कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
201

 नेपालमा औद्योगिक उत्पादनका नमुना परीक्षणका लागि सहयोगी ल्याब सञ्चालन हुने क्रममा सन् २०१६ देखि ग्लोबल रेप्रेन्स ल्याब सञ्चालनमा आउन सफल भएको हो । यसअघि यस्तो नमुना परीक्षण भारत निर्भर थियो । खाद्य र औषधि गुणस्तर परीक्षणका लागि नेपाल औषधि व्यवस्था विभागबाट समेत हालै सम्बन्धन प्राप्त गरेको छ । उद्योग स्तरमा दैनिक उपभोग्य वस्तु उत्पादनपश्चात् बजारमा उपलब्ध हुन अघि उपभोग योग्य परीक्षण, अत्यावश्यक उत्पादन प्रक्रियाअन्तर्गत पर्छ ।
यस्तो परीक्षणमा ग्लोबल रिपे्रmन्स ल्याबले विश्वविख्यात औद्योगिक प्रयोगशासाला उपकरण ब्रान्ड एजिलेन्टलाई प्रयोगमा ल्याएको छ । उक्त ब्रान्डका एचपीएलसी लगायतका उपकरण भिœयायाई वस्तुको नमुना परीक्षणलाई विश्वसनीय हुन थप सहयोग पुगेको छ । एजिलेन्ट ल्याब उपकरणमध्ये उत्कृष्ट नतिजा दिने ब्रान्डको नामले परिचित छ ।
ल्याबले कुशल वस्तु उत्पादन प्रक्रियालाई पछ्याउँदै स्तरयि परीक्षण रिपोर्ट उपलब्ध गराउँदै आएको छ । जसका लागि औषधि व्यवस्था विभागको मापदण्डअन्तर्गत प्रत्येक दुई वर्षमा उपकरण र प्रविधिको स्तरउन्नति गरिएको कम्पनी स्रोतले जनाएको छ । ल्याबले आयातित तयारी औषधि र नेपाली औषधि उत्पादकले प्रयोग गर्ने विदेशी कच्चा पदार्थको गुणस्तर परीक्षणलाई आवश्यक पर्न सम्पूर्ण भौतिक पूर्वाधारको प्रबन्ध भएको ल्याबका प्रबन्ध निर्देशक विजेशवर पोख्रेल बताउँछन् । यस प्रकारको ल्याब स्थापना पछि आयातित/स्वदेशी उत्पादकका उत्कृष्ट उत्पादन प्रयोगमा आउने विश्वास लिइएको छ ।
कम्पनीले पाँच पूर्णकालीन ल्याव विशेषज्ञमार्फत सेवा उपलब्ध गराएको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय ल्याबबाट समेत सम्बन्धन प्राप्त गरी विदेशी उत्पादकका औषधिको नमुना परीक्षणलाई नेपालमा आकर्षित गर्ने योजनामा रहेको जनाइएको छ । यससँगै ल्याबले माइक्रो बायोलोजी परीक्षण सेवा उपल्ब गराउने प्रक्रियालाई अघि बढाएपछि नेपाली औषधि निर्यात हुनसमेत प्रत्यक्ष सहयोग पुग्ने जनाइएको छ ।