Logo

विषादी हालेको पानीले विद्यार्थी बिरामी

विराटनगर-मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् ।
जाँतेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । बिरामीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खेमराज दुलालले जानकारी दिए । साइपिन नामको कीटनाशक विषादीको बट्टा विद्यालयको पानी ट्यांकीमा भेटिएको छ । पानी ट्यांकीमा कसले विषादी हाल्यो भन्नेबारे केही खुलेको छैन । कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले बताए ।
साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएकाले यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्ने कृषि प्राविधिकले जनाएका छन् । विद्यालयको पानी ट्यांकीमा लेटाङ–८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको जनाइएको छ । विद्यालयमा ४ सय ९१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्