कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
392

वि.सं. १९९३ मा आरम्भ भएको आधुनिक बैंकिङ आजसम्म आइपुग्दा ठूलो परिवर्तन भइसकेको छ । रजिस्टर बैंकिङबाट सुरु भएको बैंकिङ आज सूचना प्रविधिका कारणले ल्याएको परिवर्तनका कारण पेपरलेस बैंकिङसम्म पुगेको छ । सूचना प्रविधिको दु्रत विकासले बैंकिङ प्रणालीलाई सहजता प्रदान गरेको कुरालाई नकार्न सकिँदैन । सूचना प्रविधिमा भएको विकासले यसको प्रयोगबाट मानिसहरूले आफ्ना दैनिक क्रियाकलाप घर बसी–बसी सहज रूपमा गर्न सम्भव बनाएको हो । अहिले चाहे त्यो कुनै डिपार्टमेन्टल स्टोर्समा गरिने खरिद होस् वा कुनै रेस्टुराँमा गरिने पेमेन्ट वा कुनै सिनेमाका लागि काटिने टिकट, यी सबै कुरा सूचना प्रविधिमा भएको विकासले सम्भव भएको छ ।
यसरी बैंकिङ क्षेत्रमा विकासको क्रमले राम्रो परिवर्तन ल्याएको भए पनि यस क्षेत्रले समय–समयमा अनेकन समस्या झल्दै आएको छ । यसैको क्रमिकतास्वरूप हाल नेपाली बैंकिङ क्षेत्रमा तरलताको अभाव सिर्जना भएको छ । यसरी नेपाली बजारमा देखिएको तरलताको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि बेलैमा विचार पु¥याउनु जरुरी छ ।

हाल बजारमा देखिएको तरलताको समस्याका कारण विकास खर्चमा देखिएको गतिलाई लिन सकिन्छ । नेपाल सरकारले ०७५÷०७६ मार्फत कुल १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो, जुन अहिलेसम्मको ठूलो बजेट थियो । यसका साथै बहुमतको सरकार भएकाले विकास निर्माणले पनि राम्रो गति लिने आकलन थियो, तर परिणाम सोचेअनुरूप हुन सकेन । आव ०७५÷७६ को सुरुका चार महिनासम्म आइपुग्दा कुल विकासतर्फको बजेटको ८ प्रतिशत मात्र खर्च भएको छ । फलस्वरूप अर्थतन्त्रमा मुद्राको प्रवाह हुन सकेन, जसको परिणामस्वरूप आर्थिक क्रियाकलापमा कमी आए, जसले गर्दा बजारमा तरलताको अभाव सिर्जना भएको छ ।
बजारमा तरलता अभावको अर्को कारणका रूपमा भर्खर सकिएका महान. चाडपर्वहरू रहेका छन् । हालै हामीले हाम्रा महान् पर्वहरू विजयादशमी, दीपावली र छट जस्ता मुख्य चाडहरू मनाएका छौं । हामी नेपालीहरूमा रहेको समान्य प्रवित्तिअनुसार यस्ता पर्वहरूमा खुलेर खर्च गर्ने गर्छौं । यसरी चाड पर्व मान्नका लागि नेपाली बैंकिङ इन्डस्ट्रिजबाट कुल रु. १७ अर्ब रुपैयाँ बाहिरिएको छ । यसरी बाहिरिएको रकम हालसम्म पनि पुनः बैंकसम्म आई नपुगेका कारण बजारमा तरलताको अभाव सिर्जना भएको छ ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको योजनाअनुरूप सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो पुँजी वृद्धि गरिसकेका छन्, तर जुन दरमा पुँजीको वृद्धि भएको छ सो अनुपातमा लगानीकर्ताहरूले प्रतिफल खोज्नुले पनि बजारमा तरलताको अभाव सिर्जना भएको छ, अर्थात् जुन चुक्ता पुँजीमा बैंक तथा वित्तीय संस्थाले आफ्ना व्यावसायिक क्रियाकलाप गरिरहेका थिए, त्यसअनुरूप लगानीकर्ताहरूले प्राप्त गर्ने प्रतिफल लगानीको हिसाबमा राम्रो थियो, तर पुँजी वृद्धि भइसकेपछि सोहीअनुरूप प्रतिफल प्राप्त गर्न लगानीमा वृद्धि गर्नुपर्ने भएकाले कर्जामा दबाब सिर्जना भएको देखिन्छ । पछिल्लो तथ्याङ्क हेर्दा कर्जाको वृद्धिदर २५.५० प्रतिशत छ भने नगद परिचालन १७.७० प्रतिशत मात्र छ, जसका कारण बजारमा तरलताको अभाव सिर्जना भएको छ ।
नेपाल राष्ट्र बैंकबाट बजारमा मुद्राको माग र आपूर्ति नियन्त्रण गर्न प्रयोग गरिने रिपो, रिभर्स रिपो, ट्रेजरी बिल, बचत पत्रजस्ता औजारहरू बेला–बेलामा बजारमा ल्याउने गरेको छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बजारबाट ९५ अर्ब ३५ करोड रुपैयाँ प्रशोचन गरेको छ । त्यसैगरी स्थानीय तहमा विनियोजन गरिएको बजेट समयमा निकासा हुन नसक्नु, रेमिट्यान्समा देखिएको कमी (रकम वृद्धि देखिनुको कारण डलरमा आएको वृद्धि), बैंकहरूको दीर्घकालीन योजना नहुनु र मुद्रा गुणकको प्रभावलगायतका कारणले गर्दा बजारमा तरलताको अभाव सिर्जना भएको छ । नेपाल सरकारले हालै ३९ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमा पठाएकोले केही समयका लागि केही सहज हुने देखिएको छ । तर, दीर्घकालिन रूपमा यसलाई समाधान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन रणनीति तयार गर्नुपर्ने देखिन्छ ।
—कृष्णप्रसाद घिमिरेतरलता अभाव ः विश्लेषण

कृष्णप्रसाद घिमिरे