एजेन्सी
शुक्रवार, चैत्र २९, २०७५
461

विकिलिक्सका संस्थापक जुलिआन आसान्जलाई अन्ततः बेलायती प्रहरीले पक्राउ गरेको छ । लन्डनस्थित इक्वेडरको दूतावासमा लुकेर बसेका असान्जलाई त्यहाँको प्रहरीले पक्राउ गरिएको हो । असान्ज इक्वेडरको शरणार्थी भएर त्यहाँ बसिररहेका थिए । ७ वर्ष देखि असान्ज त्यही बसिरहेका थिए । बेलायतले निस्कने बित्तिकै समात्ने भन्दै आएको थियो । इक्वेडोरका राष्ट्रपति लेनिन मोेरेनोले असान्जले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेपछि उनको शरणार्थीको हैसियत फिर्ता लिएको बताए ।
विकिलिक्सले इक्वेडरले राजनीतिक शरणार्थीको हैसियत अवैध तरिकाले हटाएको आरोप लगाएको छ । बेलायतका गृहसचिव साजिद जाविदले ट्विट गरेर असान्ज बेलायती प्रहरीको हिरासतमा रहेको जनाएका छन् । इक्वेडरको सरकारले असान्जलाई दिएको शरणार्थीको हैसियत फिर्ता लिएपछि बेलायती प्रहरी लन्डनस्थित इक्वेडरको दूतावास भित्र पसेर गिरफ्तार गरेको थियो । ४७ वर्षीय असान्ज दूतावासबाट निस्किन चाहेका थिएनन् ।
सन् २०१२ देखि बस्दै आएका असान्जले स्विडेन सुपुर्दगी गराउन मानेका थिएनन् । असान्जले विश्वका सरकारका तर्फबाट हुने गुप्त पेजहरूलाई सार्वजनिक गरी तहलका मचाएका थिए ।