प्रा. डा. हरि शर्मा
शुक्रवार, आश्विन २६, २०७५
411

नेपालको पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा रहेका निजी क्षेत्रबाट जे–जस्ता प्रयास भइरहेका छन्, त्यसको सराहनाका लागि शब्द पर्याप्त छैनन् ।

२०७५ साल असोज २२ गते सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन बोर्डकै प्रेक्षालयमा पर्यटन विषयक एउटा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न ग-यो । अन्तक्र्रियाको मुलभूत विषय ‘विदेशमा नेपालको पर्यटन प्रवद्र्धन दिगो रणनीति र डायस्पोराको भूमिका’ थियो । संघका अध्यक्ष भवन भट्ट (जापान), उपाध्यक्ष सपिला राजभण्डारी, सह–कोषाध्यक्ष सोम सापकोटा, आयरलेन्ड बस्ने दिपेशमान शाक्यलगायत पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र राजधानीस्थित पर्यटन सम्बद्ध विभिन्न संघ–संस्थाका प्रमुख, होटल तथा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नेपालले सहजै पर्यटकलाई नेपालमा स्वागत गर्दै उनीहरूको मनमा नेपालीको अमिट छाप कसरी छोड्ने भन्ने विषयमा केन्द्रित थियो ।
पर्यटन क्षेत्रमा लामो समय काम गरेका वरिष्ठ व्यक्तित्वहरू र युवा पर्यटन उद्यमीहरूको सहभागिताले प्रेक्षालयमा भएका प्रस्तुति एवं छलफललाई अझ गहन तुल्याएको थियो । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष (२) मनाउने र सो अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा त्यो लक्ष्य पूरा गर्न सघाउने उद्देश्यले एनआरएनले सन् २०१७ लाई भिजिट नेपालको नारालाई सघाउन विश्वका तमाम मुलुकहरूमा आफ्नै स्रोत, साधन र मानव संसाधनको परिचालन गरी नेपालको पर्यटनबारे विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू बडो भव्यताका साथ सम्पन्न गर्ने घोषणा गरेको थियो । उक्त अवसरमा यसअघि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालको पर्यटन प्रवद्र्धन गरेको श्रव्य–दृश्यको माध्यमबाट विस्तृत प्रस्तुतीकरण पनि गरिएको थियो । सोही अवसरमा एनआरएनएका अध्यक्ष भवन भट्टले सन् २०१८ मा एनआरएनएले संसारभर मनाएको अतिथि देवोः भवः अभियानसँगसँगै नमस्ते नेपाल–२०१८ सम्पन्न गर्न विश्वभरि छरिएर रहेका आप्रवासी नेपालीहरूले तदारूकताका साथ दिएको सन्दर्भ जोड्दै नेपालमा पनि जो–जस्तो विदेशी पर्यटक आउँछन्, तिनलाई मुस्कानका साथ नमस्ते भनेर स्वागत अभिवादन गरिदिनुहुन बैठकमा उपस्थित सबैलाई हार्दिक आह्वान गर्नुभएको पनि उल्लेख्य छ । एनआरएनएलाई पर्यटक पठाउने (सेन्डर) र नेपालमा बस्नुहुने सबै नेपालीलाई पाहुनाको स्वागत गर्ने (रिसिभर) को संज्ञा दिनुहुँदै भट्टले यी दुईबीचको समन्वयात्मक प्रयासले मात्र पर्यटन प्रवद्र्धनका रणनीतिहरू दिगो रूपमा विकसित हुन जाने भन्नुभएको स्मरणीय छ । उहाँको यस भनाइलाई उपस्थित सबैले सहमतिपूर्ण ताली बजाएर स्वीकारोक्ति व्यक्त गरेको दृश्य अत्यन्तै उत्प्रेरणादायी रहेको देखिन्थ्यो । नेपालको पर्यटन प्रवद्र्धनबारे छोटो भिडियो निर्माण विश्वव्यापी प्रतियोगिता पनि हालै एनआरएनएले गरेको रहेछ । उक्त प्रतियोगिताका विजयीहरूलाई पनि त्यसै दिन एनआरएनए प्रेसिडेन्सियल एवार्ड अर्थात् पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि राखिएको रहेछ । करिब १ सय ५० प्रतियोगीबाट उत्कृष्टताका आधारमा चयन गरी १० वटा पुरस्कार प्रदान गरिएकोमा पहिलो पुरस्कार ‘घुमन्ते’ टोलीले प्राप्त गरेको थियो ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा रहेका निजी क्षेत्रबाट जे–जस्ता प्रयास भइरहेका छन्, त्यसको सराहनाका लागि शब्द पर्याप्त छैनन् । नेपालको सुखद् आर्थिक भविष्यका लागि गैरसरकारी क्षेत्रबाट जति निःस्वार्थ भावले योगदान भइरहेको छ, त्यसको तुलनामा सरकारी तहबाट हुने कामहरू मात्र कमिसन र लुटका आधारमा भएको आम सचेत नागरिकको ठम्याइ छ । जेमा पनि लेनदेनको, जहाँ पनि मोलमोलाइका आधारमा कार्य सम्पन्न हुने गर्छ । निजगढमा निर्माण गरिने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २५ लाख रूख काटिने भन्ने समाचारले वातावरणप्रेमी नेपाली जनता र वातावरणविदहरूमा एउटा सनसनी फैलाइसकेको अवस्था छ । तिनै काटिएका रूख बेचेर विमानस्थल निर्माण गरिनेसम्मका तर्कहरू आइरहेका छन् । हाम्रो यस किसिमको चरित्रले राष्ट्रिय चरित्रकै रूप लिँदै गरेको देखिन्छ । यो दुःखद विषय हो । यो सबैको एउटै कारण हो— देशप्रतिको आडम्बरी माया र स्वार्थ । यो पंक्तिकार एक पटक चीन भ्रमणमा छँदा त्यहाँकी एक जना पथ–प्रदर्शिकाले भनेकी थिइन्— ४० वर्षअगाडि बेइजिङमा मोटर, कारहरू फाट्ट–फुट्ट देखिन्थे र सबै जना साइकलमा रमाउँथे रे । आज बेइजिङमा साइकल कम देखिन्छन् र आकर्षक र अत्यन्तै महँगा गाडीहरूको सडकमा चाप छ । गाडी र अपार्टमेन्ट नहुनेसँग कुनै पनि युवतीले विवाह गर्न चाहँदिनन् । यो सत्य कसैबाट लुकेको छैन । ४० वर्षको छोटो अवधिमा चीनले जुन भौतिक सम्पन्नता हासिल ग-यो र औद्योगिक उत्थानको शिखर चुम्न सफल भयो, त्यो त्यहाँका जनता र नेताहरूको सतही राष्ट्रप्रेमले गर्दा होइन । त्यो त त्यहाँका जनमानसमा स्वतःस्फूर्त रूपले पलाएको राष्ट्र–निर्माण र विकासको अदम्य चाहना र प्रतिबद्धताको उपज हो । जो अहिले आएर चिनियाँ जनताको मूल संस्कृति बनेको छ । अत्यधिक उद्यमशीलताका कारण आज चीन विश्वकै शक्तिशाली अर्थतन्त्रहरूको पंक्तिमा उभिन सफल भएको हामी देख्छौं । मित्रराष्ट्र चीनले पर्यटनलाई अत्यन्तै महत्व दिएको पाइन्छ । चीनले अन्तर्राष्ट्रिय पर्यटनमा सन् २०१६ को तथ्यांकअनुसार दुई खर्ब ६१ अर्ब अमेरिकी डलर खर्च गरेको थियो भने सोही वर्षको आँकडाअनुसार हङकङ, मकाउ र ताइवानबाहेक विश्वका अन्य मुलुकहरूबाट झन्डै ३ करोड विदेशी पर्यटकहरूले चीन भ्रमण गरेका थिए ।
चीनको बाह्य पर्यटन र आन्तरिक पर्यटन दुवै सशक्त रहेको हामी पाउँछौँ । दक्षिण एसिया तथा एसिया प्रशान्तका प्रायः सबै मुलुक अहिले द्रुत गतिले आर्थिक विकासतर्फ लम्किरहेका छन् । त्यहाँका जनताको जीवन स्तर क्रमिक रूपले बढिरहेको छ । वैदेशिक ऋणको लेस मात्र पनि बोझ लिनु हुँदैन भन्ने सोचसहित मलेसिया आफ्नै अर्थतन्त्रमा सुखी र सम्पन्न, हामी भने ‘ऋणं कृत्वा, घृतम पीवेत’ को दर्शनमा झुमिरहेका छौँ । मुलुकले लिएको वैदेशिक ऋण प्रत्येक देशवासीको टाउकोमा थोपरिएको हुन्छ । त्यसतर्फ हामी सचेत हुनु जरुरी छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार प्रत्येक नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (आय) को २६.८ प्रतिशत अर्थात् नेपाली मु्रदाको हिसाब गर्दा झन्डै ३२ हजार रुपैयाँ वैदेशिक तथा आन्तरिक ऋण भार हामी प्रत्येक नेपालीमा रहेको छ ।
निःसन्देह, नेपालको पर्यटन उद्योगले पनि हाल आएर आसलाग्दो रूपले प्रगति गरिरहेको छ । मुलुकको अर्थतन्त्रले सुखद सम्भाव्यताहरू नियालिरहेको छ । संघीयताका कारणले गर्दा नेपालको पर्यटन क्षेत्र अझै फस्टाउँदै जाने सुनिश्चित छ । तर, मुलुकमा सुशासन भएन भने समृद्धिका हाम्रा सबै सपना पानीका फोकाझैँ हावामा बिलाइजानेछन् र केही सुकिला–मुकिलाबाहेक आमदेशवासीको आर्थिक अवस्था वैदेशिक ऋणको, करको र महँगीको चपेटामा झन्भन्दा झन् जीर्ण एवं दयनीय हुँदै जाने सत्य तथ्यलाई नकार्न कदापि सकिन्न । तसर्थ, पर्यटनलाई सुविस्तारित बनाउन अब एउटा रमाइलो संस्कृति भित्र्याउनु जरुरी छ । गैरआवासीय नेपाली संघका अध्यक्षले सार्वजनिक रूपमा गरेको हार्दिक आह्वानलाई आत्मसात् गर्दै पर्यटकहरूको कुनै किसिमको पनि वर्गीकरण नगरी जो–कोही विदेशी पर्यटकलाई जहाँकहीँ हामी भेट्छौँ, मुस्कानसहित नमस्ते भनेर अभिवादन गरौँ । सन् २०१८ को सेप्टेम्बरसम्मको प्रकाशित तथ्यांकअनुसार ७ लाख ७२ हजार ८ सय १६ जना विदेशी नेपाल भ्रमणमा आएका छन् र डिसेम्बरको अन्तिमसम्म यो संख्या बढेर झन्डै १२ लाख पुग्ने आकलन गर्न सकिने अवस्थामा हामी छौँ । राजनीतिक दलहरूले पनि आमनेपाली जनताको धड्कनलाई बुझ्नुपर्छ । अरिंगाल र क-याङकुरुङका गीत गाएर होइन, सिर्जनात्मक रूपमा नेपाल तथा नेपालीको ऊर्जा प्रयोग गरेर मात्र नेपालको विकास हुन सक्छ, न कि राष्ट्रवादका नाममा मुलुक मासेर । सत्यलाई सदैव स्विकारेर सरकारले हामी सर्वसाधारण नेपालीलाई सुशासनको प्रत्याभुति दिनुपर्छ । सुशासन, सुरक्षा तथा मुस्कानसहितको स्वागतले निश्चय नै पर्यटन प्रवद्र्धन हुन्छ र नेपाल तथा नेपालीको आर्थिक विकास सम्भव हुन्छ, न कि भाषण तथा नाराबाजीले ।