कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
295

बर्दिया-बर्दियाको बारबर्दिया नगरपालिकालाई नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएकोे छ । सरकारको अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रकृयाहरु पूरा भएपछि बारबर्दिया नगरपालिकालाई बिहिबार एक समारोहका बीच अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएकोे हो ।बर्दियाको बारबर्दिया नगरपालिकालाई नेपालकै पहिलो अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएकोे छ । सरकारको अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रकृयाहरु पूरा भएपछि बारबर्दिया नगरपालिकालाई बिहिबार एक समारोहका बीच अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएकोे हो ।
अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भदौसम्ममा घरधुरी सर्वेक्षण गरेर आफ्नो पालिकामा सबै बालबालिकालाई स्कुलमा ल्याइसकेको उद्घोष गरिदिनुस् भनेर मन्त्रालयले आह्वान गरेकोमा बारबर्दिया नगरपालिकाले सबैभन्दा पहिले यो कुरा लागू गरेको बताए । “बारबर्दिया नगरपालिकाले गरेको कार्य अनुकरणीय छ । यो सफलताको कथा अन्य स्थानीय तहले अनुकरण गर्नुपर्छ,” उनले भने । असोज ३ गतेभित्र अनिवार्य शिक्षा ऐन ल्याउन लागेको जानकारी गराउँदै मन्त्री पोखरेलले जुन अभिभावकले केटाकेटीहरुलाई स्कुल पठाउँदैनन्, उनीहरु अनुशासनको घेरामा पर्ने बताए ।
साथै यो विषयलाई अनिवार्य दायित्वको रुपमा नलिने स्थानीय सरकारलाई समेत उसको अधिकार, दायित्व र कर्तव्यसम्बन्धी पनि ऐनमा व्यवस्था भएको उनको भनाइ थियो ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशीधर घिमिरेले ५ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भएको सुनिश्चितता भएकोले अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएकोे जानकारी दिए । बारबर्दिया नगरपालिकामा सामुदायिक र संस्थागत गरी माध्यमिक १७, आधारभूत १३, प्राथमिक २९ वटा विद्यालय र ९६ वटा वालविकास केन्द्रहरु रहेका छन् । ती विद्यालयमा जम्मा २० हजार ५ सय ८८ बालबालिका अध्ययनरत छन् । अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा घोषणामै सीमित नराखी यसलाई निरन्तरता दिनेगरी आवश्यक बजेट विनियोजन गरिएको नगरप्रमुख दुर्गा बहादुर थारुको भनाइ छ ।