सुरेश गिरी
शुक्रवार, माघ १२, २०७४

भुटानसँग शरणार्थी फिर्तीका लागि पहल गर्दागर्दै सबै भुटानी दाजुभाइ भुटान फर्कनुभन्दा तेस्रो देशमा आफ्नो भविष्यलाई उज्ज्वल बनाउन लागिरहेका छन् । पछिल्लो पटक सम्पन एनआरएनएको ८ औं सम्मेलनमा विभिन्न देशबाट आएका प्रतिनिधिसँगको कुराकानीमा पनि लगभग सबैजसो नेपालीको उपस्थिति भएको देशमा बिनाभिसा नेपालीहरूको राम्रै जमात रहेको कुरा थाहा भएको थियो ।

681
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपालले खुला बजार अर्थतन्त्र अँगालेको करिब तीन दशक पूरा भयो । खुला बजार अर्थतन्त्रमा प्रवेश गरेसँगै करका दर तथा संख्यामा कमी आई लगानी र व्यापारको उपयुक्त वातावरण सिर्जना भएको छ । विश्वका जुनसुकै मुलकसँग आयात–निर्यात व्यापार निर्वाध सञ्चालन गर्न सक्ने अवसर मिलेको छ । प्रत्यक्ष वैदेशिक लगानी आकर्षण तथा निजी क्षेत्रको लगानीमा उल्लेख्य मात्रामा विस्तार भई स्वतन्त्र, स्वच्छ एवं प्रतिस्पर्धी बजार विस्तारमा टेवा पुगेको छ । वस्तु तथा सेवा छनोटको अवसरमा पँहुच वृद्धि भएको छ । वैदेशिक रोजगारीमा वृद्धि भई विप्रेषण आयले मुलुकी अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएको छ ।

729
भीमप्रसाद पन्त
बिहिवार, माघ ११, २०७४

नेपालका आर्थिक परिसूचकहरू मन्द गतिमा अघि बढेको छ । विकास नभएको होन, धेरै नै भएको छ तर जुन गतिमा हुनुपर्ने हो त्यसका आधारमा भने हामी पछाडि नै छौं । स्रोत र सम्भावनाको आकलन गर्दा हाम्रो प्रतिव्यक्ति आय निकै माथि हुनुपर्ने हो, पूर्वाधार निर्माण र अन्य भौतिक निर्माणमा समेत हामी निकै अघि पुग्नुपर्ने हो ।

487
प्रा.डा. विकाशराज सत्याल
बिहिवार, माघ ११, २०७४

अद्वितीय पोसाक भनेर नाङ्गो पारिएका बादशाहलाई पूरा सहर घुमाइयो, तर कसैले उनलाई सत्य भन्ने हिम्मत गरेनन्, किनकि जसले यो लुगा देख्दैन, त्यो मुर्ख हुन्छ भन्ने प्रचार गरिएको थियो । तर, न लेना न देना भएका केही बालकले ‘बादशाह त नाङ्गो पो छन्’ भनेर चिच्याएपछि बिस्तारै पाकाहरूमा गाइँगुइ चल्यो र अन्त्यमा सबैले भने बादशाह साँच्चिकै नाङ्गै छन् । स्कुलमा पढेको, ह्यान्स क्रिस्चियन येन्डरसनको यो कथा अहिले नेपालमा पूर्ण लागू भएको देखिन्छ, संघीयताको मामिलामा ।

1487
विनोद नेपाल
बुधवार, माघ १०, २०७४

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनको १३ नं. निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरूका लागि अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलतासम्बन्धी व्यवस्था गरेको छ ।

528
प्रकाश शर्मा ढकाल
बुधवार, माघ १०, २०७४

नेपालले योजनाबद्ध विकासका प्रयास थालेको ६ दशक कटिसकेको छ । यस अवधिमा १३ वटा योजना कार्यान्वयन भई हाल चौधौं योजनाको कार्यान्वयनमा छ । कुनै पनि योजना लक्षित उद्देश्य हासिल गर्न सफल भएनन् । अहिलेको अवस्था हेर्दा चालू चौधौं योजना पनि लक्ष्य प्राप्तिमा सफल हुन सक्ने देखिंदैन । अघिल्ला योजनाहरू किन सफल हुन सकेनन् ? समस्याको जड के हो ? समग्र योजना प्रणाली चक्रमा कहाँनेर हामी चुक्यौं ? धरातलीय यथार्थलाई चटक्कै बिर्सेर अग्रगमनका नाममा बढी महत्वाकांक्षी पो भयौं कि ? लेखाजोखा गर्न न त योजना आयोगले रुचि देखायो, न त सरकारले नै आवश्यक ठान्यो ।

819
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

आधुनिक व्यवस्थापनमा व्यवस्थापनका कार्यमध्ये संस्थाभित्र असल औद्योगिक सम्बन्ध कायम गर्ने कार्य पनि महत्वपूर्ण कार्य हो । असल औद्योगिक सम्बन्धको विकासले मुलुकको आर्थिक विकासमा मद्दत पु¥याउँछ ।

757
गजेन्द्र बुढाथोकी
मंगलबार, माघ ९, २०७४

सामान्यतया आममानिसले यतिखेर गर्ने साझा प्रश्न छ— के देश अब विकास हुन्छ त ? वा, देश अब कता जाला ? कुनै पनि प्रश्नको सापेक्ष वा निरपेक्ष जवाफ हुँदैन । नेपालको सन्दर्भमा देशले अब कस्तो गति लिन्छ भन्ने कुरामा तीन सन्दर्भहरूले यहाँको अवस्था निर्धारण गर्नेछन्, पहिलो हो— मुलुकले अवलम्बन गर्नै लागेको शासकीय प्रणाली र त्यसले ल्याउने स्थिरता; दोस्रो— अन्तर्राष्ट्रिय अर्थ–राजनीतिमा आउने बहाव र त्यसका बाछिटाहरू अनि तेस्रो हो— नेपालका दुई ठूला छिमेकी मुलुक चीन र भारतले लिने नीति ।

584
रमेश घिमिरे
सोमवार, माघ ८, २०७४

शोधनान्तर बचतलाई सन्तुलित राख्ने काम रेमिट्यान्सले गरिरहेको छ । रेमिट्यान्सको भरमा विदेशी मुद्रा सञ्चिति कायम राख्नु दीर्घकालीन दृष्टिकोणले उपयुक्त होइन भन्न थालिएको धेरै दशक भइसकेको छ । लगातार शोधनान्तर घाटा भयो र वैदेशिक मुद्रा सञ्चिति ६ महिनालाई वस्तु तथा सेवा आयात गर्न नपुग्ने भयो भने मात्र सरकारको ध्यानाकर्षण हुन्छ ।

368
गुणराज भट्ट
सोमवार, माघ ८, २०७४

पछिल्लो समय बैंकको लगानीयोग्य रकम अभाव भएको र तरलता अभाव चर्कंदै गएको विषयले आर्थिक मिडियामा राम्रै स्थान पाएको देख्न सकिन्छ । उद्योगी–व्यापारीहरू विभिन्न सरकारी निकायदेखि प्रधानमन्त्रीसम्मै पुगेर बैंक कर्जामा अलि कमी आउनासाथ आर्थिक वृद्धिलाई नराम्रो धक्का लाग्ने बताइरहेका बेला नेपालको आर्थिक वृद्धि, लगानी र बैंक कर्जाका विषयमा यो लेखमा तथ्यपरक विश्लेषण गरिएको छ ।

574
रमेश भट्टराई
आइतवार, माघ ७, २०७४

सबै जनताको एउटै अपेक्षा मुलुकको समृद्धि र विकास हो । एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाइनु मात्र भोटलाई आफ्नो पक्षमा पार्ने पुरानो पद्धति थियो, तर यो शक्ति एकीकरणले झिना अल्झनलाई चिर्न सक्छ, यो सकारात्मक कार्य हो ।

430
राजनविक्रम थापा
आइतवार, माघ ७, २०७४

देशको आर्थिक अवस्थालाई प्रतिविम्बित गर्ने महत्वपूर्ण परिसूचकमध्ये एक रहेको नेप्से परिसूचकमा लगातार आएको गिरावटले सेयर लगानीकर्ताहरूमा निराशा छाएको देखिन्छ । बजारमा हुने दैनिक कारोबार रकममा क्रमशः संकुचन आएको छ भने नेप्से परिसूचक घट्ने क्रम पनि रोकिएको छैन । तुलनात्मक रूपमा राम्रो वित्तीय अवस्था रहेका र नियमित लाभांश वितरण गरिरहेका सूचीकृत कम्पनीका मूल्यमा पनि उल्लेख्य गिरावट आएको देखिन्छ ।

973
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

आधुनिक मानव सभ्यताको विकास कि नदीकिनारबाट भएको छ, कि त हिमालको काखबाट । अझ विश्व व्यापारको अभिलिखित इतिहास हेर्ने हो भने पनि सामुद्रिक व्यापार र हिमाली व्यापार आजको अन्तर्देशीय पारवहनका प्रारम्भिक उन्नत रूप हुन् ।

628
जगदीश दाहाल
शुक्रवार, माघ ५, २०७४

बैंकिङ क्षेत्रमा श्रम ऐनको प्रभावले अर्थतन्त्र र मुलुकको समृद्घिका लागि भनेर नेपालको संविधान, २०७२ अनुसार सरकारले गत भदौ २९ गते राजपत्रमा प्रकाशित गरी नयाँ श्रम ऐन, २०७४ लागू गरेको छ ।

566
नारायण पौडेल
बिहिवार, माघ ४, २०७४

पछिल्लो समय निकै चर्चामा रहेको सम्पत्ति शुद्धीकरण शब्दलाई ऐनमा प्रस्ट रूपमा परिभाषित गरिएको छैन । सामान्यतया कानुनले निषेध गरेका अवैध क्रियाकलापबाट आर्जित सम्पत्तिलाई विभिन्न प्रक्रिया अपनाएर वैध रूपमा आर्जित गरिएजस्तै देखाउनुलाई सम्पत्ति शुद्धीकरण भनिन्छ र सम्पत्ति शुद्धीकरण भइसकेपछि उक्त सम्पत्ति वैध तरिकाले आम्दानी गरेजस्तै हुन्छ; अर्थात् अपराधीहरूले खास पैसा या सम्पत्तिको स्वामित्वलाई ढाकछोप गरेर आपराधिक क्रियाकलाप गर्न उक्त पैसाको प्रयोग गर्ने र यस्तो कार्य कानुनी रूपमै भएको हो भनेर देखाउने गतिविधिलाई सम्पत्ति शुद्धीकरण मानिन्छ ।

790