सरस्वती ढकाल
मंगलबार, बैशाख १०, २०७६

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल ठूला करदाता कार्यालयको निर्णय चित्त नबुझेपछि सर्वाेच्च अदालत पुगेको छ । तत्कालीन एनसेलको माउ कम्पनी स्वीडेनको टेलियासोनेराले मलेसियन कम्पनी आजियटालाई ८० प्रतिशत सेयर बिक्री गर्दा तिर्नुपर्ने लाभकरको विषय लम्बिँदै सर्वाेच्च अदालतसम्म पुगेको छ । गएको साता ठूला करदाता कार्यालयले कर निर्धारण गरी एक साताभित्र कर बुझाउन पत्र काटेपछि म्याद सकिन एक दिनअघिमात्रै सोमबार एनसेल सर्वोच्च गएको हो ।

232
धर्मेन्द्र कर्ण
शुक्रवार, बैशाख ६, २०७६

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र त्यसको पहिलो सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा त्यतिखेर घोषणा भएको छ, जतिखेर कृत्रिम बौद्धिकता (एआइ)को धुम दुनियाँभरि मच्चिरहेको छ । साथै नेपाल अवस्थित एसिया महादेशमा ‘एआई र डिजिटल इन्टिग्रेसन’ले यहाँको अर्थतन्त्रलाई न जिउन न मर्नको चुनौती पेश गरिरहेको छ ।

371
कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

चिनियाँ कम्पनी ओप्पोेको पछिल्लो स्मार्टफोन ओप्पोे एफ ११ नेपाल भित्र्याइएको छ । फोनको औचारिक रुपमा भने यही वैशाख ९ गते सार्वजनिक गर्ने ओप्पोे नेपालले जनाएको छ ।

381
कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

नेपाल टेलिकमले फोरजी-एलटीई आयोजनाको थप विस्तार गर्न लागेको जनाएको छ । यसैगरी, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा विहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी गराएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए । उनले आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको पनि बताए ।

270
कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

हुवावे टेक्नोलोजीको स्मार्टफोन र फिटनेस ब्यान्ड लगाएतका एक्सेसरिजहरु नेपालमा बजारमा भित्रिएका छन् । एक साताअघि कम्पनीले आफ्नो पछिल्लो स्मार्टफोन पी ३० सिरिजसँगै स्मार्टवाच, फिटनेस व्यान्ड र वायरलेस इयरफोन लगाएतका एक्सेसरिज सार्वजनिक गरेको हो । हुुवावे वाच जिटी नेपालमा सार्वजनिक गरिएको हुुवावेको स्मार्टफोन नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

424
कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

काठमाडौं उपत्यकामा चल्ने पाँच हजार भन्दा बढी ट्याक्सीको सेवा आफ्नो अनुकुलताका अनुसार एप्लिकेसनबाट लिन सकिने भएको छ । एप्लिकेसनको सहायताले बोलाइने ट्याक्सी पाँच मिनेटमै बोलाएको स्थानमा ट्याक्सी आइपुग्नेछन् । इजी ट्याक्सी नेपाल एप मार्फत् वैशाख दोस्रो सातादेखि सेवा दिने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ । उत्यकाका ट्याक्सी मिटरमा समेत जान मान्दैनन् भन्ने सन्देश रहीरहेको अवस्थामा संघले सरकारी दरमै ट्याक्सी सेवा दिने गरि एप्लिकेसनको घोषणा गरेको हो ।

1145
कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६

एसईई परीक्षा दिएर बसेका युवाहरुलाई लक्षित गरी नयाँ वेब पोर्टल आफ्टर–एसईई सार्वजनिक गरिएको छ । एसईईपछि दश जोड दुई भर्ना हुनुअघिको खाली समयलाई सदुपयोग र भविष्यको लागि के गर्ने भन्ने जिज्ञासा मेटाउन वेबसाइट सार्वजनिक गरिएको जनाइएको छ ।

325
सरस्वती ढकाल
बिहिवार, बैशाख ५, २०७६

नेपालमा कुनै समय यस्तो थियो, आफन्त भेट्न दिनहुँ हिँडेर पुग्नुपथ्र्यो । हिँड्दा–हिँड्दैबीच बाटोमा पत्ता नलागेर अलपत्र हुनुपथ्र्याे । गाडी गुड्दा गुड्दै पेट्रोल सकियो वा राम्रो रेस्टुरेन्ट खोजी गर्नुप-यो वा अस्पतालको लोकेसन थाहा पाउनुप-यो भने गाडी ओर्लेर सोधखोज गर्नुप-यो । तर, अब समय र प्रविधिले फड्को मारेको छ । एउट सुविधा सम्पन्न मोबाइलले लोकेसन, घर सहाउँदो पेन्टिङ रंग, राम्रो अस्पताल, रेस्टुराँ, होटल, ट्याक्सी फेयर्स, बैंक अकाउन्ट, नेप्सेको लगायतको जानकारी जहाँ पुगे पनि थाहा पाउन सकिन्छ । केही युवा जनशक्तिको प्रविधिमा मेहनत र झुकावले हजारौं मानिसको जीवनशैली फेरिदिएको छ ।

216
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित ३९ अर्ब रूपैयाँ कर तिर्नु पर्ने बाँकि निर्धारण गरेको छ । सर्वोच्च अदालतले कर निर्धारण गरी ३ महिनाभित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ ७१ पैसा बुझाउन एनसेललाई निर्देशन दिएको हो ।

215
कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६

नेपाल टेलिकमले जनकपुरमा फाइवर टु दी होम (एफटीटीएच) सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कम्पनीले एफटीटीएच सेवा सुरु गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन गरी सेवाको औपचारिक सुरुवात गरेका छन् ।

321
कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

चिनियाँ टेक कम्पनी साओमीका संस्थापक लेइ जुनले ७३ करोड ५० लाख पाउन्ड स्टर्लिंग बराबरको बोनस पाएका छन् । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यसको पुष्टि आफ्ना वार्षिक प्रतिवेदनमा उल्लेख गरी गरेको छ ।

521
एजेन्सी
शुक्रवार, चैत्र २९, २०७५

विकिलिक्सका संस्थापक जुलिआन आसान्जलाई अन्ततः बेलायती प्रहरीले पक्राउ गरेको छ । लन्डनस्थित इक्वेडरको दूतावासमा लुकेर बसेका असान्जलाई त्यहाँको प्रहरीले पक्राउ गरिएको हो । असान्ज इक्वेडरको शरणार्थी भएर त्यहाँ बसिररहेका थिए । ७ वर्ष देखि असान्ज त्यही बसिरहेका थिए । बेलायतले निस्कने बित्तिकै समात्ने भन्दै आएको थियो ।

465
कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालले नयाँवर्ष २०७६ को उपलक्षमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर अन्तर्गत ग्राहकले सामसङका सामानहरुको खरिदगर्दा आकर्षक उपलब्ध गराउने कम्पनीले जनाएको छ । अफर अन्तर्गत ग्राहकहरुले सामसङ टिभिको खरिदमा ३२ प्रतिशतसम्मको छुट, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ ।

483
एजेन्सी
मंगलबार, चैत्र २६, २०७५

विश्वकै ठूलो स्मार्टफोन निर्माता कम्पनी पछिल्लो समयमा स्मार्टफोनको विश्वव्यापी मागमा आएको कमीबाट नराम्ररी प्रभावित भएको छ । यो दक्षिण कोरियाली प्रविधि कम्पनीले आपूmले गत वर्षको समान अवधिको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा सञ्चालन नाफामा ६० प्रतिशतको गिरावट आउने अपेक्षा गरेको छ ।

441
कारोबार संवाददाता
सोमवार, चैत्र २५, २०७५

विश्व प्रसिद्ध कम्पनी साओमीले आफ्नो उत्पादनमा क्रान्तिकारी फ्डको मार्दै उच्चतम प्रविधियुक्त रेडमी सिरिजअन्तर्गतको रेडमी नोट७ र रेडमी७ एकसाथ बजारमा ल्याएको छ । आश्चर्यजनक स्तरको अनुभव प्रदान गर्ने रेडमी नोट७ को प्रमुख विशेषतामा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरूको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुत र टिकाउ युक्त रहेको कम्पनीले जनाएको छ ।

438