सरस्वती ढकाल
सोमवार, फाल्गुन २७, २०७५
947

मुलुकका दुई ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच विगतमा तीब्र प्रतिस्पर्धा देखिए पनि हाल भने ग्राहक संख्यामा ठूलो अन्तर देखिएको छ । केही वर्ष अघिसम्म बजारमा आक्रामक योजनाका साथ अघि बढिरहेको बहुराष्ट्रिय कम्पनी एनसेल पछिल्लो समय कर विवादसँगै आन्तरिक समस्यामा परेपछि ग्राहक संख्या अपेक्षाकृत रूपमा बढाउन सकेको छैन । यसको फाइदा सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले उठाएको छ । टेलिकमले ग्राहक संख्या यसबीचमा निकै बढाएको पाइएको छ । भ्वाइस सेवामा मात्रै टेलिकम र एनसेलबीचको ग्राहक संख्या अन्तर झन्डै ५० लाख पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) प्रतिवेदनले ग्राहक संख्यामा कम्पनीहरूबीच ग्राहक संख्याको अन्तर बढ्दै गएको देखाएको हो । मुलुकका दुई ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच विगतमा तीब्र प्रतिस्पर्धा देखिए पनि हाल भने ग्राहक संख्यामा ठूलो अन्तर देखिएको छ । केही वर्ष अघिसम्म बजारमा आक्रामक योजनाका साथ अघि बढिरहेको बहुराष्ट्रिय कम्पनी एनसेल पछिल्लो समय कर विवादसँगै आन्तरिक समस्यामा परेपछि ग्राहक संख्या अपेक्षाकृत रूपमा बढाउन सकेको छैन । यसको फाइदा सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले उठाएको छ । टेलिकमले ग्राहक संख्या यसबीचमा निकै बढाएको पाइएको छ । भ्वाइस सेवामा मात्रै टेलिकम र एनसेलबीचको ग्राहक संख्या अन्तर झन्डै ५० लाख पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) प्रतिवेदनले ग्राहक संख्यामा कम्पनीहरूबीच ग्राहक संख्याको अन्तर बढ्दै गएको देखाएको हो । मुलुकमा फिक्स्ड टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या चार करोड पुगिसकेको छ । एकातर्फ एकभन्दा धेरै सिमकार्ड लिनेको सख्या बढ्दै जानु र अर्काेतर्फ सेवाप्रदायक कम्पनीहरूले ग्रामीण भेगसम्म सेवा विस्तार गर्नाले पनि ग्राहक संख्या बढेका हुन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनसख्याको आँकडा र टेलिफोन तथा सिमकार्ड सेवाग्राहीका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १३६.४४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको जनाएको छ ।एमआईएस रिपोर्टअनुसार ३ करोड ९९ लाखले विभिन्न खालका दूरसञ्चार सेवा लिएका छन् । जसमध्ये साधारण टेलिफोन (ल्यान्डलाइन) प्रयोगकर्ता ६ लाख ७६ हजार छन् ।
कुल दूरसञ्चार पहुँचमा यो २.७३ प्रतिशत हो । “विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रमा भएको व्यापक विकास र विस्तारसँगै नेपालमा पनि दूरसञ्चार क्षेत्र छोटो समयमा छिटो र धेरै जनतासम्म पहुँच पुग्न सफल भएको क्षेत्र हो,” प्राधिरकरणका प्रवक्ता अर्याल भन्छन्, “अहिलेसम्म ग्राहकले सिमकार्ड कतिवटासम्म लिन पाउने भन्ने स्पष्ट व्यवस्था छैन, अब हामी ग्राहकलाई अनिवार्य रूपमा ‘नो योर कस्टमर’ (केवाइसी) सम्बन्धी व्यवस्था लागू गर्दैछौं ।”   प्रतिवेदनअनुसार नेपाल टेलिकमका ग्राहक २ करोड १२  लाख पुगेका छन् भने एनसेलका १ करोड ६३ लाख, स्मार्ट टेलिकमका १९ लाख, नेपाल स्याटेलाइट टेलिकमका ३ लाख र अन्य ग्राहक साना कम्पनीका छन्  । एमआईएस रिपोर्टअनुसार टेलिकमको भ्वाइस सेवामा ५३ प्रतिशत र एनसेलको ४१ प्रतिशत बजार हिस्सा छ । बाँकी अन्य साना कम्पनीहरू स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम र एसटीएम (सिजी) टेलिकमको छ । पछिल्लो समयमा स्मार्ट टेलिकमको बजार विस्तार बढेपनि अरु साना कम्पनीले भने बजारीकरण गर्न सकेका छैनन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या समेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआईएसअनुसार १ करोड ६६ लाख अर्थात कुल जनसंख्याको ५६.७१ प्रतिशतमा ब्रोडव्याण्ड सेवा पुगेको छ । मोबाइल, ल्याण्डलाइन, डायलअप, केवल मोर्डेम, एडीएसएल, जीपीआरएस थ्रीजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडव्याण्ड इन्टरनेट सुविधा पु-याउने तयारी गरेको छ ।

सूचना सञ्चार प्रविधि (आइसीटी) मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोवाइल प्रयोगकर्ताको बृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा ध्यान दिएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।