कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
421

ग्याजेट पारखीहरूललले किस्ताबन्दीमा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आइफोन, आइप्याड, म्याकलगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।
मोबाइल एक्सचेञ्जज अफरका साथै एएउटा मोबाइल किन्दा अर्को एउटा सित्तैमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायतका सामान किन्न सकिन्छ ।

“मेलामा जस्तो सुकै पुरानो मोबाइलको पनि उचित मूल्य पाउनुका साथै सट्टा–पट्टा पनि गर्न सकिन्छ ।” सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने । “मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाइल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।”
मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइनेछ । निःशुल्क पार्किङको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार वितरण गर्नेछ ।
मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफूले खरिद गरेको अर्को एउटा सामान सित्तैमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ । सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस, नोकिया, कलर्स, एमआई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्रान्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आइप्यड मोबाइल हबको आकर्षण हुन् ।