कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
647

माइक्रोसफ्टले ब्राउजर वार्निङ फिचरको परीक्षण गरिरहेको छ । यसले क्रोम वा फायरफोक्स वेब ब्राउजरलाई उपभोक्ताले इन्स्टल गर्न शुरू गर्दा उपभोक्तालाई वार्न गराउनेछ ।
यो फिचर विन्डोज १० मा देखिएको छ । विन्डोजको आउँदै गरेको नयाँ भर्सनमा यस्तो देखिएको हो । माइक्रोसफ्टको आफ्नै ब्राउजर माइक्रोसफ्ट एज ब्राउजर इन्बिल्ट भएकाले कम्पनीले आफ्नो ब्राउजर बाहेकको ब्राउजरलाई भेरिफाइ गरेर मात्र इन्स्टल गर्ने फिचर ल्याएको हो । विन्डोज १० अपरेटिङ सिस्टमका लागि इज द्रुत गतिमा सुरक्षित ब्राउजर भएको दाबी गरिएको छ ।

माइक्रोसफ्टले विकास गरेको वार्निङ फिचरले गुगल क्रोमलाई पनि थ्रेट गरेको छ । वर्षौंदेखि चलनमा हरेको गुगल क्रोम कम्युटरमा इन्स्टल गर्दा समेत वार्निङ आएपछि कतिपयले यसको आलोचना गरेका छन् । प्रयोगकर्ताहरुले माइक्रोसफ्ट एजको प्रयोग गर्ने भए पहिले नै गरिसक्थ्यौं, यसरी मार्केटिङ नगर भन्ने प्रतिक्रिया दिइरहेका छन् ।
भविष्यमा विन्डोज १० को भर्सनका लागि यसले सहयोग गर्नेछ । यो ब्राउजरको परीक्षण केही सीमित उपभोक्ताबीच परीक्षण भइरहेको उसले जनाएको छ । यसमा विभिन्न किसिमको विशेषता रहेको जनाइएको छ । यो वार्निङले इन्स्टल्ड भइरहेको कुनै पनि सफ्टवेयरलाई रोकेको छैन ।
यसको प्रयोगबाट उपभोक्ताले ब्राउजरमा नियन्त्रण र छनौटको सुविधा पाउने नै छन् । विगतमा माइक्रोसफ्टलाई डेस्कटप कम्प्युटिङमा डोमेनको प्रयोग गर्दा अर्बौ डलर जरिवाना तिर्नु परेको छ ।