ग्राण्डी अस्पतालमा नर्सलाई प्रशिक्षण
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५
505

खास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरूका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ । चरणबद्ध रुपमा सञ्चालन भएको तीन महिना लामो यस प्रशिक्षणमा विभिन्न अस्पतालहरुबाट सहभागी भएका नर्सहरुले सघन उपचार नर्सका रुपमा प्रमाणपत्र प्राप्त गरेका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नर्सिङ निर्देशक एलडी महर्जनले शुक्रबार एक समारोहका बीच प्रशिक्षित नर्सहरुलाई प्रमाणपत्र वितरण गरेको अस्पतालले जनाएको छ ।
ग्राण्डी अस्पतालका नर्सिङ उपनिर्देशक तथा नेपाल क्रिटिकल केयर नर्सिङ्ग एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले तालिम सकेर प्रमाणपत्र पाएका नर्सहरूले स्तरीय सघन उपचार सुनिश्चित गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।
देशभर सघन उपचारलाई नर्सहरुका लागि यस किसिमको प्रशिक्षण अपरिहार्य रहेको भन्दै उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालले नेपालमा नै पहिलो पटक सुरु गरेको यो तालिम कार्यक्रम अत्यन्त अनुकरणीय रहेको बताइन् । त्यसैगरी क्रिटिकल केयर नर्सेज एसोसियसन अफ नेपालकी उपाध्यक्ष बिमला श्रेष्ठले देशभरका सघन उपचारकक्षमा स्तरीय सघन उपचार नर्सिङ सेवा उपलब्ध गराउनका लागि यो तालिम कार्यक्रम सुरु गरिएको जानकारी दिइन् ।
देशभरका विभिन्न अस्पतालमा रहेका ४५० वटा आइसियु बेडमा नै स्तरीय सेवा पु¥याउन अस्पतालहरुमा कार्यरत सघन उपचार नर्सहरुलाई दक्षता अभिवृद्धि गर्न यस किसिमको तालिमको आवश्यकता महसुस गरी गत वर्षबाट यो कार्यक्रम शुरु गरिएको थियो । तालिममा विभिन्न चरणका छनोट परीक्षा उतीर्ण गरेर आएका २६ जना नर्सहरुको सहभागिता रहेको थियो ।