कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
325

प्रविधि क्षेत्रका उत्कृष्ट उत्पादनबारे जानकारी गराउने उद्देश्यले बर्सेनी आयोजना हुने सीईएस २०१९को टेक प्रडक्ट प्रदर्शनीमा धेरै प्रविधिमा आधारित उत्पादनलाई सार्वजनिक गरिएको छ । टेलिभिजन र स्मार्टफोनजस्ता उत्पादनले त्यसमा लोकप्रियता पाउनु स्वाभाविक हो ।
अमेरिकाको लस भेगासमा आयोजित यो वर्षको कन्ज्युमर इलेक्ट्रोनिक्स शो २०१९ मा हनर भ्यु ट्वेन्टीले सर्वाधिक ध्यान तानेको पाइयो । हनर भ्यू ट्वेन्टीमा ४८ मेगापिक्सलको क्यामरामा थ्रीडी सेन्सर जडान गरिएको छ । ४००० एमएच ब्याट्रीसहित नयाँ भर्सनको एन्ड्रोइड ९ जडान भएको यो स्मार्टफोनले ध्यान तानेको पाइएको हो ।

दोस्रोमा एलजी सिग्नेचर ओएलइडी टीभीआर आकर्षक उत्पादनको रूपमा रहेको पाइयो । फोरके ओएलइडी प्यानलको विन्ड ब्याक भएको यो टीभी उपभोक्तामा प्रभाव छाड्न सफल भएको छ ।
पानासोनिक जीजेड टु थाउजेन्ड तेस्रो लोकप्रिय रह्यो । पानासोनिकले जीजेड टु थाउजेन्ड फोरके ओएलइडी टीभीलाई राम्रो तस्बिर प्रदर्शन गर्न सकिने एच्च प्रविधियुक्त स्क्रिनको निर्माण गरेको छ । डल्बी अटमस स्पिकर, एचडीआर पिक्चर, एचसीएक्स प्रो इन्टेलिजेन्ट प्रोसेसर जस्ता प्रविधि यसमा जडान गरिएको छ ।
चौथो उत्पादनमा विदिंग्स मुभ इसीजी हो । स्वास्थ्य हेरचाहको क्षेत्रमा इसीजीको प्रयोग हुँदै आएको छ । विदिंग्स मुभ इसीजीले उपभोक्ताको मुटुको हेरचाहमा सहयोग पु-याउँछ । यो पहिलो वियरेबल डिभाइस भने होइन । मुभ इसीजीले निद्रा र व्यायामलाई पछ्याउँछ । यसको ब्याट्री प्रभावशाली रूपले १८ महिना टिक्छ ।
स्फेरो स्पेकड्रम्स पाँचौं लोकप्रिय उत्पादन देखा प-यो । गत वर्ष यसको एउटा भर्सन ल्याइएको थियो तर यो वर्ष पनि स्पेकड्रम मन रमाउने खालको टेक प्रडक्टको रूपमा देखियो । यसमा रहेको एपले बालबालिकालाई सहजै सिकाउन पनि मद्दत गर्छ ।
एलजी होमब्रु छैटौं लोकप्रिय टेक प्रडक्ट हो ।
घरमै बियर बनाउने मेसिनको रूपमा यो डिभाइसले लोकप्रियता पाएको हो । दुई साताको ब्रुइङ प्रक्रियाबाट पाँच लिटर बियर घरमा उत्पादन गर्न सकिनेछ ।
रिंग डोर भ्यु सातौं लोकप्रिय टेक प्रडक्टको रुपमा देखाप-यो । स्मार्ट डोरबेल मार्केटमा यो राम्रो उत्पादनको रूपमा आएको छ । ढोकाको चियाउने प्वाल पियर होललाई स्मार्ट बनाएर ल्याइएको छ ।
सामसङको माइक्रो एलइडी मोडुलर टीभी आठौं लोकप्रिय उत्पादन रह्यो । यो मोडुलर टीभी सन् २०२० भन्दा पहिला उपभोक्तासमक्ष आउन समय लाग्ने जनाइएको छ ।
नवौं लोकप्रिय डिभाइसको रूपमा टेक्निक्स एसएल १२१०एमके ७ रहेको छ । यो पुरानो डीजे भर्सनको अपडेटेड रूपमा आएको छ । यसमा जडान गरिएका नयाँ फिचरले यसलाई बढी भरपर्दो बनाएको छ ।
दशौं लोकप्रिय डिभाइसको रूपमा लेनोभो स्मार्ट क्लक देखा प-यो । गुगल असिस्ट्यान्ट सीइएस २०१९ मा निरन्तर लोकप्रियता हासिल ग-यो । मिनि गुगल होम हब एक अलार्म क्लक हो । लेनोभो स्मार्ट क्लक पहिरिने गजेट हो । यसमा स्मार्ट स्पिकर जडान गरिएको छ ।