कारोबार संवाददाता
शुक्रवार, असार २९, २०७५
310

नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका एसईईको परीक्षामा सहभागी भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा २ संस्थाबीच सम्झौता भएको छ ।ब्रिजवाटर इन्टरनेसनल कलेजले लायन्स क्लबइ ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख छ । सो समझदारी अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो ।
यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरूका लागि रहेको जनाइएको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजका प्रिन्सिपल सन्दीप खनालले ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेसन’ भन्ने मूलनाराका साथ ब्रिजवाटर इन्टरनेसनल कलेज आफूले चाहेको क्षेत्रमा भविष्य कोर्न सहयोग पुराउने माध्यमको रूपमा रहेको बताएका छन । यो छात्रवृत्ति अतिपिडछिएका तथा कमजोर आर्थिक अवस्थाभएका १ सय जना विद्यार्थीका लागि प्रतिविद्यार्थी ५० हजार प्राप्त गर्नेछन् ।