गोपाल संग्रौला
बुधवार, माघ ३, २०७४

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया प्रवेश गरिसकेका छन् । हालसम्म ३ लाख ३२ हजार नेपाली कोरिया भाषा परीक्षामा सहभागी भए ।

579
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरू संगठित भएर नेपाल श्रमिक आपूर्तिकर्ता संघ खोलेका छन् । श्रमिकहरूको हक अधिकारको सम्मान गर्दै उनीहरूले पाउने सेवा सुविधाप्रति सदा सकारात्मक हुँदै निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरू संगठित भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाहले बताए ।

584
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

दक्षिण कोरिया जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । कोरिया सरकारले दोस्रोपटक वर्किङ भिसाको अवधि पूरा नगरी बीचैमा काम छाडेर फर्किने तेस्रो पटक कोरिया जान नदिने नियम ल्याएको हो । नयाँ नियमबाट आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । बीचमै कामदारले कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

459
शिव बोहरा
आइतवार, पुष १६, २०७४

नेपालमा उत्पादन नभए पनि आयात र बिक्री वितरण उत्साहजनक रूपमा हुँदै आएको अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्तिको चरम अभाव देखिएको छ । यसले भएका दक्ष जनशक्तिलाई आफ्नो कम्पनीमा भित्र्याउने होड नै चलेको छ । अटोमोबाइल क्षेत्रमा नयाँ–नयाँ ब्रान्ड भित्रिइरहेकाले उक्त कम्पनीका लागि दक्ष जनशक्ति चाहिनु स्वभाविक हो । पछिल्लो दुई वर्षमा नेपालमा करिब एक दर्जन नयाँ ब्रान्डका सवारी भित्रिएका छन् । यसले अवसरको सिर्जना गरे पनि यसभन्दा बढी अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।

2027
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जना गरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्थानीय स्रोत साधनको परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमहरूको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा सहभागी गराउने कार्यमा सो समझदारीले सघाउ पुर्याउनेछ ।

657
सरस्वती ढकाल
शुक्रवार, पुष ७, २०७४

देशमा बेरोजगारीको संख्या बढ्दै जाँदा उत्पादनमूलक उद्योगले भने दक्ष जनशक्ति पाउन सकेका छैनन् । सरकारी तथ्यांकले शिक्षाको स्तर वृद्धि भएको देखाए पनि प्राविधिकतर्फका विद्यार्थी भने निकै कम छन् । उद्यमी व्यवसायीहरूले सामाजिक शिक्षाका विद्यार्थी बढेको भन्दै आफूहरूले भारतबाट जनशक्ति ल्याउनुपरेको गुनासो गरेका छन् । विश्व श्रम संगठनका अनुसार नेपालको कुल बेरोजगारी दर १९.२ प्रतिशत तथा अर्धबेरोजगारी दर २८.३ प्रतिशत छ ।

1377
कारोबार संवाददाता
बुधवार, पुष ५, २०७४

गुल्मीमा साविकको वामी गाउँ विकास समितिबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य छ, जसले मासिक ४ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउँदै आएको छ ।स्थलगत अध्ययन गर्दा साविकका एउटै वडाबाट वैदेशिक रोजगारीमा ४ सय जनाभन्दा बढी युवा पुगेका छन । उनीहरूबाट ती मुलुकमा हुने गरेको न्यूनतम आम्दानी तलब जोड्दा पनि झन्डै साढे ४ करोड रुपैयाँ आम्दानी एकै महिनामा हुने गरेको छ ।

489
गोपाल संग्रौला
मंगलबार, पुष ४, २०७४

सरकार र व्यवसायीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै बर्सेनि आप्रवासन दिवस मनाउने गरेको भए पनि यस क्षेत्रमा ठगीका घटना भने बढ्दै गएका छन् ।सरकार, व्यवसायी र अधिकारकर्मीले विश्व आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ठगीमा परेका युवाको संख्या र ठगिएको रकम बढ्दै गएको छ । वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत ठगीका उजुरी जुन गतिमा दर्ता हुने गरेका छन्, त्यसको तुलनामा ठगी रकम भराउने सरकारी प्रयास भएको देखिएको छैन ।

966
गोपाल संग्रौला
बुधवार, मंसिर २७, २०७४

वैदेशिक रोजगारीमा जाने सबै नेपालीको कमाइ र सामाजिक सुरक्षा राम्रो हुन्छ भन्ने छैन । पैसा कमाएर सुखी जीवन जिउने कल्पनासहित विदेश गएका कतिपय नेपाली विभिन्न परिबन्दमा परेर बेखर्ची पनि हुने गर्छन् । यस्ता नेपालीले स्वदेश फर्कने खर्च नपाएर सडकमा रात बिताएका घटना हिजोआज सामान्य हुन थालेका छन् ।

352
गोपाल संग्रौला
मंगलबार, मंसिर २६, २०७४

नेपालको प्रमुख रोजगार गन्तव्य मुलुकको रूपमा रहँदै आएको कतारमा ७ वटा छिमेकी राष्ट्रले कुटनीतिक सम्बन्ध रोक्का गरेपछि कतारबाट आउने नेपालीको माग घटेको छ । अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा जाने कामदारका लागि आउने माग घटेको हो । कतारको व्यापार, व्यवसाय र उद्योग कलकारखाना आयातमुखी रहेका कारण कुटनीतिक अवरोधले रोजगारीका थप सम्भावना बन्द भएपछि कतार जाने नेपालीको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा कामदारको मागमा ८ हजार ६ सय ५९ जना कमी आएको छ ।

915
रासस
शुक्रवार, मंसिर २२, २०७४

जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि उड्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुगेका रहेछन् ।

319
गोपाल संग्रौला
बुधवार, मंसिर २०, २०७४

रोजगारीलाई राज्य तथा अन्तर्राष्ट्रिय समुदायले आधारभूत अधिकारका रूपमा राखेका छन् । रोजगारीको हक भनेको नागरिकले आफ्नो योग्यता, चाहनाअनुसारको काम प्राप्तिको साथै सम्मानपूर्ण जीवनयापन गर्न पाउने आधारभूत अधिकार हो । यसलाई मानव अधिकारसम्बन्धी अभिसन्धिमा समेत उल्लेख गरिएको छ ।

239
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राचुली गाउँ र वडा नं. २ को रताडा गाउँमा स्याउको उत्पादन राम्रो भएपछि स्थानीयहरु काम खोज्दै भारत जाने क्रम रोकिएको छ । स्याउ उत्पादन राम्रो भएपछि गाउँकै आम्दानी स्रोत बढेका कारणले भारतको रोजगारी रोकिएको हो ।

349
यादव हुमागाई
शुक्रवार, मंसिर १५, २०७४

वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यसहित सरकारले सुरु गरेको ‘बैदेशिक रोजगार बचतपत्र’ योजना असफल देखिएको छ । रेमिट्यान्सलाई बचत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न ८ वर्षअघि सुरु गरिएको कार्यक्रममा लक्षित वर्गलाई आकर्षित गर्न नसकेपछि योजना अलपत्र परेको हो । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष बचतपत्र निष्कासन गर्दै आए पनि न्यून मात्र बिक्री हुने गरेको छ ।

514
गोपाल संग्रौला
सोमवार, मंसिर ११, २०७४

वैदेशिक रोजगारीका क्षेत्रलाई व्यवस्थित गर्न तथा कामदारको हक सुरक्षित गर्न गन्तव्य मुलुकसँग श्रम सम्झौता पहिलो प्राथमिकता भए पनि पछिल्लो १२ वर्षमा ७ वटा मुलुकसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएको छ । सरकारले वैदेशिक रोजगारका लागि नयाँ श्रम गन्तव्य प्रवद्र्धनका लागि बर्सेनि विभिन्न कार्यक्रम र बजेट छुट्याउदै आए पनि लामो समयसम्म न्यून मुलुकसँग मात्र श्रम सम्झौता गरेको देखिन्छ ।

738