आवश्यकता झल्काउने विभिन्न व्यानर तथा प्लेकार्डसहित देशभर प्रभावफेरी कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सिप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुनुपर्ने बताए । “पढेका कुरालाई उत्पादनसँग नजोडि देशको विकास हुँदैन,” मन्त्री पोखरेलले भने, “नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यवहारिक शिक्षा आवश्यक रहेको छ ।”
प्राविधिक शिक्षाको नाममा धेरै संघसंस्था खुले पनि गरिखाने गरी सक्षम जनशक्ति अझै उत्पादन हुन नसकेको भन्दै शिक्षा मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन सिटिइभिटीलाई पुनर्गठन गर्ने तयारी गरेको पनि जानकारी दिए ।