रमेश घिमिरे
मंगलबार, आश्विन ३०, २०७५

नेपालको निजामती सेवा लुटतन्त्र (स्पोइल सिस्टम) वा योग्यता प्रणाली (मेरिटोक्रेसी) के हो भन्ने स्पष्ट गर्न सकिने अवस्था छैन । ऐन कानुन र संगठन हेर्दा योग्यता प्रणालीको निजामतीजस्तो देखिन्छ । सरकारका नीति कार्यक्रम लागू गर्दा भने लुटतन्त्र जस्तो देखिन्छ । जनताको हातमा सेवा पु¥याउने कर्मचारीले हो । सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री नहुनुमा कर्मचारीतन्त्र नै जिम्मेवार हो त ?

876
गजेन्द्र बुढाथोकी
मंगलबार, आश्विन ३०, २०७५

हरेक वर्ष दसैंतिहारमा दोहोरिने एउटा समाचारको शीर्षक हुने गर्छ– भारतीय बजार गुल्जार, स्वदेशी बजार सुनसान । खासगरी सीमावर्ति क्षेत्रका सिलिगुढी, जोगबनी, रक्सौल, रुपैडिया, सुनौली र गौरीफन्टामा नेपाली ग्राहकहरू भरमार हुँदा सीमावारिका काँकडभिट्टा, बिर्तामोड, विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, धनगढीसहितका बजारहरूमा चहलपहल र बिक्री निकै कममात्र हुने गरेको छ ।

959
गोपाल पोखरेल
सोमवार, आश्विन २९, २०७५

केही वर्षअघिसम्म दसैं, तिहार, छठजस्ता चाडपर्व र अन्य कुनै उत्सवमा युवाले नै रमाइलो गर्थे । गाउँमा प्राकृतिक, दैविक विपत्ति आइलाग्दा त्यसलाई नियन्त्रण गर्न र गाउँको बचाउ गर्न युवा नै अग्रसर हुन्थे । कोही बिरामी परे उपचारमा लैजान होस् या रातभरि रुघ्न युवा नै तयार हुन्थे । तर, अहिले परिस्थिति फेरिएको छ ।

636
ढुनबहादुर बुढाथोकी
सोमवार, आश्विन २९, २०७५

१ सय ९० वर्ष ब्रिटेनको पञ्जामा रही १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको भारतले १९५२ देखि पञ्चवर्षीय योजना अवलम्बन ग¥यो । कृषिक्षेत्रको स्तरोन्नति पञ्चवर्षीय योजना समेटिएको महत्वपूर्ण लक्ष्य थियो । सोहीअनुरूप १९६० ताकाबाट कृषिक्षेत्रमा अनेकन पहल भए । जहाँ कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । सिँचाइका लागि नहरहरू निर्माण गरिए । मल, बीउबिजन, कीटनाशक औषधीको उपयुक्त प्रबन्ध मिलाइयो ।

998
डा. सुमनकुमार रेग्मी
सोमवार, आश्विन २९, २०७५

आव ०७४/७५ अर्थात् सन् २०१७–१८ लाई समृद्धिको गन्तव्य बिन्दुका रूपमा लिइएको छ । आगामी पाँच वर्ष विकास गर्नुपर्ने समयावधि बताइएको छ भने यसपछिका दस वर्ष समृद्धिका लागि उक्लिनुपर्ने सिंढीका रूपमा लिइएको छ । यी सबै प्रयासबाट सन् २०२२ सम्म विकासशील राष्ट्रका पंक्तिमा पुग्नुपर्ने र सन् २०३० सम्म मध्यमस्तरीय आय भएका देशको दाँजोमा पुग्नुपर्ने सोच राखिएको छ । सोहीअनुरूप लघु, घरेलु तथा साना उद्योगहरूका संघीय, प्रादेशिक र स्थानीय क्षेत्रमा वार्षिक योजना, योजना, रणनीति र उद्देश्य–लक्ष्य निर्धारण गरिएअनुरूप कार्यान्वयन हुनैपर्ने हुन्छ ।

570
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

कुनै पनि व्यावसायिक संगठन सफलतापूर्वक सञ्चालन गर्नका निम्ति संगठनभित्र रहेका विभिन्न संसाधनहरूको उचित रूपमा परिचालन गनुपर्ने हुन्छ । संगठनभित्रका भौतिक तथा मानविय साधनहरूको उपयुक्त प्रयोगबाट नै संगठनले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न सक्छ । यसप्रकार व्यावसायिक संगठनहरूले आफूसँग रहेका स्रोतसाधनको अधिकतम उपयोग गरेर मात्रै आफ्नो अभियानमा सफल हुन सक्छ ।

1354
कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५

काठमाडौंमा अहिले गैरआवासीय नेपाली संघद्वारा आयोजित विश्व ज्ञान सम्मेलन भइरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको संयुक्त आयोजनामा भैरहेको सम्मेलनमा स्वदेशी, विदेशी र विश्वभर छरिरहेका नेपाली विज्ञहरूको सहभागितामा विविध विषयमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपालको विज्ञान तथा प्रविधि नीति र प्राविधिक जनशक्तिको अवस्था, आर्थिक विकासको मार्ग, उपयुक्त नीति एवं प्रविधिको खोजी र लगानीबारे बहस गरिरहेको छ ।

1232
बाबुकाजी कार्की
शुक्रवार, आश्विन २६, २०७५

नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर भए पनि अझै २२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । पछिल्लो तथ्यांकअनुसार एक जना नेपालीको थाप्लोमा ३१ हजार वैदेशिक ऋणको भार छ । बेरोजगारीको समस्या दिन–प्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक १२ सयको हाराहारीमा रोजगारीका लागि युवायुवती बिदेसिने गरेको तथ्यांकले देखाउँछ । यसरी बिदेसिनेमध्ये १.५ प्रतिशत दक्ष, २५ प्रतिशत अर्धदक्ष र ७३.५ प्रतिशत अदक्ष रहेको लेखिन्छ ।

560
प्रा. डा. हरि शर्मा
शुक्रवार, आश्विन २६, २०७५

२०७५ साल असोज २२ गते सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन बोर्डकै प्रेक्षालयमा पर्यटन विषयक एउटा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न ग-यो । अन्तक्र्रियाको मुलभूत विषय ‘विदेशमा नेपालको पर्यटन प्रवद्र्धन दिगो रणनीति र डायस्पोराको भूमिका’ थियो । संघका अध्यक्ष भवन भट्ट (जापान), उपाध्यक्ष सपिला राजभण्डारी, सह–कोषाध्यक्ष सोम सापकोटा, आयरलेन्ड बस्ने दिपेशमान शाक्यलगायत पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र राजधानीस्थित पर्यटन सम्बद्ध विभिन्न संघ–संस्थाका प्रमुख, होटल तथा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नेपालले सहजै पर्यटकलाई नेपालमा स्वागत गर्दै उनीहरूको मनमा नेपालीको अमिट छाप कसरी छोड्ने भन्ने विषयमा केन्द्रित थियो ।

619
भगवान खनाल
बिहिवार, आश्विन २५, २०७५

स्थानीय तहहरूले चालू आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा प्रदेश र संघ सरकारको पदचाप पछ्याउँदै विभिन्न विकासको नारा दिए । तिनले किसान र कृषिको पनि उत्तिकै कुरा गरे, तर परम्परादेखि हुँदै आएको, दिनहुँ लोपोन्मुख कोदो खेती विस्तार, संरक्षण र प्रवद्र्धनका कुरा गरेको कहीँकतै सुनिएन । केही बिग्रिहालेको छैन, चालू आवमा नसमेटिए पनि आगामी आवमा समेट्दा हुन्छ ।

978
उदय रानामगर
बिहिवार, आश्विन २५, २०७५

देशको आर्थिक विकासको इन्जिनका रूपमा व्यापारलाई लिने गरिन्छ । मुलुकमा रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उकास्नुका साथै गरिबी न्यूनीकरण गर्ने कार्यका लागिसमेत व्यापारको अहम् भूमिका रहन्छ ।

977
प्रल्हाद गिरी
बुधवार, आश्विन २४, २०७५

देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको सबै तह र तप्कामा सुन्दा कुन किसिमको आर्थिक क्रान्ति मुलुकले खोजेको छ भन्ने कुरा नै निक्र्योल गर्न गाह्रो छ । स्वाधीन अर्थतन्त्र संविधानले परिलक्षित गरेको छ । वैदेशिक पुँजी भित्र्याएर राष्ट्रिय हितमा लगानी गर्ने, आर्थिक समृद्धि र आत्मनिर्भरताको आर्थिक क्रियाकलापमा प्रतिविम्बित हुने वातावरण सरकारले तयार गर्ने सरकारका नीति तथा कार्यक्रमहरूमा उल्लेख छ । आर्थिक आत्मनिर्भरतामार्फत समृद्ध नेपाल र सुखी नेपालीका लागि लगानीको वातावरण बनाउने र स्वदेशी श्रम तथा सीपकै उच्चतम उपयोग गर्न सकिने सरकारी योजनाको औचित्यतामाथि प्रश्नचिह्न उठेको छ ।

816
प्रा.डा. विकाशराज सत्याल
बुधवार, आश्विन २४, २०७५

उपत्यकाका सहरहरू फोहोर थुप्रिएर दुर्गन्धित बनेका छन् । कतिपय टोलमा त घरबाट फोहोर नउठाइएको महिनौ भयो । घरघरमा, बाटोका छेउछाउमा, सार्वजनिक जग्गामा, नदी–खोलामा— सबैतिर फोहोरका ह्रास देखिन्छन् । यो उपत्यकालाई प्रायः समाउने रोग हो । घरघरबाट उठिरहेको फोहोर अचानक महिनौं उठ्न बन्द हुँदा आफ्नै घरमा बसेकालाई समेत फोहोर व्यवस्थापनको वैकल्पिक उपाय नहुँदा ठूलो समस्या भोग्नुपर्छ्र ।

672
रासस
मंगलबार, आश्विन २३, २०७५

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ भने उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुसी छन् तर मंसिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३.९७ प्रतिशत जमिनमा रोपाइँ भएको थियो भने यस वर्ष ९२.२५ प्रतिशतमा रोपाइँ भएको छ ।

533
खेमराज निरौला
मंगलबार, आश्विन २३, २०७५

विकास र समृद्धिका जतिसुकै ठूला–ठूला भाषण र कुरा गरे पनि आखिरमा रोजगारीको उपलब्धताबिना उक्त भाषण र कुरा सार्थकतामा परिणत हुन असम्भव हुन्छ । जीविकोपार्जनका लागि गरिने कुनै पनि काम, इलम, पेसा, व्यवसायलाई रोजगारी भनिन्छ । जीवन निर्वाहका लागि चाहिने पेसा वा अन्य कुनै व्यवसाय नभएको अवस्थालाई भने बेरोजगारी भनिन्छ ।

897