कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
354

हङकङ-चीनको मुद्रा युआनको मूल्य यो दशककै सबैभन्दा कमजोर भएको छ ।
गत साता चिनियाँ बजारमा १ अमेरिकी डलर बराबर ६.९६ युआनको दर कायम रहेको र व्यापार विवाद रहँदासम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना भएको केजीआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमवर्गलाई बताए ।

अमेरिकी डलरसँगको अवमूल्यनसँगै चिनियाँ नागरिकले अमेरिकी व्यापारयुद्ध र कमजोर बन्दै गरेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । अमेरिकी डलरसँगको मूल्यमा सन् २००८ को मे महिनापछिकै कमजोर अवस्थामा पुगेको हो । चीनले भने आफ्ना नागरिकलाई युआनको अवस्था सोचिएभन्दा बढी अर्थात् प्रतिडलर ७ युआन कायम हुने जनाएको छ । यो बेइजिङको बजारलाई मनोवैज्ञानिक प्रभाव पर्न नदिन गरिएकोे कदम हो ।
तर ब्रेकिङ ७ ले अमेरिकी डलरसँगको कमजोर अवस्थाप्रति चिनियाँ बजारको व्यावसायिक विश्वास थप गुम्न सक्ने आकलनसमेत गरिएको छ ।
तर अमेरिकाले भने चीनले युआनलाई थप कमजोर हुन दिने र यसको कारक तŒव चिनियाँ सामानमाथि अमेरिकाले करवृद्धिलाई देखाउने र यसअघि गर्दै आएको मौद्रिक ‘म्यानिपुलेसन’लाई वैध बनाउने रणनीति भएको दाबी गरेको पनि कार्यकारी निर्देशक कोङले बताए ।
अमेरिका भने चिनियाँ युआनमा अहिले मात्र प्रभाव परेको नभै यस पहिल्यै चिनियाँ मुद्राको अवमूल्यन भएको दाबी गरेको छ । चीनले विश्व समुदायलाई झुक्याएको आरोप अमेरिकाको छ । हुन त अमेरिकी डलरसँग युआनको अवस्था निकै खस्केका समाचारहरू यसअघि पनि आउने गरेका थिए । करवृद्धिका कारण अमेरिकामा चिनियाँ सामानको मूल्य बढाउनुको सट्टा आफ्नो सामानलाई सस्तो अर्थात् कम नाफा लिएर बजार नगुमाउने रणनीति चीनको रहेको आशंका अमेरिकाले गरेको छ ।

डलरसँग युआनको मूल्य स्थिर रहने चीनको दाबी
चीनले युआनको दैनिक मूल्य निर्धारण गर्न कडाइ गरेको छ । गत मंगलबार राज्य सञ्चालित ‘इकोनोमिक इन्फर्मेसन डेली’को प्रथम पृष्ठमा प्रकाशित समीक्षात्मक लेखमा अधिकारीहरूले अमेरिकी मूल्यसँग ७ युआन कायम गर्ने तर यसबाट तल झर्न नदिइने उल्लेख छ ।
चीनको खर्च सन्तुलनका लागि रहेको बजेट छोटो समयमा सकिने अवस्था भने छैन ।
वर्तमान मौद्रिक अधिकारीहरूसँग बजारलाई स्थिर राख्ने संकल्प तथा शक्ति रहेको जनाउँदै चीनमा यस समय परिवर्तनसँग सामना गर्ने प्रशस्त नीतिगत आधारहरू रहेको उनले बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेइजिङको व्यापार नीति परिवर्तन गर्न बाध्य पार्ने उद्देश्यले वासिङ्टनले चिनियाँ सामानमाथि अर्बौं डलर बराबरको कर थोपरेको छ, तर प्रतिक्रियामा अमेरिकामाथि लगाइएको कर अन्यायपूर्ण भएको ट्रम्पको दाबी छ ।
कोङले थपे, “चिनियाँ अधिकारीले पहिल्यै संकेत गरिसकेका छन् कि उनीहरूले प्रतिअमेरिकी डलरसँग आफ्नो मुद्रालाई ७ युआनभन्दा तल नझार्ने बताएका छन् । युआन घटे पनि ७ को हाराहारीमा पुग्ने हो त्योभन्दा घट्ने अवस्था भने अहिलेलाई छैन ।”
वासिङ्टनले चाहिँ चीनलाई मुद्राको अवैध नियन्त्रण गरेको औपचारिक रूपमै घोषणा गरेको छ, जसले व्यापारयुद्धलाई थप चर्काउने अवस्था छ, तर युआनको कमजोर अवस्था बेइजिङको विदेशी विनिमय नीतिप्रति चासो देखाउँदै आएको छ ।
विश्वका शक्तिशाली अर्थतन्त्र चीन र अमेरिकाको व्यापारयुद्धले बाँकी विश्वसमेत तरंगित बनेको छ ।