रत्न प्रजापति
सोमवार, माघ २९, २०७४

नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो र अझै पनि कृषिप्रधान देश नै भनिँदै छ । अद्यापि देशका ६७ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको सरकारी तथ्यांक पनि छ । तर, यही तथ्यांकलाई आधार मानेर मात्रै देशलाई कृषिप्रधान देश भन्नुचाहिँ असान्दर्भिक भइसकेको छ । बरु कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै गएको र रेमिट्यान्सको योगदान बढ्दै गरेको अवस्थामा देशलाई रेमिट्यान्सप्रधान देश भन्नु उपयुक्त हुने देखिएको छ ।

562
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नयाँ संविधानको कार्यान्वयनका क्रममा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय तहका प्रतिनिधिका तुलनामा स्थानीय जनप्रतिनिधि र आमजनताबीचको सम्बन्ध निश्चय नै नजिक र भावनात्मक हुने गर्छ । यही कारण स्थानीय चुनाव अन्य दुई तहको चुनावको दाँजोमा मतदानका दृष्टिकोणले अब्बल हुन पुगेको हो ।

959
दिलीपकुमार मुनंकर्मी
आइतवार, माघ २८, २०७४

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकहरूले मुनाफा तथा अन्य वितरणयोग्य कोषहरूको रकम परिचालन गरेर यथाशक्य बोनस सेयर जारी गरे भने उल्लेख्य परिणाममा हकप्रद सेयरसमेत बिक्री गरे । केही बैंकहरू मर्जर र प्राप्तिमा गए । तैपनि आव ०७४-७५ को दोस्रो त्रैमाससम्म १९ वटा बैंकले मात्र तोकिएको पुँजी पुर्याए, ९ वटा बैंक पुँजी जुटाउन प्रयासरत छन् । हुन त बैंकहरूको पुँजी कति चाहिन्छ भन्ने पुँजी पर्याप्तता मापदण्डले निर्देशन र नियन्त्रण गर्छ ।

1720
पदमराज अवस्थी
शुक्रवार, माघ २६, २०७४

सागिना दिदी कोइरालो भेना मेरी मउ पाल्दिया, म झुसे वैशाख आउँला मेरी गाली जन दिया । सुदूर तथा मध्यपश्चिम क्षेत्रका मेला–पाखामा गाइने यो डोटेली लोकगीत वि.सं. २०२७ मा यो क्षेत्रमा ठूलो भोकमरी आइलागेपछि रचिएको लोकप्रिय गीत हो । यो गीतले माघदेखि चैतसम्म सागिना र कोइरालो खाएर बाँच्नु र वैशाखमा मात्र झुसे जौ आउँछ, त्यसपछि आटा (जौको पीठो) खाएर बाँच्नु भन्न खोजेको हो ।

1147
प्रा.डा. कमलराज ढुंगेल
शुक्रवार, माघ २६, २०७४

आर्थिक समृद्धिका कुरा सहजै हुने गरेका छन् । आर्थिक समृद्धिका निमित्त उच्च आर्थिक वृद्धिदर हुनु जरुरी हुन्छ । आर्थिक वृद्धिदर भन्नाले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनु हो । कुल गार्हस्थ्य उत्पादन भन्नाले एक वर्षभित्र नेपालको अर्थव्यवस्थामा विभिन्न क्षेत्रले आर्जन गरेको आम्दानीको कुल योग हो । यसरी प्राप्त गर्ने आम्दानीमा वर्षैपिच्छे थप आम्दानीको आशा गरिएको हुन्छ । आर्थिक समृद्धिका निमित वार्षिक आम्दानीमा हुने थप आम्दानीमा उच्च दरले वृद्धि हुनु जरुरी हुन्छ ।

587
ज्ञानबहादुर अर्याल
बिहिवार, माघ २५, २०७४

पर्यटन क्षेत्रले बहुआयामिक पक्षहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ । मानव सभ्यताको आधुनिकीकरणसँगै पर्यटन क्षेत्रको विकास भएको हो । घुमफिरबाट सुरु भएको पर्यटन क्षेत्र हाल आएर मेडिकल पर्यटन, आध्यात्मिक पर्यटन हुँदै अन्तरिक्ष पर्यटनसम्म पुगेको छ । सही योजना र नीति–निर्माणका लागि तथ्यपरक सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । वस्तुनिष्ठ तथ्याङ्कबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रको सही आकलन र प्रक्षेपण गर्ने गरिन्छ ।

759
कमल रेग्मी
बिहिवार, माघ २५, २०७४

सामाजिक एवं प्राकृतिक कारणबाट उत्पन्न हुन सक्ने जोखिमको हस्तान्तरणबाट वित्तीय सुरक्षाको रक्षावरण गर्ने व्यवसायलाई बिमा भनिन्छ । अर्थतन्त्रका आधारशिलाका रूपमा रहेका प्रमुख दुई खम्बामध्ये एक बिमा व्यवसाय हो । राज्यको अर्थतन्त्र कतिको चलायमान र गतिशील छ भनी मूल्यांकनको सूचकमा बिमाको अंश उच्च रहने गर्छ । विश्वमा इसापूर्वदेखि नै व्यापार–व्यवसायको विकासका लागि बिमा व्यवसायलाई साथसाथै लिएर अगाडि बढेको यियो । त्यसै गरी विश्वमा पञ्चवर्षीय योजनाको सुरुवात सन् १९२८ मा रूसबाट भएको हो ।

657
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

केही वर्षअघि सरकारले चितवन र धादिङका राजमार्गमा सञ्चालित सवारी यात्री लक्षित होटलको अनुगमन र स्तर निर्धारण गर्ने कार्य गर्यो । त्यो प्रयत्न पर्याप्त र दिगो हुन सकेन । सामान्यतया केही होटललाई सरसफाइ गर्न दबाब पर्यो। देखिने सरसफाइ त्यस क्षेत्रका होटलको प्रमुख समस्या होइन । पर्याप्त खुला ठाउँ र पानीको सुविधा भएको ठाउँमा सरसफाइ सहजै हुन्छ । त्यस्ता होटलमा यात्रीले भोग्नुपर्ने समस्या र त्यसका समाधानका उपाय अलि फरक ढंगले सम्बोधन गर्नुपर्छ र यो काम नियमित गर्नुपर्छ ।

1716
डा. अतीन्द्र दाहाल
बुधवार, माघ २४, २०७४

समयक्रमको उतारचढावसँगै यो संसारलाई नियमित रूपमा अनेकन अपेक्षित तथा अनपेक्षित समस्याहरूले घेर्दै लगेको छ । राजनीतिमा आधारित शक्ति र दम्भले निर्माण गरेका अतिवादी अनि जडसूत्रवादी चिन्तनका अतिरिक्त विभिन्न अववयहरू भएका सामाजिक तथा मनोवैज्ञानिक सशक्त समस्याहरू पनि सतहमा आउँदै छन् । यस्ता अनौठा समस्याको चंगुलमा एजिङ भनिने वृद्घ उमेर भएका मानिसहरूको संख्यामा उच्च बढोत्तरी पछिल्लो नयाँ समस्या बन्दै छ । विख्यात लेखक जलमान स्यालोमी आफ्नो पुस्तक ‘फ्रम एजिङ टु सेजिङ’मा यसलाई एक घातक समस्याका रूपमा चित्रण गर्छन् ।

708
विनोद नेपाल
मंगलबार, माघ २३, २०७४

हाम्रा नेताहरू बेलाबेलामा अनावश्यक र असान्दर्भिक विषयहरूमा समेत बोल्ने प्रयास गर्छन् । गम्भीर विषयहरूमाथि हल्का टिप्पणी गर्छन्, जब कि कतिपय कुरा यस्ता हुन्छन् त्यस्ता कुरा बोल्दा अभिव्यक्त विचारको गहनता र प्रभावको सम्बन्धमा पनि सोच्नुपर्ने हुन्छ । यस्ता कुराको बेवास्ता गर्दा त्यसको नकारात्मक असर पर्छ र आलोचनाको पात्र बन्नुपर्ने हुन्छ । यस्तै भएको छ, हालै मात्र भावी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणको सम्बन्धमा व्यक्त गरेको धारणा । सम्पत्ति शुद्धीकरण आजको जल्दोबल्दो विषय हो ।

649
ढुनबहादुर बुढाथोकी
सोमवार, माघ २२, २०७४

प्रतिस्पर्धा व्यावसायिक कम्पनीको विकास र प्रगतिका लागि अनिवार्य सर्त हो । व्यवसायलाई जीवन्त राख्न र व्यावसायिक सुन्दरता कायम गर्न खरो प्रतिस्पर्धामा उत्रनु अत्यावश्यक हुन्छ । आर्थिक उदारीकरणको भेलसँगै खुला अर्थतन्त्र अङ्गीकार गरिरहँदा दूरसञ्चार क्षेत्रमा स्वदेशी तथा वैदेशिक निजी लगानी खुला गरिएको हो ।

518
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

भारतका वित्तमन्त्री अरुण जेट्लीले भारतको आर्थिक वर्ष २०१८-०१९ को बजेट फेब्रुअरी १ (माघ १८) मा त्यहाँको संसद्मा पेस गरेका छन् । भारतको आर्थिक वर्ष अप्रिल १ मा सुरु हुने भए पनि बजेट दुई महिनाअगाडि नै पेस भएको छ । यो बजेट मोदी सरकारको निर्वाचनअघिको अन्तिम बजेट हो ।

680
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

वामपन्थी कित्तामा दलाल पुँजी र राष्ट्रिय पुँजी शब्दको प्रयोग बाक्लै हुने गर्छ । कार्ल माक्र्सले पुँजी नामक पुस्तक प्रकाशन गरेर अतिरिक्त मूल्यको सिद्धान्तले चर्चा पाएपछि पुँजीबारे जिज्ञासा राख्ने अध्येताहरूलाई नयाँ खुराक मिल्यो । पुँजी मानव निर्मित उत्पादनको त्यस्तो साधन हो, जसले समाजको मूल्य अभिवृद्धि गर्ने काम गर्छ ।

1074
हेमन्त बस्याल
आइतवार, माघ २१, २०७४

विगत केही समयदेखि बजारले स्पष्ट गति लिन सकेको छैन । ओरालो लाग्ने क्रम १४०० अंकको मनोवैज्ञानिक तहको परीक्षणमा देखिन्छ । बजारमा उल्लेख्य गिरावट आउनुपर्ने तात्विक कारण पनि स्पष्ट देखिँदैन । यसलाई अल्पकालीन गिरावटका रूपमा व्याख्या गर्न सकिन्छ । साथै, लगानीकर्ताहरूमा देखिएको आममनोवृत्तिले समेत बजारको यो तहलाई समर्थन गरेको देख्न सकिन्छ ।

794
अनन्त सदाबहार
शुक्रवार, माघ १९, २०७४

आजकाल राष्ट्र बैंकको काम–कारबाही (हस्तक्षेप ?) का बारेमा बैंक तथा वित्तीय संस्थाका (मुख्यतया लघुवित्तका) कर्मचारी तथा सञ्चालकहरूबीच अत्यधिक चर्चा हुने विषय हो— सञ्चालकको भत्ता तथा सुविधा । विभिन्न बैंक तथा वित्तीय संस्थाको साधारणसभाले सञ्चालकको भत्ता तथा सुविधा वृद्धि गर्ने निर्णय गरी गरिएको नियमावली संशोधन स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँछन्, तर राष्ट्र बैंकले उक्त रकममा आफूखुसी थपघट गरेर (साधारणतया भत्ता तथा सुविधा घटाएर) मात्र स्वीकृति प्रदान गर्ने गरेको गुनासो बढ्दै गएको छ ।

1405