सुनिता भण्डारी घिमिरे
बिहिवार, मंसिर १३, २०७५

भूगोलका हिसाबले विश्वकै दोस्रो सानो महादेश भए पनि जनसंख्याका हिसाबमा संसारको तेस्रो ठूलो महादेश युरोप विविधताले भरिपूर्ण छ । यो महादेश युद्ध, आविष्कार, एकता, फेसन, सांस्कृतिक विविधता, राजनीति, अर्थनीति आदिका कारणले बेला–बेलामा चर्चामा आइ नै रहन्छ ।

362
डा. सुमनकुमार रेग्मी
बिहिवार, मंसिर १३, २०७५

भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापारघाटा पनि बढेको देखिन्छ । सन् ८० को दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो । हालका वर्षमा ३० अर्ब रुपैयाँको भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धन मात्रै बर्सेनि १ खर्ब ४० अर्बका खपत भइआएको छ । बर्सेनि रु. ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ ।

475
कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५

देशमा अस्थिर सरकारका कारण विकासले गति लिन नसक्दा आर्थिक प्रगति गर्न सकिएन भन्ने गुनासोबाट मुक्त बनाउँदै वाम गठबन्धनको दललाई झन्डै दुईतिहाइ बहुमतले निर्वाचित गरी सत्तासीन बनाएको छ । सरकार गठन भएको १० महिना बित्न लाग्दासमेत जनअपेक्षाअनुसार कार्यको शुभारम्भ भएको देखिँदैन ।

522
अनन्त सदाबहार
बुधवार, मंसिर १२, २०७५

सरकारले देशमा संघीयता पूर्ण रूपमा लागू भएपछिको पहिलो बजेट ल्याइसकेको छ । दोस्रो संविधानसभाले संविधान जारी गर्दाको दिनसम्म पनि नेपालमा संघीयता विवादित विषयका रूपमा रहेको थियो र अझै पनि समाजको केही तप्काबाट यसमा संशय व्यक्त हुँदै गरेको छ, जसमा सरकारका क्रियाकलापहरू पनि सहायक भएका छन् । संघीयताविरोधीहरूले जे–जे आधारमा संघीयताको विरोध गरेका भए पनि संघीयता समर्थकहरूसमेत नेपालको अर्थतन्त्रले संघीयता धान्न सक्ने नसक्ने द्विविधामै थिए ।

842
डा. सुमनकुमार रेग्मी
मंगलबार, मंसिर ११, २०७५

भूकम्पअघि सामान्य रूपमा सुनको कारोबार हुँदै आएकोमा भूकम्पपश्चात् केही वर्ष सुनको कारोबारमा सिथिलता आएको देखिन्छ । २०७२ साल चैतमा प्रति तोला सुन ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मूल्य घटबढ हुँदै २०७३ कात्तिकमा प्रतितोला ५८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपश्चात् निरन्तर घटेको थियो ।

442
गजेन्द्र बुढाथोकी
मंगलबार, मंसिर ११, २०७५

“हामी पेन्सनरहरूले पनि सरकारको वृद्ध भत्ता लियो भने कुनै पनि काम–पेसा नगर्ने, अशक्तहरूको अंश हरण हुन्छ । अनाहकमा देशको निमिक (नुन) खेर फाल्नेलाई त्यही निमिकले गलाउँछ,” – धर्मध्वज थेबे (९२), पूर्व गोर्खा सैनिक, ताप्लेजुङ ।

1672
गम्भीरबहादुर हाडा
सोमवार, मंसिर १०, २०७५

नेपालमा मूल्यवृद्धि हुनुमा धेरै कारण रहेका छन् । मूल्यवृद्धिको कुनै एउटा मात्र कारक तत्व हुन सक्दैन । अर्थशास्त्रको भाषामा माग र पूर्तिको असमानजस्यताले मूल्यमा असमान्जस्यता कायम हुन्छ । तर, नेपालमा त्यसरी अप्रत्याशित माग बढेर मात्र मूल्यवृद्धि भएको मान्न सकिँदैन । त्यसकारण वर्तमान मूल्यस्थितिले सरकारी विभिन्न नीतिको र अकर्मण्यताको उपज हो । सरकारले खासगरी निर्वाचित सरकार स्थापित भइसकेपछि नेपाली मुद्राको अवमूल्यन, विनिमय दरको आंशिक परिवर्तन गर्यो र मुद्राप्रदायको छाडापन आदि थुपै्र मौद्रिक अस्थिरताको कारणले मूल्यवृद्धि भएको छ ।

511
प्रकाश शर्मा ढकाल
सोमवार, मंसिर १०, २०७५

कुनै पनि मुलुक कति व्यवसायमैत्री छ भन्ने जानकारी लिन विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनको अध्ययन गर्नु जरुरी देखिन्छ । अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने नीति, संरचनागत प्रबन्ध, कानुनको शासन, सदाचारिता, लगानीका लागि स्रोतको उपलब्धता, श्रमशक्तिको उपलब्धता र गुणस्तर, व्यवसायका लागि पूरा गर्नुपर्ने औपचारिकता, नाफा तथा लगानी सुरक्षाको प्रत्याभूति, करको भार, कर्मचारीतन्त्रको अवस्थाजस्ता महत्वपूर्ण पक्ष अनुकूल हुँदा मात्र लगानी आकर्षित हुने अवस्थाको सिर्जना हुन्छ ।

486
ढुनबहादुर बुढाथोकी
आइतवार, मंसिर ९, २०७५

नेपाल, कृषिप्रधान मुलुक भईकन पनि यथेष्ट सिँचाइ सुविधाको अभावमा विद्यमान कृषियोग्य भूमिबाट अपेक्षाकृत लाभ लिन सकिएको छैन । जहाँ २६ लाख ४१ हजार हेक्टर जमिन कृषियोग्य रहेकोमा १७ लाख ६० हजार हेक्टर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अध्ययनले देखाएको छ ।

476
दिलीपकुमार मुनंकर्मी
आइतवार, मंसिर ९, २०७५

बैंकहरूले आव ७४/७५ को अन्तिम त्रैमासिक वित्तीय विवरण एनएफआरएस विधिबाट प्रकाशन सुरु गरेसँगै प्रायः बैंकहरूको जगेडा कोषमा उल्लेख्य वृद्धि देखिएको छ । बलियो जगेडा कोषसँगै बैंक र लगानीकर्तामख्ख परे ।

917
रमेश घिमिरे
शुक्रवार, मंसिर ७, २०७५

नेपालमा गरिबको संख्या क्रमशः घट्दै गएको सरकारी तथ्यांकले देखाउँछन् । अहिले गरिबी २१ प्रतिशत रहेको सरकारी अनुमान छ । ३० वर्षअघि गरिबी ४९ प्रतिशत रहेको थियो । नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा गरिबीको तथ्यांक निकालिन्छ, तर सरकारले अहिलेसम्म कुन–कुन व्यक्ति गरिब हुन् भनेर परिचयपत्र दिन सकेको छैन ।

612
कमल सुवेदी
शुक्रवार, मंसिर ७, २०७५

नेपाली युवा सुन्दर सपना बुनेर बिदेसिएका छन् । औपचारिक एवं अनौपचारिक माध्यमबाट भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि करिब ४० लाखभन्दा बढी युवा गएका छन् । प्रतिदिन सरदर १५ सयको हाराहारीमा नेपाली वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिन्छन् । रेमिट्यान्स राज्यको अर्थतन्त्रको मेरुदण्ड भएको छ । तत्काललाई हेर्दा यो अवस्था सामान्यजस्तो लागे पनि कालान्तरमा यसले निकै भयावह स्थिति सिर्जना गर्ने कुरामा कुनै शंका छैन ।

742
रमेश भट्टराई
बिहिवार, मंसिर ६, २०७५

संस्कृति र परम्परालाई जोड्दा त्यहाँ फरक सिद्धान्त आओस्/नआओस् तर त्यसको गुणात्मकतासँग अनुसन्धान आधिकारिक बन्ने कि नबन्ने ? हाम्रा पुर्खामा विज्ञानको ज्ञान यथेष्ट रहेछ । ढिकी–जाँतो बनाउनु, बाँसबाट चोया निकालेर चित्रा बन्नु, दाम्लो बाट्नु, हलो–जुवा–हल्लुँड–जोतारा–सोइला आदिको सम्मिश्रण गरेर कृषिको औजार निर्माण गर्नु विज्ञान होइन र ! मोही पार्न मदानी, घुर्रो, नेती अर्थात् नरिवलको डाडु, बाँसको ढुङ्ग्रो बनाए ।

636
प्रा. डा. हरि शर्मा
बिहिवार, मंसिर ६, २०७५

मोफसलमा लामो समयदेखि निष्क्रिय रहेका विमानस्थलहरू स्थानीय सरकारको सक्रियतामा पुनर्निर्मित भै आमनागरिकलाई हवाई यातायातको सेवा पु¥याउने उद्देश्यले टेस्ट फ्लाइटहरूसमेत भैसकेको वर्तमान अवस्थामा राज्यसँग यथेष्ट जहाज नभएका कारण ती ठाउँमा राज्यले नियमित हवाई सेवा उपलब्ध गराउन सकेको छैन । केही निजी हवाई कम्पनीहरूले भने आफ्नो उच्च फाइदाको सम्भाव्यता देखेर महँगो भाडामा केही सीमित ठाउँमा फाटफुट र मौसमी सेवा भने दिँदै आइरहेको परिप्रेक्ष्य छ ।

626
कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

नेपालको समृद्ध आर्थिक विकासका लागि कृषिको व्यवसायीकरणलाई जोड दिनुपर्छ । कुनै समयमा कृषि वस्तुमा आत्मनिर्भर हामी अहिले कृषिजन्यलगायतका वस्तुका लागि परनिर्भर बनेका छौं । कृषि वस्तुको बढ्दो आयात हाम्रो व्यापारघाटा चुलिनुको एउटा प्रमुख कारण हो । अहिले कृषिको उत्पादन र उत्पादकत्व कसरी बढाउने भन्ने प्रमुख चुनौती हाम्रा अगाडि टड्कारो रूपमा देखिएको छ ।

1726