धर्मेन्द्र कर्ण
शुक्रवार, भदौ २२, २०७५
700

एआर्ईको प्रयोग रेलदेखि खेलसम्म, घरदेखि बजारसम्म र धरतीदेखि आकाशसम्मको गतिविधिमा गर्न लागिएको छ । त्यतिमात्रै होइन, युद्ध र प्रेमका समस्याहरूको समाधान गर्न भइरहेको छ । आर्थिक युगमा मानिसहरूको व्यस्तताले पारिवारिक जीवन समाप्त भएको चिन्ता पनि समाजशास्त्रीहरूको चिन्ता व्यक्त भइरहेको छ । आर्थिक गतिविधिमा व्यस्त जीवनमा एक्लोपनलाई हलुंगो पार्न जापानको एक कम्पनीले एआर्ईमा आधारित एक डिभाइसको विकास गर्यो ।

काठमाडौं - अहिलेको सर्वाधिक चुनौती र सम्भावना बोकेको विज्ञान प्रविधिको नविनतम विकास कृत्रिम बौद्धिकता (एआर्ई) मानिएको छ । सूचना प्रविधिका ठूला ठूला कम्पनीहरूले यसको प्रयोग मानव हितमा हुने र गर्ने दाबी गर्दै आएका छन् । यसको असहमतिमा सार्वजनिक विचारले यसको उपयोग मानव हितमा हुन नहुने र गर्न नहुने विचारलाई अगाडि बढाइरहेका छन् ।
एआर्ईको प्रयोग रेलदेखि खेलसम्म, घरदेखि बजारसम्म र धरतीदेखि आकाशसम्मको गतिविधिमा गर्न लागिएको छ । त्यतिमात्रै होइन, युद्ध र प्रेमका समस्याहरूको समाधान गर्न भइरहेको छ । आर्थिक युगमा मानिसहरूको व्यस्तताले पारिवारिक जीवन समाप्त भएको चिन्ता पनि समाजशास्त्रीहरूको चिन्ता व्यक्त भइरहेको छ । आर्थिक गतिविधिमा व्यस्त जीवनमा एक्लोपनलाई हलुंगो पार्न जापानको एक कम्पनीले एआर्ईमा आधारित एक डिभाइसको विकास गर्यो । त्यसले एक्लोपनमा पत्नीले रमाइलो रमाइलो कुरो गरेर सेवा उपलब्ध गराउन एआर्ई पत्नीको निर्माण गरेको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा बिरामीको उपचारमा देखिएका समस्याहरूको समाधान गर्न पनि एआर्ईको उपयोग गरिएको छ । एआर्ईको उपयोग गरी अनुसन्धानकर्ताहरूले क्यान्सर रोगको उपचारमा देखिएको जटिलतालाई सहजतामा रूपान्तरण गर्न सफलता प्राप्त गरेका छन् । स्तन क्यान्सर, छालाको क्यान्सर, फोक्सोको क्यान्सर लगायत १०० भन्दा बढी किसिमको क्यान्सर रहेको विज्ञहरूको भनाइ रहेको छ ।

यो रोगको लक्षणहरू भिन्न प्रकारका हुन्छन् । झन् भन्नुपर्दा क्यान्सरको लक्षण समयमा पहिचान हुन नसक्दा मानिसहरूको ज्यान जाने गरेको छ । यसका उपचारहरूमा केमोथेरेपी, र शल्य चिकित्साविधिहरू मुख्य रूपमा रहेको पाइन्छ ।
हालै क्यान्सरको उपचार सहज बनाउने अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरूलाई ठूलो सफलता प्राप्त भएको छ । वैज्ञानिकहरूले एआर्ईको उपयोग गरी क्यान्सरको विकासक्रमलाई पत्ता लगाउने विधिको प्राप्त गर्न सफल भएका हुन् । उनीहरूको यो सफलताले चिकित्सहरूलाई क्यान्सरका रोगीहरूको उपचार गर्न सहजता उपलब्ध गराउने छ । रोगीहरूलाई सर्वाधिक प्रभावशाली उपचार कहाँबाट कसरी शुरू गर्ने विषयमा चिकित्सकहरूले ज्ञान प्राप्त गर्ने छन् ।
लन्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर) र युनिभर्सिटी अफ एडिनबर्गका अनुसन्धानकर्ताहरू विगत केही दिनदेखि अनुसन्धानमा संलग्न थिए । सो संयुक्त अनुसन्धान टोलीले संयुक्त रूपमा खोज गरेको प्रविधिलाई ‘रिभाल्भर’नाम दिएका छन् । यसलाई रिपिटेड इभोल्युशन अफ क्यान्सर पनि भनिएको छ । क्यान्सर पीडित रोगीको शरीर भित्र रहेको सूक्ष्म तत्व डिएनएमा परिर्वतन हुन्छ । यसरी डिएनएमा हुने परिवर्तन कसरी हुन्छ, त्यसको अध्ययन चिकित्सकहरूका लागि आवश्यक थियो । एआर्ईमा आधारित डिभाइसको मद्दतले यसरी डिएनएमा हुने परिवर्तनको प्रणाली (प्यार्टन)लाई रेकर्ड गर्न सकिन्छ । यसरी गरिएको रेकर्डले भविष्यमा रोगीको डिएनमा परिवर्तन कसरी गराउँछ, त्यसको विवरण उपलब्ध गराउँछ । जुन जानकारी चिकित्सकहरूका लागि आवश्यक हुन्छ । यो उपचारका लागि उपयोगी मानिएको छ ।
क्यान्सरका रोगीहरूको शरीरमा हुने गाँठो (ट्युमर)मा भइरहने निरन्तरको परिवर्तन भइरहन्छ । यसको अध्ययन गर्न उपचारमा संलग्न चिकित्सकहरूका लागि समस्या छ । एआर्ईको उपयोगले बनेको डिभाइसबाट यी अनुसन्धानकर्तारूले क्यान्सरका रोगीहरूको शरीरमा हुने गाँठो (ट्युमर)मा भइरहने निरन्तरको परिवर्तनको अध्ययन गर्न सक्षमता प्राप्त गरेका हुन् । क्यान्सरको उपचारमा यसलाई ठूलो चुनौती अहिलेसम्म मानिएको थियो । कुनै क्यान्सरले औषधिलाई असरहीन बनाउँछ । जसलाई ‘ड्रग रेसिस्टयान्ट’को अवस्था बुझाउँछ । यस्तोमा शरीरमा दिइने औषधि प्रभावहीन हुन पुग्छ ।
चिकित्सकहरूले ट्युमरको विकासक्रमबारे जानकारी पाएमा त्यो ड्रग रेसिस्टयान्ट हुन अघि उपचार शुरू गर्न सक्नेछन् । अनुसन्धानकर्ताहरूको यो संयुक्त टोलीको अध्ययनले ट्युमरमा निरन्तर भइरहने परिवर्तन र क्यान्सरबाट जोगिन सक्ने विषयमा आवश्यक जानकारी उपलब्ध गराउने सम्बद्ध विज्ञहरूको भनाइ छ । यो प्रविधिबाट डिएनएमा हुने परिवर्तनको प्यार्टनको अध्ययन सहज भएको छ । साथै यसबाट क्यान्सर पत्ता लगाउन सहयोग गर्ने र यसको उपचार त्यस अनुरूप गर्न सकिने उनीहरूले जनाए ।
उदाहरणका लागि ब्रेस्ट ट्युमरमा ट्युमर रोक्न पी५३प्रोटिनको जीनमा कमी आउँछ । त्यसपछि क्रोमोजोममा ८ मा परिवर्तन हुन्छ । यस्तोमा रोगीको ज्यान जोगिने सम्भावना कम हुने गर्छ । अनुसन्धानकर्ता टोलीले एक मेसिनमा आधारित प्रविधिको विकास गरेको छ । त्यो प्रविधिले रोगीको ट्युमरबारे जानकारी दिनेछ । अनुसन्धानकर्ताहरूले फोक्सो, स्तन, मिर्गौला र आन्द्राको क्यान्सरका लागि पछिल्ला अध्ययन गरे । १७८ रोगीको ७६८ ट्युमरको नमूनालाई उपयोग गरी ट्युमरको डेटा संकलन गरेका थिए ।
डेटा संकलन क्यान्सर पत्ता लगाउन गरिएको थियो । साथै सबै क्यान्सरसँग यो अध्ययनले तुलना पनि गरेको छ । प्याटर्न पत्ता लगाएर क्यान्सरको जैविक अवस्थाको उपलब्ध जानकारीलाई जोडेर वैज्ञानिकले ट्युमरको विकास पत्ता लगाउन सक्छन् । यो अनुसन्धान जरनल नेचर मेथड्समा प्रकाशित भएको छ । यो टोलीको प्रमुख चिकित्सक एन्ड्रिया सोट्टोरिवाले अहिलेसम्म क्यान्सर कसरी बढिरहेको छ, त्यसको जानकारी गर्न गाह्रो रहेको र अब यो जानकारी पाउन सफलता मिल्ने भएको बताए । इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्रोफेसर पालवर्कम्यानले भने, “क्यान्सरको विकास उपचार गर्न सबैभन्दा ठूलो चुनौती थियो ।” अनुसन्धानमा हात लागेको सफलता अनुसार विश्व जनसंख्यालाई क्यान्सरमुक्त बनाउन एआई प्रविधिमा आधारित मेसिनहरूको विश्वभर उपलब्ध हुने हो भने नेपालजस्तो मुलुकले पनि लाभ लिन सक्नेछ ।