कारोबार संवाददाता
सोमवार, असार ११, २०७५
381

काठमाडौं-सीजी मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा गप दुई नयाँ मोडल ल्याएको छ । यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको भन्दै कम्पनीले दुई मध्यमा सस्तो मानिएको ओरियन १८१ डब्लुमा १.८ इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, डुबल सिम र १००० एमए एचको ब्याट्री रहेको जनाएको छ ।
वायरलेस एफएम ब्लूटुथ, म्युजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको यस फोनको बजार मूल्य १ हजार १ सय ९९ रुपैया“ तोकिएको छ । साथै, ओरियन २४१ डब्लुमा २.४ इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एमए एचको ब्याट्री छ भन्दै कम्पनीले यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्युजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको बताएको छ । यसको बजार मूल्य भने १ हजार ४ सय ९९ रुपैया“ तोकिएको छ । कम्पनीलाई अझैँ बढी विश्वासिलो र भरपर्दाे बनाउन यी नया“ मोडलमँ १०० दिनको सटही सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।