कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
744

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पहिलो साताका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एन्ड विन’ १० सातासम्ममा सञ्चालनमा रहने अफर हो ।
१० विजेता ग्राहकहरूमध्ये दुई जनाले बिहीबार जनही नगद १ लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को साता लिने जनाएकाले कम्पनीले सोही अनुरूप उनीहरूलाई दोस्रो हप्ताका विजयी ग्राहकहरूसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो साताका थप पाँच विजेताहरूको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको छ र प्रक्रिया समापन लगत्तै नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले दुई विजयीहरू झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । ‘रिचार्ज एण्ड विन’ अफर भदौ १७ गतेबाट सञ्चालनमा छ । यस योजनामा सप्ताहभर सय रुपैंया वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् ।
यो योजनाअन्तर्गत प्रत्येक विजयीले खुद १ लाख रुपैयाँनगद पुरस्कार पाउँछन् । यसमा लाग्ने कर कम्पनीले नै बेहोर्ने छ । यो योजना साप्ताहिक चक्रमा सञ्चालन भइरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक सय रुपैयाँ बराबरको रिचार्जका आधारमा उनीहरूले एसएमएसमार्फत एउटा कोड प्राप्त गर्छन् । प्रत्येक साताको १० भाग्यशाली ग्राहकहरूको छनोट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रममार्फत गरिने कम्पनीले जनाएको छ ।