कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५
708

काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ । जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने योजनासहित मेला सुरु भएको मेला सुरु भएलगत्तै मोबाइलहबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भीड लागेको कम्पनीले जनाएको छ । चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबले आफ्नो पहिलो वार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा ग्राहकलाई मोबाइल उपलब्ध गराउन थालेकोे जनाएको छ । मोबाइलहबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्रान्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।