हेमन्त बस्याल
आइतवार, फाल्गुन २०, २०७४

नेपालको अर्थतन्त्रमा विगतदेखि नै चल्दै आएको बहस हो स् सेयर बजारमा गरिएको लगानी उत्पादनमूलक वा अनुत्पादक । यस विषयमा बहस गर्नुभन्दा पहिले स्पष्ट हुनुपर्ने कुरा हो स् सेयर बजारमा प्राथमिक बजारमा लगानी गर्ने वा दोस्रो बजारमा लगानी गर्ने र त्यो पनि कुन कम्पनीमा ।

3102
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

सरकारी स्वामित्वमा रहेको एकमात्र औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडले केही दिन अघिदेखि औषधिको व्यावसायिक उत्पादन सुरु गरेको छ । केही समयदेखि जीवनजल उत्पादन गर्दे आएको कम्पनीले हाल सिटामोलको व्यावसायिक उत्पादन सुरु गर्नुका साथै बजारमा धेरै खपत हुने अन्य औषधिहरू समेत उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यसअघि, नेपाल सरकारले गत वर्ष २०६७ सालदेखि औषधि उत्पादन बन्द

945
प्रकाश शर्मा ढकाल
शुक्रवार, फाल्गुन १८, २०७४

यतिखेर सबै जसो संचारमाध्यम ओली सरकारका सामु चुनौतीका पहाड शीर्षक तथा आशयका समाचार, आलेख, विश्लेषणहरूले भरिएका छन् । बृहत् आर्थिक परिसूचकहरूको प्रतिकूलतासंगै अर्थतन्त्र ट्विन डेफिसिट (चालू खाता तथा शोधनान्तर दुवै घाटा)को अवस्थामा रहेको छ । विकासमुखीभन्दा पनि वितरणमुखी मानसिकताको कारण नेपाली अर्थतन्त्र उठ्नै नसक्ने गरी थला पर्दै गरेको चेतावनी केही अर्थविद्हरूले दिइरहेका छन् ।

1830
हरिकृष्ण उप्रेती
शुक्रवार, फाल्गुन १८, २०७४

संघीयता कार्यान्वयनका लागि सबै तहको चुनाव सकिएर प्रदेश र केन्द्रमा निर्वाचित सरकार गठन भइसकेको छ । दलहरूले गरेका भाषण र घोषणापत्रकै विश्वासमा घरघरसम्मै बाटो, बिजुली र विकास आइपुग्ने कल्पना गरेर उत्साहका साथ जनताले वाम गठबन्धनलाई बहुमत पुग्ने गरी भोट हाले । चुनावको अभिमत बुझेर निर्वाचित नेतृत्वले विगतका नीति र नियतलाई सच्याई जनचाहनाअनुरूपको विकासमा अग्रसर हुनुपर्ने समय आएको छ ।

771
रत्न प्रजापति
शुक्रवार, फाल्गुन १८, २०७४

हालै ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक–२०१७’ मा नेपाल भ्रष्ट मुलुकको सूचीमा ३१ अंकसहित १ सय २२ औं स्थानमा परेको छ । गत वर्ष भ्रष्ट मुलुकको सूचीमा नेपाल २९ अंकसहित १ सय ३१ औं स्थानमा थियो । सूचकांकमा ४० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई अति भ्रष्टाचार हुने मुलुकका रूपमा राख्ने गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । यो सूचकांकअनुसार नेपालले अझै पनि सुशासन र आर्थिक पारदर्शिता कायम राख्न नसकेको देखिन्छ ।

1879
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

संघीयताले निजामती कर्मचारीलाई पनि उत्तिकै अवसर प्रदान गरेको छ । दिनहुँजसो सञ्चार माध्यममा प्रदेश सरकारमा कर्मचारी अभाव, स्थानीय सरकारी अधिकारी कर्मचारी माग्दै अझै पनि सिंहदरबार आइरहेको सुनिए पनि संघीयताले निजामती कर्मचारीलाई पनि उत्तिकै अवसर प्रदान गरेको छ ।

770
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

शाब्दिक अर्थअनुसार उत्प्रेरणा भन्नाले मानिसको यस्तो आन्तरिक इच्छा, आकांक्षा वा उद्देश्य हो जसको प्राप्तिका लागि मानिस निश्चित कार्य गर्न अग्रसर र उत्साहित हुन्छ । कुनै पनि प्रशासनिक तथा व्यावसायिक संगठनमा कार्यरत कर्मचारीलाई उनीहरूको आफ्नो तोकिएको कार्य सम्पादन गर्ने जोस, जाँगर तथा हौसला बढाई कार्यप्रति अग्रसर गराउनका निम्ति जे–जति प्रक्रिया अपनाइन्छन्, त्यसलाई नै उत्प्रेरणा भनिन्छ ।

1674
प्रल्हाद गिरी
बुधवार, फाल्गुन १६, २०७४

ढिलै भए पनि मुलुकले चाहेअनुसारको अर्थमन्त्री पाएको छ । प्रधानमन्त्री ओलीले अर्थतन्त्र नजिकसँग बुझ्ने अर्थतन्त्रका ज्ञाता, बैंकिङ र मौद्रिक जानकार रहेका डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेसँगै देश आर्थिक समुन्नतिका दिशामा अगाडि बढ्ने धेरैले आकलन गरेका छन् । संघीय सरकार चलाउन र संरचनाका वित्तीय व्यवस्थापन चुनौतीपूर्ण हुने आगामी दिनको नजिकको बुझाइका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च राजनीतिक दबाबका बाबजुद खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

1052
विनोद नेपाल
मंगलबार, फाल्गुन १५, २०७४

हरेक संगठनका आफ्ना उद्देश्य हुन्छन् । मानव संशाधनको उचित व्यवस्थापनबाट मात्र कुनै पनि संगठनको सुव्यवस्थित सञ्चालन तथा लक्ष्य प्राप्ति सम्भव हुन्छ । यसैले हरेक संगठनमा यसलाई विशेष महत्व दिने गरिन्छ । नियुक्ति र निवृत्ति नियमित प्रक्रिया हो । कुनै पनि सेवामा प्रवेशका लागि शैक्षिक योग्यता तथा अन्य योग्यताका अतिरिक्त न्यूनतम र अधिकतम उमेर सीमा तोकिएको हुन्छ एकपटक कुनै सेवामा प्रवेश गरेको जनशक्तिले निश्चित समयसम्म मात्र सेवालाई निरन्तरता दिन पाउँछ ।

857
गजेन्द्र बुढाथोकी
मंगलबार, फाल्गुन १५, २०७४

देश यतिखेर नजानिदो तवरबाट संकटको दोबाटोमा उभिएको छ । बढ्दो बजेटघाटासँगै जुम्ल्याहा संकटका रूपमा विस्तारित हुँदै गएको शोधनान्तर घाटाको समस्यालाई सम्बोधन गर्न बेलैमा ध्यान दिन नसके नेपाल निकट भविष्यमै गम्भीर आर्थिक संकटको चक्रव्यूहमा फस्ने जोखिम छ । तर, यसबारे जति चर्चा, परिचर्चा र बहस हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । देशका उपलब्ध आर्थिक सूचकहरूले संकटका संकेत देखाउँदा समेत नेताहरू निर्धक्क देखिइरहेका छन् । न हालै सत्ताबाट बहिर्गमित भएको नेपाली कांग्रेसले यसमा सरोकार देखाएको छ, न त भर्खरै सत्तामा आएको वाम गठबन्धनले नै ।

4359
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

गल्फका महान् खेलाडी टाइगर उडले भनेका छन्, “म जब ठूलो भएँ, म प्रतिभाशाली थिइनँ, महान् पनि थिइनँ, छिटोछरितो पनि थिइनँ, बलियो पनि थिइनँ । तर, म जहिले पनि काममा नैतिकता देखाउँथे र आज यस अवस्थासम्म आइपुगेको छु ।”एउटा साधारण व्यक्तिले पनि उत्कृष्ट प्रतिभा, शारीरिक शक्तिबिना पनि काममा उच्च नैतिकताको कारणले कुनै जमानाको सबैभन्दा धेरै कमाउने खेलाडी बनेर देखाइदिए ।

2505
प्रा.डा. कमलराज ढुंगेल
सोमवार, फाल्गुन १४, २०७४

विश्वको निर्धनतम मुलुकमध्ये नेपाल पनि एक हो । विगत दुई–तीन दशकदेखि राजनीतिक अस्थिरताको निरन्तरताले निर्धनतम मुलुकलाई झन् निर्धनतम बनाउन थप ऊर्जा प्रदान गरिरहेको छ । सन् १९९० को दशकको सुरुमा नेपालको द्रुत विकासको परिकल्पना गरियो । विश्व परिवेश र नेपालकै पनि राजनीतिक परिवर्तनका कारण आर्थिक जग तयार गर्न आर्थिक उदारीकरण प्रणालीको सुरुवात गरियो । यो प्रणालीको अनुसरण नेपालले मात्र गरेको होइन । नेपालका दुई छिमेकी मुलुक भारत र चीनले पनि खुला र उदार आर्थिक प्रणालीको अनुसरण गरे । चीनले विगत दुई–तीन दशकदेखि निरन्तर रूपले वार्षिक ७–१२ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त गरिरहेको छ । यही आर्थिक प्रणालीले चीनलाई गरिबी मुक्त बनायो ।

914
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

नेपालको वित्तीय परिवेश अरू देशको भन्दा निकै फरक रहेको छ । छिमेकी मुलुक भारत, चीन र भुटानभन्दा पृथक् वित्तीय धरातल बोकेको हाम्रो देशमा प्रचुर वित्तीय क्रियाकलाप मौलाएको छ । विद्यमान राजनीतिक परिवर्तन र देशको अर्थव्यवस्थालाई सम्बोधन गर्दै केन्द्रीय बैंकले समयसापेक्ष हुने गरी धेरै आर्थिक प्रयोग गरेको पनि पाइन्छ ।

954
दिलीपकुमार मुनकर्मी
आइतवार, फाल्गुन १३, २०७४

२०७४ फागुन २ गते भारतको पन्जाब नेसनल बैंक (पीएनबी) मा १ खर्बभन्दा बढी रकम घोटाला भएको समाचारले भारतीय र नेपाली पुँजीबजारमा हलचल मच्चियो । पीएनबीले नेपालको एभरेस्ट बैंकमा समेत सेयर लगानी गरी व्यवस्थापन सम्हालेका कारण पनि नेपाली पुँजीबजारको चासो र चिन्ता स्वाभाविक थियो । केही समयअगाडि एनआईसी एसिया बैंकमा स्विफ्ट काण्ड सुनेका नेपालीहरू पीएनबी घटनामा सोही माध्यम जोडिएसँगै ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्से’ जस्तै हुन पुगे ।

724
ढुनबहादुर बुढाथोकी
शुक्रवार, फाल्गुन ११, २०७४

सन् २०१७ मा जापानको कुल जीडीपी ४.८८ ट्रिलियन अर्ब अमेरिकी डलर पुगेको छ । यस हिसाबले जापान विश्वको तेस्रो र क्रयशक्तिका आधारमा चौथो ठूलो अर्थतन्त्र हो । जीडीपीमा सेवाक्षेत्रको हिस्सा ७१.१ प्रतिशत छ । त्यस्तै उद्योगको २७.७ प्रतिशत र कृषिक्षेत्रको १.२ प्रतिशत योगदान रहेको छ ।

1810