कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
161

विश्वमै नौलो प्रविधिका रुपमा लिइने फोनको स्क्रीनमै फिंगरप्रिन्ट सेन्सर भएको फोन नेपाल भित्रेको छ । चिनियाँ कम्पनी भिभोको भिभो भी ११ प्रो फोन बिहीबार राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच भिभो भी ११ पनि सार्वजनिक गरिएको छ ।
मिड रेन्जको फोनमै अन स्क्रीन फिंगर पिन्ट र आर्टिफेसियल इन्टिलिजेन्ट चिप प्रयोग गर्ने भिभो अग्रणि कम्पनी हो । भी ११ प्रोमा फिंगर प्रिन्ट स्क्यानका लागि छुट्टै स्थान नभएर सिधै स्क्रीनमै फिंगरप्रिन्ट प्रयोग गर्न मिल्नेछ । यो सुविधा फ्ल्यागशीप किलर मानिने वनप्लस र विश्वकै एक नम्बर मोबाइल कम्पनी सामसङले पनि आफ्ना आगामी उत्पादनमा प्रयोग गर्ने योजनामा छन् ।

भारतीय बजारमा सार्वजनिक गरेको एक साताभित्रै कम्पनीले नेपालमा पनि औपचारिक रुपमा सार्वजनिक गरेको हो । यससँगै स्मार्टफोन फिचरमा विश्वकै नयाँ प्रविधिको प्रयोग नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने भएका छन् । भिभो भी ११ प्रोमा रहेको एआइ असिस्टेन्ट जोभीले मोबाइलमा एआइ प्रयोगको अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा जडित स्न्यापड्रागन ६६० एआइ चिपसेटले एआइ प्रविधिलाई मोबाइलमा प्रभावकारी प्रयोग गर्न सहयोग गर्दछ ।
हार्डवयर एआइ फिचर लक्षित भएकाले हाल उपलब्ध र भविष्यमा विकसित हुने एन्ड्रोइडमा उपलब्ध हुने एआइ फिचरको मजा भिभोमा लिन पाइने छ भने उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एआइमा आधारित सफ्टवेयरमा पनि थप सुविधा थप्न सक्छ । भिभो नेपालका ब्रान्ड म्यानेजर पेंदाले नेपालमा भिभोको नयाँ संस्करण सार्वजनिक गर्न पाउँदा खुशी लागको बताए । “हाम्रो प्राथमिकतामा उपभोक्ताको आविश्कारिक अनुभव अनुभव केन्द्रीत गर्नु रहँदै आएको छ,” स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले भने, “हाम्रा प्रयोगकर्ताहरुका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जना गर्नका लागि हामीले एआइ पावरयुक्ट भि ११ प्रो स्मार्टफोन सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएका छौं ।”
उत्कृष्ट साउण्ड गुणस्तर र अल्टिमेट फोटोग्राफी प्रदर्शन गर्नका लागि आफ्नो ध्यान केन्द्रित गर्दै आएको भिभोको विश्वभर २० करोड भन्दा बढि प्रयोगकर्ता रहेका छन् । नेपालमा सार्वजनिक गरिएको भीभो भी ११ प्रोको बजार मूल्य ४९ हजार ४९० र सँगै सार्वजनिक गरिएको भी ११ को मूल्य ३९ हजार ९९० तोकिएको छ । दुबै फोन आउँदो असोज ४ गते देखि बजारमा उपलब्ध हुने भिभो नेपाल प्रालिले जनाएको छ ।
भीभो भी ११ प्रोले डिउल क्यामराबाट एआइ फोटोग्राफीलाई प्राथमिकता दिएको छ । यसको एफ-१.८ अपरर्चर सहितको मुख्यक्यामराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ । यसले ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्न सक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ ।