धर्मेन्द्र कर्ण
शुक्रवार, जेठ २५, २०७५
508

 रोबोट बनाउने कम्पनी बोस्टन डाइनामिक्सले सार्वजनिक गरेका रोबोटहरू डरलाग्दो देखिएको छ । तर, कम्पनीका प्रमुख कार्यकारी मार्क रेइबर्टले भने आफ्ना रोबोटहरू हत्यारा मेसिन नभई सेवक मेसिनजस्तो कार्य गर्ने विश्वास दिलाउँछन् ।
उनले यस्तो विश्वास दिलाइरहँदा यी मेसिन हत्यारा हुन् वा घरपरिवारका काममा सघाउने सेवक वा समग्र रूपमा अन्य केही स्पष्ट हुन भने अझ बाँकी छ । ९ वर्षदेखि गुप्तरूपमा काम गरिरहेको यो कम्पनी अमेरिकी सेनाको लगानीबाट सुरू गरिएको थियो । यो कम्पनीले युट्युब भिडियोमार्फत् सार्वजनिक गरेका रोबोटको प्रदर्शनले जनावरको जस्तो गर्ने कार्य गरिरहेको दर्शाउँछ ।
सार्वजनिक गरिएका मध्येको एक रोबोट एक घन्टामा करिब २० माइल कुद्न सक्छ । अर्को सानो पांग्रा भएको रोबोटको नाम स्यान्डफ्लि दिइएको छ । स्यानडफ्लि अगाडि–पछाडि कुदन सक्ने र पछाडि फन्को मारेर उभिन सक्नेसम्मका हर्कत देखाउँछ । तर एक दुर्लभ अन्तर्वार्तामा बोस्टन डाइनामिक्सका प्रमुख कार्यकारी रेइबर्टले आफ्नो कार्यहरूको बारेमा जानकारी दिँदै भनेका छन्, “हाम्रा रोबोट हतियार नभई सेवकको काममा प्रयोग गर्न सकिन्छ ।”
केही महिनाअघिसम्म यो कम्पनी र यसको माउकम्पनी सफ्टबैंकले यसबारे जानकारी खुलाउन अस्वीकार गर्दै आएको थियो । पत्रकारहरू बोस्टनको हेडक्वार्टरमा जाँदा उनले समय नदिने गरेका थिए । एपीले उनले गरेका १० जनासँग मिलेर कामको बारेमा जानकारी दिन आग्रह गर्दा संक्षिप्त अन्तर्वार्ता दिन माने ।
कम्पनीको २६ वर्षको इतिहासमा व्यापारिक प्रयोजनका लागि बनाइएका रोबोटको प्रदर्शन गरी देखाइए । कुकुर जस्तो रोबोटको नाम स्पटमिनि छ । यसले कुुकुरको हाउभाउ दर्शाउँदै कुद्न सक्छ । यसमा क्यामरा जडान गरी आगामी वर्षदेखि सुरक्षा गार्डको रूपमा यसको व्यापारिक बिक्री कम्पनीले खुला गर्ने योजना बनाएको छ । तर बोस्टनका सिइओ रेइबर्टले यी रोबोटको प्रयोग सेनाले गर्दैन भने बारे इन्कार गरेनन् ।
तर, उनले कम्पनीका रोबोट कुनै दिन कसैलाई मार्नका लागि प्रयोग गर्न सकिन्छ त्यस्तो आंशकालाई खारेज गरे । उनले भने, “यो कार, हवाईजहाज, कम्प्युटरजस्ता उपकरणको प्रयोग गरेझै प्रयोग गर्न सकिन्छ ।” हरेक प्रविधिको प्रयोग बहुपक्षीय रूपले गरिन्छ । उनले भने, “केही डरलाग्दो कुरो छ भन्ने मलाई लाग्दैन । रोबोट आफैं डरलाग्दो बनेर आउँछ ।” बोस्टन डाइनामिक्सका कामदारहरूले कम्पनीले रोबोटको व्यापारिक प्रयोजनको अध्ययन गरी यी रोबोटहरू बनाइएको जनाए ।
जनावरजस्तो नक्कल गर्न सक्ने मेसिनले नैतिकता जस्ता विषयलाई ध्यान दिने गरी बनाइएको छैन । पूर्व कामदारहरूले यो कम्पनीको अनुसन्धान प्रयोगशालामा गरिएको लगानी व्यवसायको भन्दा पनि अनुसन्धानको दृष्टिकोणले लगाइएको बताए । प्रमुख कार्यकारीको दृष्टिकोण वर्षौंदेखि चलेको सैनिक सम्झौताबाट जीवित रहेको छ । विषेशगरी प्रतिरक्षासम्बन्धी परियोजना द डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीसँग गरिएको सम्झौताबाट प्रमुख कार्यकारीको दृष्टिकोण जीवित छ । यो परियोजनालाई डीएआरपीए (डार्पा) पनि भनिन्छ ।
सन् १९९४ देखि बोस्टन डाइनामिक्समा लगानी गरिएको छ । १५ करोड अमेरिकी डलरभन्दा बढीको लगानीबाट डेटाबेस सूचीका लागि सुरूवाती सम्झौता गरिएको थियो । एक शताब्दीको कामबाट व्यापारिक मूल्यका लागि रोबोटहरूले काम गर्ने बाटो खुलाएका छन् । यो मनोरञ्जनका लागि वा तिनलाई हतियारका लागि बनाइएको छ त्यसको जवाफ छैन । चालीस वर्षअघि इन्जिनियरिङ क्षेत्रका रेइबर्ट र उनका सहयोगीले कंगारू र अस्ट्रिचको भिडियो देखेर यस्तै खाले कुदने जनावरजस्तो रोबोट बनाउने विचार गरेका थिए ।
सार्वजनिक गरिएका भिडियोमा रोबोटहरूले त्यस्तो हर्कत गरेपछि उनीहरूलाई एक हदसम्मको सन्तुष्टि भने मिलेको छ । रोबोटलाई मान्छेले हान्ने किक दिएपछि सन्तुलनका लागि हकीस्टिकको प्रयोग गर्न सक्ने परीक्षण गरिएको छ । बोस्टन डाइनामिक्सको स्पट मिनी राबो डग अत्याधुनिक रोबोट हो । यसको भिडियो सन् २०१७ को नोभेम्बरमा सार्वजनिक गरिएको थियो ।
कम्पनीको चर्चित मानवजस्तो देखिने ह्युमनोइड रोबोट एटलस हो । यो ६ फुट ९ इन्चको छ । यो स्पट मिनिको हलुका वजन भएको नयाँ भर्सनको रोबोट हो । राबोटिक कुकुर मैदानमा घुम्ने गर्छ । यसले गुप्त कुख्यात जानकारी संकलन गर्न सक्ने कम्पनीको दाबी छ । स्पटमिनि चारखुट्टे कुकुर रोबोट घर र कार्यालयका लागि ठीक छ । यसको वजन २५ केजी वा ३० केजीसम्म हुन्छ । यसमा सबै विद्युत् प्रयोग हुन सक्छ । यसलाई चार्ज गर्न ९० मिनेट लाग्छ ।
यो स्पटमिनि सन् २०१९ मा पहिलो पटक सार्वजनिक गरिनेछ । त्यतिखेर भन्दा यो अझ सुधारिएको छ । यसमा घाँटीको विस्तार गर्न सकिन्छ । यो कतै केलाका बोक्रा खसेको छ भने यसले टिप्न सक्छ । यो तीव्रगतिमा काम गर्ने रोबोट हो । यसमा विभिन्न किसिमका सेन्सरहरू जडान गरिएका छन् । गम्भीर प्रकारको क्यामराहरू यसमा जडान गरिएका छन् । यसमा जडान गरिएका सेन्सरहरूले मोबाइलमा गरिने छेडछाडको जानकारी पनि राख्ने गर्छ । यसले कतिपय काम आफै्र गर्छ, कतिपय उच्चतहको मानवीय निर्देशनमा गर्छ ।
कम्पनीले सार्वजनिक गरेका भिडियोको भने तटस्थ रूपले भने पुष्टि गरिएका छैनन् । सन् २०१३ मा प्रतिरक्षा सम्झौता जति खेर शुरू भयो भने गुगलले बोस्टन डाइनामिक खरिद गर्यो । त्यसपछि यसले सैनिक कार्यको भाग भई काम नगर्ने घोषणा गरेको थियो । कम्पनीका अनुसार रोबोटले वृद्धवृद्धालाई सहयोग गर्ने, किनारा पसलमा काम गर्ने र सामानहरू घरमा पु¥याउने जस्ता काम गर्न सक्छन् । सन् २०१६ देखि गुगलले यो कम्पनीलाई बेच्ने योजना बनाइरहेको छ । जापानी टेक कम्पनी सफ्ट बैंकले यो कम्पनीमा रूचि देखायो । यो सम्झौता यो वर्षको सुरूमा सम्पन्न भएको थियो ।
सफ्ट बैंकले आफ्नो योजनाबारे केही खुलाउन चाहेको छैन । बोस्टनको मानिसजस्तो देखिने एटलस लाइनमा छ । यो पहिलो पटक ११ जुलाई २०१३ मा सार्वजनिक गरिएको थियो । कम्पनीले दाबी गरे अनुसार एटलसको गतिशीलता उच्च कोटिको छ । यो खस्रो चिप्लो जुनसुकै ठाउँमा जान सक्ने खालको रोबोट हो । यो ४ फीट ९ इन्चको छ । यो ७५ किलो छ । यो बाहुला स्वतन्त्र ढंगले हल्लाएर दुई खुट्टामा हिँड्न सक्ने र सामान बोक्न सक्ने काम गर्न सक्छ । एटलसले लडेपछि आफैं उठ्न सक्ने, दौडन सक्ने साँघुरो बीममा सन्तुलन कायम गर्न सक्ने भ्याकुम क्लिनरलगायतका वस्तुले सरसफाइ गर्न सक्ने, कराँतेको किक हान्न सक्ने र कागजका हवाईजहाज फाल्न सक्ने जस्ता काम गर्न सक्छ ।
(एजेन्सीको सहयोगमा)