कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५
805

चिनियाँ मोबाइल ब्राण्ड ओप्पोले मिडरेन्जका ग्राहक लक्षित गरि तयार गरेको नयाँ स्मार्टफोन ओप्पो एसथ्रीएस नेपाली बजारमा भित्र्याउने भएको छ । एप्पलको आइफोन एक्सदेखि स्मार्टफोनमा चलेको नोचस्क्रीन र डिउल रियर क्यामरा हुन यो फोनको मुख्य विशेषता हो ।
सेल्फी एक्स्पर्टको नामले चिनिने ओप्पोले नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको नयाँ फोनमासुपर फुल नोचस्क्रिन सहित ६.२ ईञ्च स्क्रिन रहेको छ । मिड रेन्जमा डिउल एआइ क्यामरा सेटअप भएको यो कम्पनीको पहिलो स्मार्टफोन हो । फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ भने ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्स पनि गरिएका छन् ।

कम्पनीले ओपो एथ्रीएसमा २ जीबी -याम र १६ जीबी इन्टरनल स्टोरेज छ । कलरओएस ५.१ मा आधारित एण्ड्रोइड ८.१ ओरियो अपरेटि सिस्टम, १३ मेगापिक्सेल र २ मेगापिक्सेलको गरि दुइवट रियर क्यामरा, ८ मेगापिक्सेलको सेन्सर क्यमरा लगाएत यसका विशेषता छन् । क्वालकम स्न्यापड्रायगन ४५० प्रोसेसरको यो मोबाइलमा एआई ब्यूटी प्रविधि फिचर छ । फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्न पनि उपलब्ध हुनेछ ।
फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फिचरले युवाको मन जित्ने अपेक्षा कम्पनीको छ । यो फिचरले बहुसंख्यक स्मार्टफोन हटस्पटको माध्यमबाट कनेक्ट गरी विना स्पिकर एउटै ट्रयाकको मज्जा लिन सघाउँछ । यो सुविधा उपयोग गर्न फोनमा कलरओए ५.१ वा सो भन्दा नयाँ मर्सन भने उपलब्ध हुनुपर्छ । कलर ओएस ओप्पोको आफ्नै अपरेटि सिस्टम हो । डुअल क्यामेरा सेटअप , सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरूमा चाहना अनुसार ओपो एथ्रीएस उपलब्ध गराउने तयारी गरिएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओलाई उदृत गर्दै ओप्पोले जारी गरेको प्रेस वक्तब्यमा उल्लेख छ ।