कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५
378

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ । त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले ज्वरो र खोकी नियन्त्रणमा आएको बताए । “ज्वरो र खोकी पनि नियन्त्रणमा आएको छ । दालभात, तरकारी पनि खानुभयो । उहाँ अहिले तन्दुरुस्त हुनुहुन्छ,” डा. सायमीले भने, “पाँच दिनदेखि स्लाइनबाट चलाइरहेको एन्टिवायोटिक बिहीबारसम्ममा सकिन्छ, त्यसपछि खाने औषधिमात्र चल्छ ।” उनले प्रमलाई २–३ दिन अझै अस्पतालमै राख्नुपर्ने बताए ।
प्रधानमन्त्रीलाई भेट्न चाहनेहरुलाई टाढैबाट मात्र हेर्न दिएको समेत डा. सायमीले प्रष्ट पारे । बुधबार सभामुख कृष्णबहादुर महरा, रक्षामन्त्री इश्वर पोख्रेल र गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।