कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
412

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सि ए ७ को सफल प्रिबुकिङ पछि हालै बहुप्रतिक्षित नीलो रंगमा ग्यालेक्सि ए ७ नेपाली बजारमा प्रस्तुत गरेको जनाएो छ । ग्यालेक्सि ए ७ उपभोक्ताहरूको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवा–युवतीहरूले स्मार्ट फोनमा भएको फ्रन्टक्यामराको उपयोग दैनिक गर्ने हुनाले फ्रन्टक्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ । नयाँ ग्यालेक्सि ए ७ मा तीनवटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्रि अल्ट्र वाइड लेन्स रहेकोले यसले मानिसको आँखाबाटजस्तो देखिन्छत्यस्तै गरी तस्बिर खिच्न सक्ने जनाएको छ । ग्यालेक्सि ए ७ कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको तथा २४ मेगापिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँप्रविधि समायोजन गरिएको पनि कम्पनीले जनाएको छ । ग्यालेक्सी ए ७ को नेपाली मूल्य रु.४२,९९० (४ जीबी तथा ६४ जीबी) तोकिएको तथा यी नीलो रकालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूको लागि ग्यालेक्सी ए ७ मा ६००० एमबी डाटाबन्डलिङ पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरूले प्रतिहप्ता ५०० एमबीका दरले १२ सातासम्म एनसेलको डाटाप्याक पनि निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ । साथै शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ६ महिनासम्म ब्रेकेज इन्सुरेन्स पनि प्रदान गरिएको पनि कम्पनीले बताएको छ ।