कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

सरकारले प्रतिदिन ६ सय ५८ नयाँ रोजागारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ । विश्व बैंकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनको लागि वार्षिक २ लाख ४० हजार नयाँ रोजगारी सिर्जना हुनुपर्ने जनाएको छ । बैंकको प्रतिवेदनअनुसार नेपाल सरकारले प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने चुनौती देखिन्छ ।

840
गोपाल संग्रौला
मंगलबार, बैशाख ४, २०७५

वैदेशिक रोजगारीका क्रममा विभिन्न अभियोगमा जेल परेका तथा रोजगारीकै क्रममा आर्थिक अभावमा कानुनी उपचार नपाएका सबै नेपालीको कानुनी प्रतिरक्षाका लागि सरकारले नै सेवा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोमबार वैदेशिक रोजगारमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाका बारेमा सरकारले गरेको आधा दर्जनभन्दा बढी निर्णय सार्वजानिक गर्दै यो जानकारी दिएका हुन् ।

711
गोपाल संग्रौला
मंगलबार, चैत्र २७, २०७४

सातवटै प्रदेशका सामाजिक सुरक्षामन्त्रीले केन्द्रीकृत श्रम सेवालाई प्रत्येक प्रदेशको मातहतमा आउने गरी प्रदेशिक श्रम कार्यालय स्थापना गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन् ।सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट गरी सबै प्रदेशका सामाजिक विकास मन्त्रीले श्रमसँग सम्बन्धित सबै सेवा प्रादेशिक तहमा राख्न सुझाव दिएका हुन् ।

825
गोपाल संग्रौला
मंगलबार, चैत्र २७, २०७४

आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष र प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो ।

1194
गोपाल संग्रौला
सोमवार, चैत्र १९, २०७४

यूएई सरकारले रोजगारीका लागि आफ्नो देशमा आउने विदेशी कामदारलाई अनिवार्य गरेको प्रहरी रिपोर्टसम्बन्धी व्यवस्था खारेज गरेको छ । यूएई सरकारले नेपाललगायत अन्य मुलुकका लागि आनिवार्य गरेको यो व्यवस्था झन्झटिलो र खर्चिलो भएको भन्दै सर्वत्र आलोचना भएपछि खारेज गरिएको हो ।

1984
गोपाल संग्रौला
शुक्रवार, चैत्र ९, २०७४

वैदेशिक रोजगारीका लागि लगातार एकै कम्पनीमा काम गर्नेगरी बिदामा घर आएर पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या एक्कासी घटेको छ । बिदामा आएर पुनः श्रमस्वीकृति लिएर पुनः विदेश जाने कामदार दक्ष मानिने भएकाले यो संख्या घटेसँगै यसको असर रेमिट्यान्समा देखिने छ ।

918
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानी बाहिरका २ स्थानबाट श्रम स्वीकृति दिनेगरी सेवा विस्तार गर्ने तयारी गरेको छ ।

987
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

नेपाल वैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल वैदेशिक रोजगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघले संयुक्त पत्रकार सम्मेलन गरेर गाम्का र वायोमेट्रिकको नाममा जारी सिण्डिकेट अन्त्यको लागि दुई संस्था एक भएको बताएका हुन् ।

690
गोपाल संग्रौला
बुधवार, फाल्गुन १६, २०७४

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामार्पmत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

4636
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले एक महिनाको अवधीमा २ हजार ५ सयभन्दा बढी नेपाली युवासँग रोजगार सम्झौता गरेको छ । रोजगार सम्झौता गरेमध्ये १ हजार ५६७ उत्पादनमूलक र बाँकी ९२७ कृषि तथा पशुपालन क्षेत्रका लागि छन् । पहिलो चरणको छनोटअन्तर्गत आइतबारसम्म सो संख्याका नेपाली युवासँग श्रम सम्झौता गरेको हो । यो वर्ष कोरियाले ११ हजारभन्दा बढी युवालाई कोरिया जान योग्य सूचीमा छनोट गरेको मध्ये हालसम्म २ हजार ५ सयको श्रम सम्झौता भएको हो ।

1350
गोपाल संग्रौला
बुधवार, फाल्गुन २, २०७४

वैदेशिक रोजगारीमा जानेक्रममा ठगिने सबै युवाले ठोस प्रमाण र कागजात अभावका कारण सबै घटना सार्वजनिक गर्दैनन् । कतिपय ठगीका घटना गाउँघरमा मिलाउने गरिन्छ । नेपालमा वैदेशिक रोजगारीका नाममा हुने आधाभन्दा कम घटनामात्र न्यायका लागि सरकार समक्ष आउने गरेको छ ।

1321
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

स्वरोजगार बन्नेको संख्या बढोत्तरी हुँदै जाँदा दाङमा उद्योगको संख्या पनि वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधीमा उद्योग क्षेत्रमा ६१ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।

753
यादव हुमागाई
बुधवार, माघ २४, २०७४

रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपालीका लागि सुरक्षित लगानी गर्ने अवसर फेरि आएको छ । नेपाल राष्ट्र बैंकले आगामी फागुनमा २५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्न लागेको छ ।

978
मातृका दाहाल
बुधवार, माघ २४, २०७४

प्रहरी प्रधान कार्यालयले २२ हजार जनशक्ति थप्न गरेको प्रस्ताव अर्थ मन्त्रालयले रोकेको छ । संघीयता लागू भएपछि भीआईपी सुरक्षा, प्रशासनिक काम र अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिने जनशक्ति अभाव हुने भन्दै प्रहरी मुख्यालयले दरबन्दी थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयसमक्ष पेश गरेको थियो ।

981
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

पर्वतको महाशीला गाउँपालिकाले ६ सय बेरोजगारलाई रोजगारी दिने भएको छ । ‘एक घर एक रोजगार’ अभियान थालेको गाउँपालिकाले चालू आर्थिक वर्षमै ६ सय जनालाई तालिम दिएर रोजगारी दिने भएको हो । गाउँपालिकाभित्र रहेकमा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका बेरोजगार युवालाई रोजगारी दिने तयारी भएको छ ।

1441