कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
208

एलजीले आकर्षक मनसुन सेल अफर ल्याएको छ । यस योजनाअन्तर्गत एलजीको वासिङ मेसिनहरूअन्तर्गत वासर र ड्रायर मोडलहरूको खरिदमा २० प्रतिशत छुट पाइनेछ भने यो योजना एक महिनासम्म देशब्यापी रूपमा लागू हुने कम्पानीले जनाएको छ ।
एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको भन्दै कम्पनीले यसमध्ये विभिन्न मोडलहरूमा ८ देखि १८ केजीसम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजीसम्मको लुगा केही समयमै सुकाउने सुविधा रहेको एलजी ब्रान्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले जनाएको छ । जस कारण वर्षायाममा भिजेका कपडाबाट हुने झनझट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरूबाट मुक्त पाउन सकिन्छ ।