कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५
516

चिनियाँ टेक कम्पनी साओमीका संस्थापक लेइ जुनले ७३ करोड ५० लाख पाउन्ड स्टर्लिंग बराबरको बोनस पाएका छन् । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले यसको पुष्टि आफ्ना वार्षिक प्रतिवेदनमा उल्लेख गरी गरेको छ ।
उनलाई कम्पनीमा ८ वर्ष देखि देखाएको समर्पणका लागि यो बोनस दिइएको हो । लिइले यो बोनस रकम दानदातव्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । यो रकमबाट कर काटेर बाँकी रहेको रकम दानमा दिने भएका हुन् । यसरी काटेर बाँकी हुने रकमको मूल्य ९६ करोड २० लाख अमेरिकी डलर बराबर हुनेछ ।
बेइजिङमा आधारित साओमी कम्पनी विश्वको चौथो ठूलो स्मार्ट फोन बनाउने कम्पनी हो । सामसङ, एप्पल र हुवावे पछिको यो कम्पनी भएको बजार अनुसन्धान संस्था आइडीसीले जनाएको छ । स्मार्टफोनको बजार खुम्चिरहेको बेला यसले हाते मोबाइलको सिपमेन्ट ३२.२ वृद्धि गरेको पाइएको छ ।