सागर परियार
बिहिवार, श्रावण १७, २०७५
658

जुम्ला-गुठीचौर गाउँपालिका जुम्लामै पहिलो डिजिटल गाउँपालिका बनेको छ । जुम्लाका एक नगरपालिका र ७ गाउँपालिकामध्ये विद्युतीय प्राणालीमार्फत कार्यसम्पादन गर्ने र प्रविधिमा फड्को मार्ने पहिलो स्थानीय तहका रूपमा गुठीचौर गाउँपालिकाका रूपमा स्थापित भएको छ ।
गाउँपालिकाको कार्यालयमा २४ घण्टा इन्टरनेट सेवा, २४ सै घण्टा पावर सिस्टम, विद्युतीय हाजिरी र सीसी क्यामरा जडानसँगै गाउँपालिका डिजिटलमय बनेको हो । जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकामध्ये प्रविधिको रूपमा फड्को मार्ने पहिलो गाउँपालिका गुठीचौर बनाउने योजनाअनुसार काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए ।

उनले भने, गाउँपालिकाका सबै वडा र विद्यालयमा क्रमिक रूपमा इन्टरनेट र डिजिटल हाजिरी जडान गरिँदैछ । जसले गर्दा दैनिक कार्यसम्पादन, सेवा प्रवाहदेखि कर्मचारी नियमित हुने, जनतामुखी गाउँपालिका बनाउने उद्देश्य पूरा भएको शर्माले दाबी गरे ।
“स्थानीय तहमा सुशासन कायम राख्न तथा जनसेवामा कर्मचारीले दत्तचित्त भएर लागे नलागेकाबारे प्रत्यक्ष रूपमा सबै गतिविधि सीसी क्यामराले निगरानी गर्ने र ठग्ने कर्मचारीलाई समेत कारबाही गर्ने उल्लेख गरे । गाउँपालिका भित्रका ५ वटा वडामै पावर सिस्टम जडान भइसकेको छ ।
“कर्मचारी नियमित आए नआएको विद्युतीय हाजिरीले प्रमाणित गर्नेछ । भने, नियमित जिम्मेवारी अनुसार काम गरे नगरेको सीसी क्यामराले निगरानी गर्ने बताइएको छ । नगाउँपालिका र वडा कार्यालयभित्र भइरहेका हरेक क्रियाकलापको सीसी क्यामराले निगरानी राख्नेछ । प्रमुख प्रशासकीय अधिकृत शार्माले भने, डिजिटल प्रविधि जडानसँगै यहाँका विकृति विसंगतिको अन्त्य हुने विश्वास गरिएको छ, यसका लागि सबैको साथ र सहयोग आशा गरिएको बताए । सुशानमैत्री गुठीचौर बनाउने हाम्रो संकल्पलाई प्रविधिले नै पूरा गर्ने सोचका साथ सबै प्रविधि जडान गरी डिजिटल गाउँपालिका बनाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।
उनले भने, “जिल्लाकै पहिलो डिजिटल गाउँपालिका बनाउन सकेकोमा गर्व लागेका छ । यो कार्यले काम गर्नका लागि कर्मचारी, जनप्रतिनिधि सबैलाई उत्प्रेरणा मिल्नेछ । प्रत्येक वडा कार्यालय र विद्यालयहरूमा समेत यो प्रविधि जडान विस्तारै गर्ने योजना रहेको बताए । जतिवेला गए पनि विद्युतीय हाजिरी र सीसी क्यामराको फुटेज हेरेर भए गरेका क्रियाकलाप हेर्न र बुझ्न सकिने उनको भनाइ छ ।
५ वर्षभित्र जुम्लाकै मोडेल गाउँपालिकाले बनाउने उद्देश्यअनुसार काम भइरहेको गुठीचौर गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन् । हामी पनि सबै लागि परेका छौ, जनताका चाहनाअनुसारको विकासमा जुटेर मोडल गाउँपालिका बनाएरै छाड्ने दाबी गरेका छन् ।