कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५
476

उद्योग तथा व्यापारीले बैंकको कर्जाको ब्याज घटाउनका लागि आन्दोलन ग¥यो तर सेलायो । मैले पनि यस सम्बन्धमा लेखेको थिएँ, तर सुनुवाइ नभएकोमा सबैलाई यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । नहुनुको कारण पनि मैले लेखि नै सकेको थिएँ । बैंकका सेयर होल्डरहरू नै उद्योग वाणिज्य महासंघ र श्री उद्योग परिसर सघंका उच्च पदमा रहेका कारण सडकमा आन्दोलन गरी व्यापारीलाई सहानुभूति दिएको देखाउने र बैंकमा छिरिसकेपछि ब्याज बढाउने कुरा गरी आफ्नो चरित्र देखाएका कारण बैंकको ब्याज नघट्ने भएको देखियो, तर उद्योग, व्यापार, व्यवसाय केही महिनामै डुब्ने र बैंकको साँवा त होइन, ब्याज नै नतिर्न सक्ने अवस्था आउँछ, त्यो दिन बैंकले कसकसको घरखेत लिलाम गरेर लिँदो रहेछ र कसले किन्दो रहेछ, त्यो दिन हेर्न अब चार महिना अर्थात् आषाढ मसान्तसम्म मात्र पर्खंदा हुन्छ । बैंकले लिलामी गरेको घरजग्गा बैंकले नै कर्जा दिने हो भने कसैले खरिद गर्ला, नभए कसले खरिद गर्ने ? बैंकले नै स्विकार्नुपर्ने बाध्य हुनेछ । बैंकको गलत नीतिका कारण नै उद्योग, व्यापार, व्यवसाय चौपट भएको हो । बैंकहरू दिन दुई गुना रात चौ गुना कमाउनेतर्फ लागेका कारण देशमा के हुने होे, हेर्न बाँकी नै छ ?
बैंकले व्यापार–व्यवसाय गर्नेले २५–३० लाख कर्जा माग्दा नदिने तर जग्गावालाले करोडौं रुपँयाँ माग्दा तुरुन्त लगानी गर्ने गर्नु मुख्य कारण हो । व्यापारीले कर्जा माग्दा जग्गा खरिद गरेको ६ महिना १ वर्ष पुगेको छैन, लगानी गर्न मिल्दैन भनी कर्जा नदिने तर जग्गाको व्यापर गर्नेलाई चाहिँ त्यो नियम नलाग्नु कस्तो विडम्बना हो ? जग्गावालाले १ करोडमा जग्गा खरिद गरेकोमा मालपोतमा २ करोडमा खरिद गरेको देखाएर बैंकले ६०–७० प्रतिशत लगानी गर्ने भएपछि २ करोड को ६० प्रतिशतले १ करोड २० लाख लोन पाउँछ भने अर्कातर्फ ६ महिना–१ वर्ष पनि पर्खिनु नपर्ने, बैंकले जग्गा खरिद गरेकै दिन बैंकले धितो पास गरी सोही दिन नै बैंकले कर्जा दिने गरेको पाइन्छ ।

अर्कातर्फ जग्गा मेरो नाममा छ, मैले बैंकसँग कर्जा लिनको लागि कुनै व्यापार–व्यवसाय गर्ने फर्म दर्ता गराएर डिमान्ड लोन वा ओभर ड्राफ्ट कर्जा लिनका लागि लिमिट स्वीकृति गराएर जनता बैंकसँग कर्जा लिई जग्गा खरिद गरेको रहेछु र त्यो जग्गा मैले बेचेँ भने जग्गा किन्नेले अर्को बैंक मानौं एभरेस्टसँग कुराकानी मिलाई लिमिट स्वीकृत गराई जनता बैंकलाई एभरेस्ट बैंकले त्यहाँको कर्जा बैंकको नाममा रहेको जग्गा यस बैंकको नाममा धितो पास भएपछि बैंकले उक्त कर्जाको रकम बैंकले दिने भनी पत्राचार गरी अब जनता बैंकले धितो जग्गा फुकुवा गरी सोही दिन नै एभरेस्ट बैंकको नाममा पास गराउने र जनता बैंकको कर्जाको रकम एभरेस्ट बैंकले बुझाउने गरेको पाइन्छ । के त्यस प्रकारको कर्जा दिँदा जग्गा खरिद गरेको ६ महिना–१ वर्ष पूरा भएको जग्गा मात्र बैंकले लिनुपर्ने होइन ? त्यही भएर १ करोडको जग्गा मूल्य अकासिन पुगी ८–१० करोड भएको हो ।
मैले बैंकसँग १ करोड कर्जा लिँदा नक्कली आयविवरण पेस गरी वार्षिक ४–५ करोडको कारोबार भएको देखाई बैंकलाई तिर्ने ब्याज तिरेको देखाई अत्यधिक नाफा भएको देखाएर ब्यालेन्स सिट पेस गरी बैंकको मिलोमतोमा कर्जा दिने काम हुन्थ्यो, तर अहिले सरकारले आन्तरिक राजस्व कार्यालयमा पेस गरेको आय विवरण (ब्यालेन्स सिट) र बैंकमा पेस गरेको ब्यालेन्स सिट एउटै (सक्कली) पेस गर्नुपर्ने भएपछि फर्जी फर्म दर्ता गरी कर्जा लिनेलाई अप्ठ्यारो परेको छ भने अर्कातर्फ वार्षिक व्यापार १ करोड गरेको छ तर बैंकसँग कर्जा लिँदा ५ करोड लिएको छ । अहिले आएर नेपाल राष्ट्र बैंकले १ करोडको व्यापार–व्यवसाय गर्नेले कसरी ५ करोडको कर्जा दिएको भनी समात्न थालेपछि कर्जा लिनेलाई अर्को समस्या पर्न गयो । पहिले त नक्कली कागजपत्र बनाई पेस गरी कर्जा लिने र दिने गरेका कारण बैंकलाई समेत धेरैभन्दा धेरै समस्या भइरहेको देखिन्छ ।
—अशोक अग्रवाल