खेलाडीको तयारीमा प्रविधिको प्रयोग
कारोबार संवाददाता
शुक्रवार, असार १५, २०७५
608

प्रारम्भिक र सेमीफाइनल चरणमा खेलाडीहरूलाई ट्याक्टिकल सूचना दिन विभिन्न सफ्टवेयर तयार गरिएका छन् । यस्तै अनलाइन सफ्टवेयरमध्येको एक हो, टीमएप । यो टोलीसँगको संवाद कायम गर्ने एप हो । टीमएपले भिडियो र अन्य डकुमेन्टलाई चलाउन सहयोग गर्छ । यसले कोचलाई आफ्ना खेलाडीहरूलाई महत्वपूर्ण कुरा सिकाउन सहयोग गर्छ ।

एजेन्सी । रुसमा आयोजित विश्वकप २०१८ को पहिलो लिग चरणको खेलबाट छानिएर १६ टीमको समूहमा प्रवेशको अन्तिम खेलहरू सकिन लागेका छन् । प्रविधिको विकासले मानिसको दैनिक जीवनमा हुने गतिविधिलाई प्रभावित पारिरहेको छ । मानिसका दैनिक जीवनका कठिनाइलाई सहज बनाइरहेको छ ।
यो सहजता प्रविधिले खेलाडीहरूलाई उनीहरूको खेल राम्रो पार्न उपलब्ध गराइरहेको छ । सहजता उपलब्ध गराउने प्रविधिहरू पनि समयको गतिसँगै उन्नत हुँदै गएका छन् ।
प्रविधिको विकासले प्रशिक्षण अभ्यासलाई विकसित गर्दै लगेको छ । प्रविधिको पहुँच र अनलाइन उपकरणहरूको सहज उपयोगबाट खेलाडीहरूलाई तिनका प्रशिक्षकहरूले आवश्यक तयारी गराउन थप दक्षता प्राप्त गरिरहेका छन् ।
अहिले जारी विश्वकप २०१८ का खेलहरूका लागि मात्रै होइन, व्यावसायिक खेलहरूमा राम्रा प्रदर्शन गर्न यी प्रविधिहरूको प्रयोग हुँदै आएको छ ।
राष्ट्रिय टोलीहरूका लागि तिनका खेलाडीहरूको भौतिक अवस्थाबारे निगरानी गर्नुपर्ने विषय धेरै महत्वपूर्ण विषय हो । फुटबलका खेलाडीहरूले भिन्न भिन्न समयमा भिन्न क्लबहरूबाट व्यावसायिक रूपमा खेल्ने गर्छन् । त्यसका लागि उनीहरूको भौतिक तन्दुरुस्ती (फिटनेस) महत्वपूर्ण हुन्छ । दूर निगरानी प्रणालीको कार्यान्वयन गरिरहनाले राष्ट्रिय टोलीका प्रशिक्षक (कोच)हरूलाई बढी व्यवहारिक हुन सहयोग पुराउँछ । कोचहरूलाई यी प्रणालीबाट हरेक खेलाडीको फिटनेसबारे जानकार बनाउँछ । यसबाट उनीहरूले प्रशिक्षण शिविरमा खेलाडीहरूको अभ्यासमा सहयोग प्राप्त गर्छन् ।
प्रशिक्षकहरूलाई यस कार्यक्रममा सघाउने डिभाइस एप्पल वाच हो । एप्पल वाचमा जीपीएस, हर्ट रेट र निद्रा निरीक्षण गर्ने प्रविधिहरू जडान गरिएका हुन्छन् । यी प्रविधिहरूको प्रयोग सापेक्षिक रूपमा कम खर्चिलो हुन्छ । आँकडालाई चाँडै संयोजन गर्न सकिन्छ ।
प्रविधिले हरेक क्लबहरूबीचको सम्बन्ध स्थापित गराउन मद्दत गर्छ । व्यक्तिगत रूपमा तयार पारिएका डाटा संकलनको साझेदारीबाट क्लबहरूलाई भिन्न किसिमको निगरानी प्रणालीको विकास गर्न सहयोग पुराउँछ ।
एप्पल वाचको प्रयोग नगर्नेहरूका लागि सोसरुको प्रयोग गर्न सक्ने क्राइग डनकनको भनाइ छ । उनले भने, “हामीले निगरानी प्रणालीको प्रयोग गरेका छौं । ५० खेलाडीसम्मको निगरानी गरिएको छ । उनीहरूलाई कत्तिको तालिमको आवश्यकता हुन्छ, त्यसको निक्र्यौल यसबाट हुन्छ । उनीहरू तालिम शिविरमा भएका बेला तिनका दैनिक निगरानी गरिन्छ । उनीहरूलाई निद्रा कत्तिको चाहिन्छ र उनीहरू कत्तिको थाक्दा रहेछन् । यसको जानकारी निगरानी प्रणालीबाट गरिन्छ ।”
खेलाडीहरूले प्रतिस्पर्धा गर्दा उनीहरूमा सामरिक (ट्याक्टिकल) तयारीको आवश्यकता हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूका लागि राष्ट्रिय प्रशिक्षण शिविरको कार्य अगाडि बढ्छ, त्यतिखेर प्रशिक्षक समूहमा रहेका सदस्यहरूका लागि यो महत्वपूर्ण हुन्छ । उनीहरूले प्रतिस्पर्धा हुनुअघि छोटो समयमा आफ्ना खेलाडीहरूलाई तत्काल सूचना दिन प्रविधिको माध्यमबाट सहजता प्राप्त गर्छन् । प्रशिक्षण शिविरमा टोलीका लागि र खेलाडीका लागि अपनाउनुपर्ने ट्याक्टिकल सूचनाहरू उपलब्ध हुन्छ । प्रविधिले त्यसलाई छोटो समयमा बुझाउन सहयोग गर्छ ।

खेलाडीहरूले प्रतिस्पर्धा गर्दा उनीहरूमा सामरिक (ट्याक्टिकल) तयारीको आवश्यकता हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूका लागि राष्ट्रिय प्रशिक्षण शिविरको कार्य अगाडि बढ्छ । त्यतिखेर प्रशिक्षक समूहमा रहेका सदस्यहरूका लागि यो महत्वपूर्ण हुन्छ । उनीहरूले प्रतिस्पर्धा हुनुअघि छोटो समयमा आफ्ना खेलाडीहरूलाई तत्काल सूचना दिन प्रविधिको माध्यमबाट सहजता प्राप्त गर्छन् ।

प्रारम्भिक चरण र सेमीफाइनल चरणमा खेलाडीहरूलाई ट्याक्टिकल सूचना दिन विभिन्न सफ्टवेयर तयार गरिएका छन् । यस्तै अनलाइन सफ्टवेयर टीमएप हो । यो टोलीसँगको संवाद कायम गर्ने अगुवा एप हो । टीमएपले भिडियो र अन्य डकुमेन्टलाई चलाउन सहयोग गर्छ । यसले कोचलाई आफ्ना खेलाडीहरूलाई महत्वपूर्ण कुरो सिकाउन सहयोग गर्छ ।
यस्ता विकसित प्रविधिहरू गुगल र एप्पलको अपरेटिङ सिस्टमबाट सञ्चालन हुन सक्छन् । टोलीको खेलसम्बन्धी संस्कृतिलाई प्रविधिबाट खेलाडीहरू समक्ष पुराउन सकिन्छ । यसमा खेलाडीहरूलाई उत्साह बढाउने खालका भिडियोहरू तयार गरिएका हुन्छन् । यसबाट खेलाडीहरूले आवश्यकता अनुसार राम्रो भूमिका प्रदर्शन गर्न सीप र दक्षता प्राप्त गर्छन् ।
राष्ट्रिय टोली र तिनका खेलाडीहरूलाई तयार पार्ने प्रविधिहरूको प्रयोग गरी खेललाई प्रभावकारी बनाउने काम गरिन्छ । यसका प्रविधिलाई क्लब, कोच र खेलाडीबीच एकीकृत रूपमा तयार पारिएको छ । समय समयमा भइरहेका उन्नत विकासहरूबाट यसलाई परिमार्जन गर्ने काम क्लबहरूले गर्दै आएका छन् । यस्ता प्रविधिहरूको प्रयोगबाट रूसमा आयोजित विश्वकप २०१८ शुरू हुनुअघि र अहिले पनि जारी रहेको छ । यसको उपयोग कोच र कोचिङ स्टाफहरूले गरिरहेका छन् ।