कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५
656

गुल्मी-  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाचँ वर्षमा बाध्यताका कारणले रोजगारीका लागि युवाहरु विदेश जानु नपर्ने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद पार्क सिलन्यास गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।
पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बीच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केही समयमै पूर्ण कार्यान्वयन गरिने जानकारी उनले दिए । साथै उनले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने व्यवस्था समेत मिलाउने प्रयास भइरहेको बताए । “अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर कैँयौ युवा परदेशमा श्रम बेचिरहेका छन्,” मन्त्री विष्टले भने, “पाँच वर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।” त्यसका साथै उनले यो वर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् ।