कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५
313

तेह्रथुम-जिल्लाको पश्चिमी क्षेत्रको केन्द्रमा रहेको छथर शुक्रबारे बजारमा सात वर्षको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा पनि राज्यको नजरबाट बञ्चित रहँदै आएको यस क्षेत्रको अथाह प्रयासपछि ल्यान्डलाइन टेलिफोन सेवा जडान गरिएको छथर गाउँपालिका प्रमुख सन्तवीर लिम्बूले बताए ।
पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएलएल जडान भई सञ्चालनमा रहेको र १५ वटा फोन प्रक्रियमा रहेका नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताए । वर्षांैको प्रयासमा जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएको जनप्रतिनिधि उमेश पोख्रेलले बताए । टेलिफोन सेवा नहुँदा विभिन्न सरकारी कार्यालयहरूमा सम्पर्क गर्न समस्या हुँदै आएको स्थानीयवासीहरूले बताउने गरेका छन् ।
फोन जढानसँगै एडियसएल सेवाबाट इन्टरनेट जडानतर्फ स्थानीयहरूको आकर्षण बढ््दो रहेको टेलिकम धनकुटाले जनाएको छ । प्रविधिको विकाससँगै यस क्षेत्रमा भरपर्दाे नेटको सेवा नहुँदा विभिन्न डकुमेन्टहरू इमेल गर्न समस्या रहँदै आएको थियो । इन्टरनेट प्रयोग कर्ताको बढ्दो चापसँगै एडिएसएल सेवामार्फत इन्टरनेट बजार क्षेत्रमा जडान भएपछि स्थानीयहरूलाई राहत भएको बताए ।