कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

छरिएर रहेका स्रोतहरूबाट दीर्घकालीन पुँजी परिचालनका लागि विश्वमा पुँजीबजारको अवधारणा सत्रौं शताब्दीबाट सुरु भएको मानिन्छ । सन् १८०१ मा खुलेको लन्डन स्टक एक्सचेन्ज पहिलो औपचारिक स्टक एक्सचेन्ज हो भने सन् १८१७ को न्युयोर्क स्टक एक्सचेन्ज दोस्रो । यस्तो एक्सचेन्ज उत्तर कोरिया तथा अन्य २६ अफ्रिकी साना राष्ट्रहरूबाहेक अमेरिकाजस्तो पुँजीवादी राष्ट्रदेखि रूस, चीनजस्ता कम्युनिस्ट विचारधाराका देशहरूमा समेत विद्यमान छ र पुँजी परिचालनका हिसाबले अहम् भूमिका खेलिरहेका छन् ।

366
भेष नारायण श्रेष्ठ
शुक्रवार, मंसिर ८, २०७४

२० औं शताब्दीमा तीनवटा दर्शन बहुत चर्चामा रह्यो, पुँजीवाद, समाजवाद र सम्यवाद । यो सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग–अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ ।

4329
प्रा. डा. हरि शर्मा
बिहिवार, मंसिर ७, २०७४

मुलुकमा पर्यटन सम्बद्ध संघ–संस्थाहरू अझै पनि एकीकृत रूपमा प्रस्तुत हुन सकेका छैनन् । सरसर्ती हेर्दा झन्डै ५० भन्दा बढी राष्ट्रिय स्तरका यस्ता संस्था छन् जो केवल पर्यटनको विकास र संवद्र्धनप्रति समर्पित भनी टोपल्न पछि पर्दैनन् । सबैका आ–आफ्ना कार्यविधि र विधान पनि छन् । सरकारका सम्बन्धित निकायले ती विधानलाई मान्यतासमेत प्रदान गरेको छ । पेसागत रूपमा हेर्ने हो भने त्यस्ता केही संस्थाको स्वायत्ततालाई स्वीकार्नैपर्छ, तर एउटै प्रकृतिका र समान उद्देश्य लिएर एउटै पेसागत वर्गको प्रतिनिधित्व भने एकीकृत रूपमा राष्ट्रिय संस्थाले नै गर्नु उपयुक्त हुने विषयलाई नकार्न सकिन्न ।

547
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

राज्यले घरेलु विद्युतीय प्लान्टको व्यवस्थापन गर्दै र अपुग ऊर्जा भारतमा कोइला (जलवायु परिवर्तनको प्रमुख कारक बाट उत्पादित बिजुली (हाल ३ सय मेगावाटको हाराहारी) ल्याएरै भए पनि लोडसेडिङ क्रमशः घटाइरहेको छ । हिउँदयाममा थप विद्युत् कटौती गर्न नपरोस् भनेरै भदौ ७ देखि ११ सम्म सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणका बेला १ सयदेखि १ सय २० मेगावाटसम्म थप बिजुली ल्याउन मिल्ने गरी सुधार गरिएको रक्सौल–परवानीपुर र कुशाह–कटैयाबीचको प्रसारण लाइन सुचारु गर्न दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेर हिउँदको संकट टार्ने प्रयास गरेको भए पनि ढल्केबरको सबस्टेसन पूरा नहुने परिस्थिति सिर्जना हुनुले कोइलाकै बिजुलीको वैशाखी पनि कतै भाँचिने पो हो कि भन्ने डर बढेको छ ।

331
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

विश्वमा मान्यताप्राप्त ८ हजारमिटर अग्ला हिमाल १४ वटा छन् । ८ हजार मिटरभन्दा माथिका अरू ६ वटा हिमाल थप हुँदै छन् । सौभाग्यवश ती ६ वटै हिमाल नेपालमै रहेका छन् । ८ हजार मिटरभन्दा माथिका सबै अर्थात् १४ वटै हिमचुचुरा एसिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । एकतिहाइ भाग नेपाल भएर जान्छ । हिमालय पर्वतमालाको एकतिहाइ भागमै विश्वका अग्ला हिमचुचुरा सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको कान्छो हिमाल सिसापाङ्मा (कम उचाइ ८ हजार १३ मिटर भएको) सम्म रहेका छन् ।

360
गजेन्द्र बुढाथोकी
मंगलबार, मंसिर ५, २०७४

जसै निर्वाचन नजिकिँदो छ, विकासका अनेकथरी प्रलोभन देखाएर मत फकाउने क्रम जारी छ । मत फकाउनका लागि तथ्यांक–मिथ्यांकहरू पेस गर्ने होडबाजी नै चलेको छ । सबैभन्दा झुक्याउने र भ्रमित तुल्याउने तथ्यांक हो, सन् १९९० को विवरणसँग अहिलेको अर्थतन्त्रको तुलना गर्दै जारी हुने तथ्यांक । यस २७ वर्षको अवधिमा नेपालको अर्थतन्त्र २५ गुणाले बढेको फेहरिस्त पस्किने गरिएको छ । अब यस तथ्यांकलाई विश्व अर्थतन्त्रको तथ्यांकसँग समायोजन गरेर हेरौं ।

413
जगदीश दाहाल
सोमवार, मंसिर ४, २०७४

नेपालमा बिमा व्यवसायको विकास एवं विस्तारसँगै यस क्षेत्रमा विभिन्न किसिमका उतार–चढाव देखिएका छन् । एकातिर बिमा कम्पनीहरूको संख्या बढेको बढ्यै छ भने अर्कातिर ग्रामीण भेगका जनतासम्म मात्र होइन, सहर बजार तथा शिक्षित जनसंख्यामा पनि बिमाको पहुँचमा पुग्न सकेको छैन । आमनागरिकमा बिमासम्बन्धी ज्ञानको अभाव एउटा पाटो हो भने बिमा कम्पनीहरूको संख्या बढेसँगै बिमा व्यवसाय सञ्चालकहरू स्वयं तथा दक्ष जनशक्तिको कमीलगायत बिमाक्षेत्रमा विद्यमान अन्योल र अस्थिरता पनि बढेको छ ।

818
राजविक्रम थापा
आइतवार, मंसिर ३, २०७४

सेयर बजार गतिशील प्रकृतिको हुने भएकाले बजारमा सेयरको मूल्य उतारचढाव हुनुलाई स्वाभाविक नै मानिन्छ । सर्वसाधारणले सूचीकृत कम्पनीमा गरेको सेयर लगानीलाई जुनसुकै परिस्थिति र समयमा बजारी प्रक्रियाबाट तय भएको मूल्यमा खरिदबिक्री हुने कुराको प्रत्याभूति चलायमान सेयर बजारबाट मात्रै सम्भव हुन्छ । नेपालको सेयर बजारमा वास्तविक क्षेत्रका नाफामूलक कम्पनीहरू सूचीकृत हुन नसकी लगानीको क्षेत्रमा विविधीकरण हुन नसकेकै कारण लगानीकर्ताले प्रभावकारी पोर्टफोलियो व्यवस्थापनकोे विकल्प प्राप्त गर्न सकेको देखिदैन । कुनै एक क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्दा वा समस्या बेहोर्दा समग्र सेयर बजार र यसका लगानीकर्ता पीडित हुने गरेको अवस्था देखिन्छ । प्रस्तुत सन्दर्भमा नेपाली सेयर बजारको कुल कारोबारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था एवम् वित्तीय क्षेत्रमा बदलिँदो परिदृश्यका कारण सेयर बजारमा परेको प्रभावबारे संक्षिप्त चर्चा गर्ने प्रयास यस लेखमा गरिएको छ ।

350
रुप खड्का
शुक्रवार, मंसिर १, २०७४

आज १ मंसिर २०७४, मूल्य अभिवृद्धि कर एक्काइसौं वर्ष प्रवेश गरेको दिन । आज छैटौं राष्ट्रिय कर दिवस पनि । आजै हो, संघीय नेपालमा पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने महिनाको पहिलो दिन । मूल्य अभिवृद्धि कर नेपालको कर प्रणालीमा आमूल सुधार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि कर लागू गर्न वि. सं. २०५० भदौदेखि तयारी कार्य सुरु गरिएको थियो र यससम्बन्धी विस्तृत तयारी गरिएपछि यस करलाई मंसिर १, २०५४ देखि लागू गरिएको थियो ।

913
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

नेपालका स्रोतसाधनको उपयोग विवेकशील ढंगले भएको छ कि छैन भन्ने कुराको निष्कर्ष यसको विनियोजनको झुकावको अध्ययनले मात्र निकाल्न सक्दछ । माथि उल्लेख गरेजस्तै नेपालको कुल आम्दानी दुई शीर्र्षक चालू खर्च र पुँजीगत खर्चमा विनियोजन गरिएको हुन्छ । चालू खर्चको अनुपातको तुलनामा पुँजीगत खर्चको अनुपात कम वा बेसी हुँदा देशको विकास पनि कम वा बेसी हुने गर्छ । सरकारी खर्चको झुकाव यी दुईमध्ये एक शीर्षकतिर हुँदा अर्थतन्त्रमा पर्ने सक्ने असरका बारेमा लेखाजोखा गर्ने उद्देश्य यो लेखको रहेको छ ।

461
रमेश घिमिरे
बुधवार, कार्तिक २९, २०७४

कम्पनीहरूको सेयर मूल्य अनन्त कालसम्म वृद्धि हुँदै जाँदैन । कुनै बेला तल झर्नैपर्छ । माथि जाने र तल झर्ने समय र बिन्दु पूर्वघोषणा गर्न सकिँदैन । सेयरको माग बढ्यो भने मूल्य बढ्ने र माग घट्यो भने मूल्य पनि घट्ने हो । तसर्थ सेयरको माग बढ्ने या घट्ने सही प्रक्षेपण गर्न सकियो भने सेयर बजार सूचक नेप्से परिसूचक ओरालो लाग्ने वा उकालो लाग्ने पनि पूर्वानुमान गर्न सकिन्छ ।

15339
कारोबार संवाददाता
बुधवार, कार्तिक २९, २०७४

सरकारले विशेष गरी २०३२ सालको कालोबजारी ऐनमा टेकेर त्यसका आधारमा विभिन्न व्यापारीमाथि धरपकड गर्ने, थुन्ने वा हमला गर्ने काम गरिरहेको छ । यो अत्यन्तै दुःखद हो । निजी क्षेत्रले बजार अनुगमन हुनु हुँदैन भनेकै छैन, तर बजार अनुगमनलाई अनुगमन गर्ने निकायको कमाइ खाने भाँडो बनाउनु भएन भन्दै आएको छ । सँगसँगै राज्यले जुन काुननलाई आधार मानेर बजार अनुगमन गर्दै छ उक्त ऐन धेरै पुरानो छ । नियोजित अर्थव्यवस्था भएको समयमा बनेको यो कानुनले अहिलेको समस्या समाधान गर्न सक्दैन भन्ने निजी क्षेत्रले सरकारलाई पटक–पटक भन्दै पनि आएको छ ।

422
रवीन्द्र भट्टराई
आइतवार, कार्तिक २६, २०७४

धितोपत्र बोर्डले मार्जिन कारोबार निर्देशिका कार्यान्वयनमा ल्याएको छ । यसले सेयर बजारमा थोरै पैसामा धेरै सेयर किन्न चाहने वा आफूसँग भएको भन्दा बढी पैसाको सेयर किन्न चाहनेलाई बाटो खुला गरेको छ । तर, यसको पूर्ण कार्यान्वयनका लागि बोर्ड र नेपाल राष्ट्र बैंकको समन्वय तथा नीतिगत र पूर्वाधारको थप विकास हुनु आवश्यक छ ।

431
कारोबार संवाददाता
बुधवार, कार्तिक २२, २०७४

साइबर सुरक्षामा पर्याप्त सावधानी अपनाइरहेको दाबी गर्दागर्दै फेरि नेपाली बैंकिङ क्षेत्र स्विफ्ट ह्याकरको सिकार बन्न पुगेको छ । हुन त संयोग पनि हुन सक्छ । नेपालको कुनै एउटा बैंक स्विफ्ट ह्याकको सिकार भएको समाचार बाहिर आउनुभन्दा ठीक एक हप्ताअगाडि ताइवानको ‘बैंक फर इस्टर्न इन्टरनेसनल’ को स्विफ्ट प्राणाली ह्याक गरी अनधिकृत रूपमा करिब ६ करोड डलर बराबरको रकम स्थानान्तरण गरेको आरोपमा श्रीलंकामा दुई जना पक्राउ परेको समाचार पनि सँगै आउँदै थियो ।

418
कारोबार संवाददाता
सोमवार, कार्तिक २०, २०७४

संसारका थुप्रै मुलुक विकासशीलबाट विकसित अवस्थामा फड्को मारिसकेको परिप्रेक्ष्यमा केही ढिलै भए पनि नेपाल अब समृद्धिको मार्गमा लम्कन्छ कि भन्ने आभास हुन थालेको छ । जब नेपालमा संविधानसभाले संविधान निर्माण गरेको थियो, त्यो संविधानको समर्थन गर्ने मुलुकहरू थुप्रै भए पनि नेपालको छिमेकी मुलुकले त्यसलाई स्वागत र समर्थन गर्न सकेन । उसैको कारणले नेपाल झन् बर्बादीको खाडलमा त जाँदैन ? भन्ने प्रश्न पनि तत्कालीन समयमा उब्जिएको थियो ।

531